Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Sunday, June 23, 2019

मस्तिष्क खाएर बाँच्ने किरो

मनमा बेचैनी,
अनुहारमा गम्भीरता,
निर्णयमा अपरिपक्वता

छ-र-प-ष्ट विचारहरुले
म चारतिर तानिएछु
किराहरुले प्राणघातक आक्रमण गरेपछि
मेरो मस्तिष्कलाई सायद यस्तै लागेको होला।

जर्जर भूमिमा
थर्थर काँप्दै उम्रने शब्दहरु,
तरंगले बगाएर
मनदेखी मस्तिष्कसम्म पुर्याएका भावनाहरु
डगमग-डगमग डगमगाइ रहन्छन्
झन्झन्-झन्झन झन्किरहन्छन
मस्तिष्क खाएर बाँच्ने किरो देखेर

मेरा बा को मस्तिष्क
गाउँको किरोले खायो,
मेरो कलिलो मस्तिष्क
सहरको मोटो किरोले खायो
तीन-चार खालको तन्त्रहरु आइसके
छ-सात खालका धानहरु परिवर्तन भइसके
यी किराहरुलाई उपचार गर्ने कानुन
अझै आएनन्।

मलाई सम्झना आउँछ।
धन भन्दा विद्या ठूलो भन्ने
झुटो वादविवाद खेलेको
हातका मैला भन्ने
मिथ्या कविता घोकेको,
त-वर्गको अन्तिम दुईलाई वेबास्ता गर्दै
परदेशमा हितहुने शिक्षा रोजेको।
कल्पनाले कल्पनलाई गहिराई सम्म लैजान्छ
मस्तिष्क खाने किरोले आक्रमण गरेपछी।

तीन महिनाको स्वाभिमानी यात्रा-पस्चात्
छोरोको स्कुलको बिल आउँछ
पसल जाने बाटो बन्ध हुन्छ
इष्टमित्रको फोन बान्द हुन्छ
अनि
उसैलाई डाक्टर सम्झेर
मालिकको ढोका दशौंपटक ढक्ढक्याउन पुग्छु
आफ्नो दिमागको अलिकती हिस्सा माग्न।

Thursday, June 13, 2019

जुलुस, सभा, लन्च र डिनर अनि ह्याप्पी इन्भारोमेन्ट डे !

आज विश्व वातावरण दिवस । ग्लोबल वार्मिङ, वातावरण प्रदूषण र यसबारे चेतना जगाउने पोस्टर, पम्प्लेटसहिर्त र्‍याली निकाल्ने दिन । र्‍याली सकेर ती पम्पलेट, पोस्टर सबै बाटामै फालेर फोहोर पार्ने दिन ।

प्रकृति र वन्यजन्तु संरक्षणका नाममा माइक घन्काएर वरपरको गाउँ टोल नै थर्काएर डिस्टर्ब गर्ने दिन । वातावरण प्रदूषण नियन्त्रणका लागि पाँचतारे होटलमा गोष्ठी, सेमिनार र समारोह गरेर बजेट झ्वाम पार्ने दिन । आहा ! क्या गजबको दिन ।

वातावरण संरक्षणमा यसरी जुलुस, सभा, सेमिनार, लन्च, डिनर गरेको मलाई साह्रै मन पर्छ । मलाई मेरो देश र नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा, काकाकाकी, हजुरबा, हजुरआमा, मामामाइजु सबै झन् प्यारा लाग्छन् ।

हाम्रो देशको हिमाल, पहाड, तराई र त्यहाँको वातावरण पनि औधि मन पर्छ । तर मैले वातावरण संरक्षणका नाममा धेरै ‘काम’ गरेको छु । माथि उल्लेख गरेर्का याली, सेमिनार, लन्च, डिनर गरेर वातावरण स्वच्छ, सफा राख्न धेरै योगदान गरेको छु । 

मैले यस्ता लन्च, डिनर गरेर वातावरण सफाइ गर्न थालेको अहिले होइन, बाल्यकालदेखि वा भनौं स्कुले विद्यार्थी छँदादेखि नै हो । त्यसबेलाका धेरै घटना छन्, जसले यी कुरा प्रस्ट पार्छन् । तीमध्ये केही यस्ता छन् : 

सानोमा मलाई साताका सात दिवस (दिन)बाहेक अरूको ज्ञानै थिएन। एकपल्ट बालदिवसमा बिन्दास तरिकाले मस्त खेल्न पाइयो, अर्कोपटक सरस्वती पूजामा छादुन्जेल प्रसाद (उखुका टुक्रा, बुनियाँ र काँचो मेवाका टुक्रालगाय) खान पाइयो । ल्होसारमा छेवैको गुम्बाबाट स्याउ सुन्तला ल्याएर बाँडे ।

त्यस्तै अरू कुनै प्रजातन्त्र दिवसमा स्कुल बिदा भएपछि घरमा उपद्रो मच्चाउँदाको मज्जै बेग्लै हुन्थ्यो । गएको साल युवा दिवसको दिन राष्ट्रिय युवा परिषद्ले राम्रो खातिरदारी गर्‍यो । यसरी बर्सेनी आउने अनेक दिवससँग मेरो परिचय भयोे ।

एउटा यस्तै अर्को दिवसको पनि सम्झना छ । राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवसका दिन भएको वक्तृत्वकला प्रतियोगितामा दोस्रो भएर केही राम्रा राम्रा डायरी पाइयो ।

प्रजातन्त्र दिवसमा भएको क्विजमा पहिलो हुँदा पुरस्कार मात्र पाइएन, सरले होटलमा लगेर नाईं नभनुन्जेल खुवाउनु भयो । कुनै न कुनै मिति टेकेर आउने दिवसले वाल्यकालमा खुब रमाइलो हुन्थ्यो ।

स्कुले जीवनमा पाएको यस्तो ज्ञानको सदुपयोग विद्यार्थीले कसरी गर्छन् होला भनेर कहिलेकाहीं सोच्छु तर उत्तर पाउँदिनँ । यो त भयो राष्ट्रिय कुरा । अब वातावरण दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय कुरा पनि गरौं । विश्वभरि अनेकौं कार्यक्रम गरेर दिवस मनाइन्छ ।

विशेषतः यो दिन फोटोसप गरेर सफाचट पारिएको प्रकृतिको फोटो सामाजिक सञ्जालमा अपलोड गरिन्छ । ग्लोबल वार्मिङ घटाउनुर्छ, कार्बन उत्सर्जन हुनु हुँदैन र प्रकृतिको अप्राकृतिक दोहन बन्द गर्नुपर्छ भन्दै समाचार लेखिन्छ ।

केहीले फूलमा पानी हालेको फोटो अपलोड गर्छन् र लाइक, रिट्विट बटुल्छन् । यस्तो गर्नेमा अधिकांश नेता, अधिकारवादी र पत्रकार हुन्छन् ।

सन् १९७३ जुनमा यो दिवस मनाउँन थाल्दा के–कस्तो परिवर्तन अपेक्षा गरिएको थियो ? र त्यसयताका चार दशकमा के कस्ता उल्लेखनीय परिवर्तन भए ? जल, स्थल र वायुमा भइरहेको अत्यधिक प्रदूषणले खस्किरहेको वातावरणमा कति सुधार भयो ?

यी प्रश्नका उत्तर आइएनजीओहरूका प्रतिवेदनका खातमा कुनै पानामा होला, तर व्यवहारमा भने हातलागि शून्य नै छ । त्यसमाथि पनि हाम्रो देश नेपालमा त यो अझै सान्दर्भिक छ ।

वातावरण सुधार, प्रदूषण नियन्त्रणमा सबैभन्दा धेरै काम गर्नेको सूचीमा आइएनजीओहरू छुटाउनै नहुने नाम हुन् । उनीहरूको योगदान यो क्षेत्रमा अतुलनीय छ, जसले एयर कन्डिसनमा बसेर स्वच्छ वातावरण परिकल्पना गर्छन्, वातावरण जोगाउने भव्य नाराहरू फुराउँछन् ।

सामाजिक सञ्जालमा अर्ती उपदेश ट्विट गर्छन् , र्‍याली निकाल्छन् अनि सेमिनार, लन्च र डिनर गरेर वातावरण दिवस भव्यतापूर्वक सफल भएको समाचार भँगेराटाउके शीर्षकमा अखबारमा छापिन्छन् । 

जलवायु परिवर्तनको प्रभावबारे भिडियो, समाचार बनाउँदा खर्च भएको १० रुपैयाँमा नाफा जोडर ५० रुपैयाँ असुली पकेट गरम बनाउँछन् । यस्ता महान् ‘खेती’ गर्नेहरूको जमात आइएनजीओ, मन्त्रालय, विभाग, विश्वविद्यालय, एनजीओ र विद्हरू छ्यासछ्यास्ती भेटिन्छन् ।

तर प्रकृतिले नै दिएको हामीले जोगाउन नसकी रहेका यस्ता साधनस्रोतमा हामीले नाक फुलाउनु, गर्व गर्नुको कुनै अर्थ छैन । प्रकृतिबाट हामीले बिनापरिश्रम पाएका वस्तुमा के घमण्ड गर्नु ? गर्व त त्यस्तोमा गरिन्छ जुन मेहनत गरेर पसिना बगाएर हासिल गरिन्छ ।

यसैगरी आजको महान् चाड मनाइने मेरो अनुमान छ। मानिस, जीवजन्तु र वनस्पति प्राकृतिक तवरबाट बाँच्नका लागि वातावरण, चाहिने हो । तर यसको दुरूपयोग गरिनु र बचाउने बहानामा अत्यधिक दोहन र विध्वंश गर्नु कति न्यायसंगत छ, प्रश्न यहाँ उठ्छ ।

यी सबै व्यंग्य छाडौं र हामीलाई थाहा भएका सामान्य तथ्यको कुरा गरौं । १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफलको हाम्रो देशमा ५ हजार ६७ प्रकारका वनस्पति, करिब ९ सय प्रकारका चराचुरुंगी, २ सय ८ प्रकारका स्तनधारी पाइन्छन् ।

साथै ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रकारका जडिबुटी, ४ सय प्रजातिका बाली, ६० प्रजातिका जंगली फलफूल पनि पाइन्छन् ।

यसबाहेक पनि १ सय ८६ प्रजातिका माछा, ५ हजार प्रजातिका कीराफट्यांग्रा, ६ सय ५३ प्रकारका पुतली, ३ हजार ९ सय राति उड्ने पुतली (मोथ) र २ सय प्रजातिका माकुरालगायत जीव पाइन्छन् । यी सबै तथ्यका आधारमा नेपाल जैविक विविधताका दृष्टिकोणबाट विश्वको ३१ औं राष्ट्रमा पर्छ ।

८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वकै होचो अरुण उपत्यका, सबैभन्दा उचाइमा रहेको माछा पाइने र नपाइने तालदेखि लिएर समुद्र सतहदेखि ५८ मिटर मात्र उचाइमा रहेको ठाउँ मुसहरनीयाँ हाम्रै देशमा छन् ।

२ सयदेखि ३ सय किलोमिटर चौडाइमा समुद्र सतहबाट ५८ मिटरदेखि करिब ९ हजार मिटर उचाइसम्मका भूभाग विश्वका अन्य देशमा फेला पार्न कठिन छ । यति धेरै भौगोलिक र प्राकृतिक विविधता भएको हाम्रो देशमा यी सबैको समुचित व्यवस्थापन, उपयोग र वितरण शून्य जस्तै छ ।

भएका स्रोतसाधनको सदुपयोग गर्न नजानेका हामीले कहिले सिक्ने ? यो कस्तो विडम्बना ?

तर प्रकृतिले नै दिएको तर हामीले जोगाउन नसकी रहेका यस्ता साधनस्रोतमा हामीले नाक फुलाउनु, गर्व गर्नुको कुनै अर्थ छैन । प्रकृतिबाट हामीले बिनापरिश्रम पाएका वस्तुमा के घमण्ड गर्नु ? गर्व त त्यस्तोमा गरिन्छ जुन मेहनत गरेर पसिना बगाएर हासिल गरिन्छ ।

त्यसमाथि पनि हामीले पाएका यी प्राकृतिक वरदान जोगाउन सकेर हामीभन्दा पछिका पुस्तालाई दिन सके पनि ठूलो उपलब्धि हुनेछ ।

मलाई लाग्छ, हामीले सकिनै लागेको वनजंगल, पग्लिँदै गएका हिमनदी र हिमटाकुरा संरक्षणको कुरा त परै जाओस्, सरसफाइको सानो कामसमेत गर्दैनौं । हामीलाई सजिलो लाग्ने काम मात्र गर्छौं, गर्नुपर्ने साना साना काम पनि गर्दैनौं ।

जस्तै चकलेट, चाउचाउ र बिस्कुटका खोल, सुन्तला र केराका बोक्रासमेत छेउछाउका डस्टबिनमा खसालेनौं, सडकमा वा जता पायो त्यतै फ्याँक्यौं । कतिपटक सागसब्जी केलाएको बोक्रारफोहोर झ्यालबाटै बाहिर हुत्यायौं, कतिपटक बाली नास गरेको भन्दै वा स्वादका लागि जंगलका पशुपक्षी (बँदेल, मृग, तित्रा, कालिज) को सिकार र्गयौं। 

अनि कतिपटक खेतीका लागि उब्जाउ जमिन तयार पार्न वनमा आगो नै लगायौं । कतिपटक घर बनाउन, फर्निचर बनाउन, दाउरा बाल्न रुख ढालेर ल्यायौं । यी सबैले प्रकृति र इकोसिस्टम ध्वंश हुन्छ भन्ने जान्दाजान्दै पनि अझै आर्थिक लोभमा अतिचार दोहन गरिरहेका छौं ।

हामीले यसरी गरिरहेको प्रकृति दोहनलाई लोककथाको ‘सुनको फुल पार्ने कुखुरा’ काटेर एकैपल्ट सबै अन्डा निकाल्ने पात्रभन्दा फरक हुने छैनौंं । र त्यो दिन समग्र प्राणी, मानव र पृथ्वीका लागि कति भयावह हुन्छ कल्पना गर्न पनि कठिन छ । अन्त्यमा सबैमा विश्व वातावरण दिवसका अवसरमा शुभकामना ।

‘ह्याप्पी बायोडाइभर्सिटी डे’ लेखलाई विश्व वातावरण दिवसका दिन सम्पादन गरेर प्रकाशन गरिएको – द नेपालटपमा प्रकाशित मिति २०७६ जेष्ठ २२ गते।

Monday, June 10, 2019

सम्झनामा, आधुनिक बार्सिलाेनाका डिजाइनर

विकास र समृद्धि नाराले होइनलगनशिलताले ल्याउँछ भनेर बुझ्नलाई कुनै पनि यूरोपेली सहरको कहानी पढे पुग्छ ।

अठारौं शताब्दी पछि युरोपको यात्रा आजसम्म यसरी अगाडि बढेको छ जसले हामी जस्तो विकासशील मुलुकमा बस्ने मानिसलाई एकपटक सोच्न बाध्य बनाएको छ ।

धेरै लामो समयसम्म धार्मिक भुमरिमा गुँथिएको युरोप सत्रौं र अठारौं शताब्दिमा यसरी परिवर्तन भयो यसको प्रभावमा विश्वले नै नयाँ आयाम पायो। साथै भयंकर ठूला युद्ध समेत निम्त्यायो ।

यस्तो परिवर्तन एक मानिसको मात्र योगदान होइन यसमा इतिहसकार, रचनाकार, लेखक र शाशक जस्ता धेरै मानिसका आहुती परेको छ ।

युरापेली इतिहसकार, रचनाकार, लेखक र शाशकका मात्र कुरा हामिले धेरै सुन्नेगरेका छौं। आज यी सबैमाझ ओझेलमा परेका स्पेनिस आर्किटेकचरको कुरा गरौं।

उनी हुन् एन्टोनी गौडी जसले मोडर्न बार्सिलोनाको सुरुवात गरे। सन् १८५२ मा क्याटलोनियाँमा जन्मेर उनले बार्सिलोनालाई कार्यथलो बनाएका थिए ।
Image result for antoni gaudi

गौडीले विश्वविद्यालयको समयमा नै विश्वका विभिन्न ठाउँका वास्तुकलाको अध्ययन गर्न फोटाको सहयोग लिएका थिए ।

उनले भारत, इजिप्ट, जापानका साथै मायान र ग्रिक समाजको अध्ययन गरे। यस्ता अध्ययनबाट पाएको ज्ञानको हिस्सा उनले आफ्नो कौशलतामा प्रयोग गरेका थिए ।

यसको परिणामस्वरुप प्रकृतिक दृष्यलाई कलामा उतार्ने अनुपम ज्ञान उनले प्रयोग गरे । उनले जुन उपहार स्पेनलाई दिएर गए यसले विश्वलाई चकित बनायो ।

उनले सुरु गरेका सानाभन्दा साना कुराहरु पनि हाल बार्सिलोनाको पहिचानमा महत्वपूर्ण भूमिका खेल्छन् ।

प्रकृति र वास्तुको मिलन गराउन सक्ने कलालाई उनले बार्सिलोनाको क्रान्तिकारी परिवर्तनको मुल औजार बनाएर प्रस्तुत गरे । परम्परागत शैलीलाई तोडेर नयाँ इतिहारको रचना उनले गरेका थिए ।

मोडर्न वास्तुकलाको पिता भनेर उनलाई चिनिन्छ । दशैं शताब्दी देखि प्रचलित गोथिक आर्किटेक्चरलाई नयाँ तरिकामा प्रस्तुत गर्ने श्रेय उनलाई नै जान्छ । स्पेनमा हाल पर्यटकिय क्षेत्रका रुपमा रहेका साग्रादा फेमेलिया, पार्क ग्वेल, ला पद्रेरा र कासा बाट्लो उनका कलाका जीवन्त नमुना हुन्। त्यहाँ जाने जो कोहिले पनि गौडीको मनभरी प्रशंसा नगरी फर्किनै सक्दैनन् ।

विज्ञान र प्रविधिको विकास नहुँदै उनको सोच र कार्यमा यसरी परिवर्तन आयो जसको गहिराई र भाव बुझ्न अरु आर्किटेक्चरलाई लामो समय लागेको छ ।

उनले सुरु गरेको ‘सग्रादा फेमेलिया’ चर्चको  पूर्णरुप अझै तयार भैसकेको छैन। तर सम्पन्न भएपछि फेमेलिया यस्तो सम्पदा बन्नेछ जसलाई बनाउन करिब डेढ सताब्दि लाग्यो । सन् १८८२ मा सुरु भएको यो सम्पदाको निर्माणमा गौडी एक वर्ष पछाडि लागेका थिए ।

तर, उनले आफ्नो जीवनकाल भरी काम गर्दा यसको १५–२५ प्रतिशत मात्र काम सकिएको थियो । गौडीलाई थाहा थियो कि उनको जीवनकालमा यो सबै निर्माण सम्भव छैन त्यसैले यसवारेका विवरण सुरक्षितसाथ राखेका थिए ।

यो चर्च निर्माणमा यति समय लाग्नुको अर्को कारण हो सन् १९३६ को गृहयुद्ध जसमा पहिले बनेका संरचनालाई ध्वस्त बनाइएको थियो ।

आजको ‘सग्रादा फेमेलिया’ गौडीले बनाएको भवन होइन । उनले संकलन गरेका र बनाएका चिजबिजको भग्नावशेष संग्राहालयमा मात्र देख्न पाइन्छ ।

Image result for antoni gaudi
बेसिलिका भनेर चिनिएको उक्त चर्च पुरानो समयमा कानुन निमार्ण गर्न र ठूला बैठक गर्नसमेत प्रयोग गरीन्थ्यो ।

प्राय चर्चबाटै शासन चलाईने उक्त समयमा राज्यसत्ताको अभिन्न अंग यस्ता धार्मिक स्थलहरुलाई लिने गरीएको त हामीले सुन्दै आएकै छौं । यो चर्चको पुरा निर्माण गौडीको मृत्यु भएको सय वर्ष अर्थात् सन् २०२६ मा सकिने छ ।

यसका अलावा गौडीका अन्य ६ निर्माण विश्व सम्पदा सूचीमा सुचीकृत छन् । ती हुन : परक गुलेल, पलासियो ग्यूएल, कासा मिला, कासा विकेन्स, कासा बाटलो र कोलोनिया गेल ।

Image result for antoni gaudi
विश्वमा यस्तो महान योगदान दिन सक्ने गौडी हामीमाझ छैनन् उनले सन् १९२६ जुन १० को दिन संसारबाट प्राण त्याग गरे । उनको विदाइमा ला सग्रादा फेमिलियाको निर्माणाधिन भवनमा ठूलो भिड लागेको थियो ।

आज २०१९ जुन १० तारीक एन्टानी गौडी स्वर्गवास भएको ९४ वर्ष पुरा भएको छ । र उनको सम्झनामा मैले यो लेख तयार गरेको हुँ ।

(यो लेख 'द नेपालटप' अनलाई पत्रिकामा प्रकाशित छ।)

Friday, May 31, 2019

मोदी र तीन खान : जसले भारतमा राज गरेका छन्

बलिउडमा तीन खानको चर्चा अत्याधिक हुनेगरेको छ । उनीहरुका थोरै फिल्म होलान जसले बलिउडमा राम्रो गर्न सकेनन् ।

सलमान खान, साहरुख खान(एसआरके) र आमिर खानको प्रायः सबै फिल्मले राम्रो सफलता हातपार्ने गरेका छन् । आज हामी उनीहरुको कलाकारिताको होइन राजनीतिक प्रवृत्तिको चर्चा गर्दैछौं ।

साहरुख खान :
सर्वप्रथम ‘किङ अफ रोमान्स’का रुपमा परिचित साहरुख खानको कुरा गरौं । सामान्य मुस्लिम परिवारमा जन्मिएका उनको परिवारको उल्लेखनीय राजनीतिक पृष्ठभुमी छैन । लगातार उत्कृष्ट फिल्महरुको लहरले उनलाई भारतको सर्वाधिक सफल कलाकार बनायो । तत्पश्चात् राजनीतिको आँखा उनीतिर पर्नथाल्यो ।

सन् २०१० को इंडियन प्रिमियर लिग (इपीएल) मा पाकिस्तानी खेलाडी राखेको भन्दै खानलाइ शिवसेना पार्टीका कार्यकर्ताले घरघेराउ गरे । ‘साहरुख खान मुर्दावाद, उनी पाकिस्तानी हो, उसलाइ पाकिस्तान पठाउनुपर्छ ।’ लगायतका मुद्दा सो र्‍यालीले उठाएको थियो । अष्ट्रेलियन प्लेयरलाई समेत लिगमा राख्न नहुने भीडले निक्र्योल गर्यो ।

पछि काँग्रेस लगायत अन्य केही पार्टीको नेतृत्वले ‘सबै धर्म एकै हुन, सबै जात एक हुन र हामी सबै भारतीय हौं’ भन्ने नारा लिएर स्टार खानको पक्षमा मुद्दा उठाएका थिए। यसको फलस्वरुप विदेशी खेलाडीले आइपीएलमा भाग लिन पाउने भए।

यसलाई उनप्रतिको रानीतिक आक्रमण मान्न सकिन्छ । मेरो विचारमा खेलकालागि राजनीति गर्नु एक निन्दनीय कदम हो ।

त्यस्तै २०१४ को भारतीय आम निर्वाचनको समयमा खानको एक ट्वीटलाई लिएर मिडियामा थुप्रै प्रचारहरु भए । ‘यदि नरेन्द्र मोदीले चुनाव जितेमा म योे ट्वीटर मात्र होइन देशनै छोडेर जान्छु,’ साहरुख खान लेखिएको ट्वीटर एकाउन्टबाट यस्तो पोष्ट सार्वजनिक भएपछि मिडियामा सनसनीनै मच्चियो । त्यस्तो ट्वीट गर्ने एकाउन्ट फेक रहेको भनेर केहि समयपछि मात्र सार्वजनिक भयोे ।

यसैसँग जाडिएको अर्को घटना पनि छ ।
त्यसै समयमा एउटा ‘केआरके’ लेखिएको कमल आर खानको ट्वीटमा मोदिले चुनाव जितेमा तीनै खानले देश छोड्ने संकेत गरेर लेखिएको थियो । त्यसको भने उनी(कमल आर खान) आफैंले माफ मागे र लेखे मोदिले चुनाव जितेमा मैले देश छोड्छु भनेको हुँ साहरुख, अमिर र सलमानले होइन । सुरुमा यो ट्वीट पनि किङ खानले नै गरेको हल्ला फिँजिएको थियो । झट्टहेर्दा केआरके र एसआरके उस्तै देखिने भएकाले यो भुल भएको हुनसक्ने सबैले दाबी गरे ।

अमिर खान :
अमिर खानका पनि केहि यस्तै किस्साहरु सार्वजनिक भएका छन् । विषेशतः उनले चुनावको समयमा विभिन्न प्रतिक्रिया दिने गरेकाले पनि यस्ता कुरा बाहिरीएका छन् । २००६ र २०१०को चुनावको समयमा गुजरातका मुख्यमन्त्रीले राम्रो काम गर्न नसकेको र जटिल अवस्थाको नियन्त्रण गर्न नसकेको जानकारी गराएका थिए । यस्तो कदमले केहि मानिसको ज्यानसमेत लिएको आरोप लगाए ।

सन् २०१४ मा मोदी प्रधानमन्त्री भएलगत्तै भारत सरकार र अमिरको सम्बन्ध खल्लो बन्यो । उनले धार्मिक सहिष्णुता विरोधि कदमको खुलेर बिरोध गरे । बिजेपीले हिन्दु मात्र आफ्नो जनता सोचेको छ र मुस्लिमलाई घृणाको नजरले हेर्ने गरेको भन्दै खानले टिप्पणी गरे । यदि यस्तै भैरहेमा आफूले देशनै छोड्ने घोषणासमेत उनले गरे ।

उनले यस्तोे प्रतिक्रिया दिइरहँदा बीजेपीका कार्यकर्ता र नेतासमेतले उनका फिल्मलाई राम्रो देख्ने गरेका छैनन् । प्रमाणस्वरुप सर्वाधिक हिट फिल्म पिकेलाई लिन सकिन्छ । त्यस्तै दंगल र सिक्रेट सुपरस्टारका कुरालाई लिएर पार्टीले विवाद चर्काएको थियो । यसबारेमा लेख्दा लामो हुने भएकाले यहाँ लेखिएको छैन । तर बुझ्नुपर्ने कुरा भनेको अमिर र प्रधानमन्त्री मोदीको सम्बन्ध राम्रो छैन भन्ने मात्र हो । अमिर मानवताका दृष्टिले समाजको बयान गर्छन भने मोदी राजनीतिक फइदाकालागि काम गर्छन त्यसैले यस्तो विवादको सिर्जना भएको देख्न सकिन्छ ।

समयको उलटपुलट ।
यी दुईबिच फरक खालको सम्बन्धको सुरुवात अमिरले गरे जब उनले नोटबन्धीको खुलेर तारीफ गरे । उनले भने, ‘हो, नोटबन्धिले मध्यमबर्गीय मानिसलाई समस्यामा पारेको छ । तर यसले कालो धनको सत्यानास गर्नेछ । म यो निर्णयदेखि खुसी छु किनकि मैले समयमा कर तिरेको छु र मसँग कालो धन छैन ।’ यस्तै सन् २०१९ को चुनावमा मानिसलाई भोट हाल्ने प्रेरणादिन मोदीले कलाकारलाई गरेको आग्रहमा पनि अमिरले सबैभन्दा पहिले समर्थन जनाएका थिए ।

यसले के देखाउँछ भने प्रधानमन्त्रीले गरेको असल काममा समर्थन गर्दै गलत कामको बिरोधगर्ने एक जिम्मेबार नागरिकको भुमिका मात्र अमिरले गरिरहेका छन् ।

सलमान खान :
अब कुरा गरौं सलमान खानको । उनी तीन खानमध्ये सबैभन्दा हेन्सम छन् । यसैका आधारमा पनि उनी बलिउडमा धेरै टिकेका हुन् । तर सार्वजनिक विषयमा बोल्न भने माथि दुईको तुलनामा कमजोर देखिन्छन् ।

२०१४ को चुनावको समयमा आफ्नो एक फिल्मको प्रचारका लागि सलमान गुजरात पुगेका थिए । फिल्मको प्रोमोसनसँगै उनी चुनावी ¥यालीमा सहभागी बने । भाषण गर्दै उनले मादीलाई ‘गुड मेन’ अर्थात् राम्रो मान्छे भने तर लगत्तै आफूले काँग्रेसलाई भोट हाल्ने कुरा खुलाए । सामान्यतयः कलाकारहरु आफूले भोट कसलाई दिने हो त्यो खुलाउँदैनन् ।

समय समयामा जेल सजाय भोग्दै आएका खानको राजनैतिक पहुँच छैन नै भनेर एकिन गर्न गाह्रो छ । तर आफ्नो कामका लागि उनले अन्य उपाय अपनाउने भारतीय मिडियाकर्मीको दावी रहँदै आएको छ । उनले १९९८ राजस्थानमा दुर्लभ वन्यजन्तुको हत्या गरेका थिए ।

हाल सत्तासीन बीजेपीसँग उनलाई मध्यप्रदेशको एक बिरोधका साथ जोडेर हेर्न सकिन्छ । दबंग ३ को सुटिङ मध्यप्रदेशको महेश्वर मन्दिरमा भैरहेको थियो । चित्रमा देखाएझैं शिवलिङ्ग माथी काठको फ्ल्याक राखेर सुटिङ गरेको आरोपमा बीजेपीले ठूलै बिरोध गर्यो । सुटिङको बचाउ गर्दै शिवलिङ्गको संरक्षण गर्न काठको फ्ल्याक राखिएको समाचार मिडियामा आएपछि मात्र बिरोध मत्थर बन्यो ।

तर यो मुद्दा बीजेपीले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न र मुस्लिम मानिसका कामको विरोध गर्न ल्याइएको भनेर काँग्रसले चर्को आलोचना गर्यो । तर यस फिल्ममा पनि सलमान खान (मुसलमान)को उपस्थितिका कारण बिरोध गरिएको प्रष्ट देखिन्छ ।



अन्त्यमा :
तीन खानसँग जोडिएका समग्र राजनीतिक बुंदा हेर्दा, उनीहरु राजनीतिक विचारलाई लिएर विवादमा आएको भन्दा पनि समाचारको गलत सम्प्रेशण र राजनीतिक दलको उग्र महत्वकांक्षाले विवादमा ल्याइएका जस्ता देखिएको छ । कतिपय अबस्थामा भने सामाजिक समस्याको उजागर गर्ने क्रममा बनेका फिल्ममा मुद्दा परेका छन् । यसमा कलाकारलाई दोष दिईएको पाइएको छ । कलाकारहरुले भने आफूमा राजनीतिक ज्ञान कम भएको र राजनीति नबुझ्ने कुरा स्वीकार्दै आएका छन् ।

Sunday, May 26, 2019

अन्तरर्मुखी प्रेम

पहिलो प्रेममा अनन्त विश्वास हुन्छ । उसैसँग जीवन जिउने सपना देखिन्छ ।
Image result for love sticker

जब साँचो प्रेम गरेको मान्छेले धोका दिएर जान्छ, त्यसपछि प्रेम भन्ने शब्दनै बकवास लागेर आउँछ । त्यसपछिका दोस्रा, तेस्रा प्रेमहरुमा फगत टाइमपासका भावना मात्र जोडिएका हुन्छन ।

अनि प्रेममा विश्वास कम र स्वार्थ ज्यादा हुँदै जान्छन् । धोका र घृणाको लेनदेन सामान्य जस्तै हुँदै जान्छ ।

यसबारे भुपू ३ प्रेमिकाहरुवाट मलाई भरपुर ज्ञान भईसकेको थियो । तर पनि जिवनमा गाँसिन आउने हरेक नयाँ सम्बन्ध सुरुसुरुमा सुन जस्तै लाग्छन् । अलिक खास लाग्छन् ।

लाग्छ उ नै मेरो जिवनको सच्चा, एकमात्र र अन्तिम इच्छा हुनेछ । तर यो सबै क्षणिक भ्रम मात्र हो भन्ने समयले सावित गराएरै छोड्छ ।

जब आफुले विश्वास गरेको मान्छेवाट धैर्यता, माया र विश्वासै पाउन सकिन्न मात्र धोका पाइन्छ तब हामीलाई लाग्छ यसको बदलामा १०/१५ जनालाई प्रेमको नाटक गरेर फसाउनेछु । 

उसले साँचो प्रेमवापत दिएको घृणाको बदला अब मेरो जिवनमा गाँसिन आउँने जोकोहीले पनि तिर्नुपर्ने छ ।

यसरी बाहिर दुयिाँमा प्रेमका संजाल फैलिरहेको थियो जसको म पुर्ण ज्ञाता थिएँ । अनुभव गरीसकेको र गराइसकेको थिएँ ।

यसपटकको मेरो प्रेम छुट्टै तरिकाले सुरु भएको थियो । मलाइ थाहा थियो कि मलाई लव पक्कै परैकै हो । नभए उसलाई सपनैमा त देखिन्न नि हौ – मैले उसलाई दुईपटक सपनामा देखेको थिएँ ।

तर, लव पर्दा हुने अरु अनुभव भएको छ वा छैन त्यो एकिन गर्न सकिएन ।

पोहोर साल जुनेलीसँग लव गनुपरो भनेर कत्ति कोसिस गरें । सुत्ने बेलामा उसको टिएल, फेसबुक एल्वम चेक गरेर सुतें तर कहिल्यै सपनामा देख्न सकिन ।

उसको चर्को आवाज र फोनगर्दा आउने रेडिमेड उत्तरहरु सुन्न कति आतुर हुन्थे मेरा कान । उसको स्वर कतै सपनामा सुन्छुकी भन्ने आश लागिरहन्थ्यो । तर, त्यस्तो भएन ।
Related image
आज आएर एउटा त्यो वेलाको इच्छा पुरा भयो । उनलाई आफ्नै हातले सपनैमा भए पनि स्पर्श गरेको खुसी मनमा अनुभव गर्न पाएँ । त्यसैवेला झ्यालको ग्रिलमा ठोक्किएको हात चसक्क दुख्यो ।

भृकुटीमण्डपमा देखेको एक झल्कोले नै मेरो मन बेचैन बनाएको थियो । निद्रा चोरेको थियो र सपना भरेको थियो । मनमा एउटै इच्छा बाँकी रह्यो कि मैले उसको बारेमा थप जान्नुपर्ने छ र जान्नेछु ।

माघको चिसोले अन्तिम चुस्की दिइरहँदा मेरो मनले उनीप्रती भ्यालेन्टाइनको वर्षा गराउने सोचिरह्यो ।

पहिलो पटक मैले उनलाई पर्यटन बोर्ड अगाडि देखें दास्रो पटक सपनामा । यी दुई देखाइमा आँखाको मात्र फरक थिएन, भावनाको पनि फरक थियो । एउटा अपरिचित सुन्दरीलाई देख्दा कस्तो अनुभव हुन्छ त्यो भाव पहिलो भेटमा भयो ।

दोस्रो भेटमा उनी पूर्ण मेरी भइन् । मेरो कल्पनाको बनावटमा सजिएकी परम सौभाग्यवती सुन्दरी भइन् । उनलाई मनैमन मनपराएँ, मनैमन चिनजान गरें र मनैमन आफ्नो बनाएँ ।

सबै एक्लै गरें पूर्ण साहसका साथ । यसो गर्नाका लागि मलाई उनको याद नै काफी भयो । यो वेलामा उनी स्वयंको उपस्थिती पनि फिक्का लाग्थ्यो सायद ।

अब यो भावना उनीसामु प्रस्तुतगर्न बाँकी रह्यो । मेरा दिनचर्या उनलाई खोज्नमा उद्यत् हुन थाल्यो । मिसन मनकीरानी खोज अभियान यसरी सुरु भयो ।

मेकप गर्दा र नगर्दा केटीहरुको मुहार पुरै फरक हुन्छ । आज उनलाई देखें भने चिन्ने हो वा होइन । यहि सोचेर स्कुलवाट फर्केपछि प्रदर्शनीमार्ग ३÷४ फन्का लगाएँ ।

अनायासै मेरो मन उनलाई कुरेर बसेका थिए । सैनिक मैदानबाट पूर्व लागेपछि उनलाई भेट्ने आश र एक–दुई घण्टा बिताएपछि उनलाइ नभेटेको खिन्नताले मनमा त्रास र निराशा बढाउन थाल्यो ।

नजिकिएको भ्यालेन्टाइनलाई फब्रुअरी १४ ले छोप्न लाग्यो । प्रेम सप्ताहको रोज डे, चक्लेट डे, प्रमिस डे..... आदि इत्यादी पनि उनलाई भेटेंभने यो दिन्छु त्यो दिन्छु भनेर सोच्दा सोच्दैै बिते । तर भेटिइनन् उनी ।
Image result for love sticker

मिसनको अन्तिम दिन अथात् भ्यालेन्टाइन–डे, पर्खाइको बाँध समाप्त हुने दिन । उनलाई भेटेर मनका सारा इच्छा पोख्ने दिन ।

गुलाबको झुप्पै बोकेर फनपार्क, ल क्याम्पस, पर्यटन बोर्ड, पुलिस क्लबको चक्कर लगाइरहें । उनलाई भेटेपछि मनमा आउने प्रेमभावना र ओठमा आउने मुस्कानको किस्सा फुस्काउँदै पर्खिरहें ।

घामले विदा माग्यो, चोकमा मान्छे पातलिँदै गए, सटरहरु बन्द भए अफसोच उनी कतै पनि देखिइनन् ।

मेरो प्रेम कोपिलामै झ र्‍यो, मेरो भ्यालेन्टाइन उस्सै सकियो, उनको याद बिस्तारै हराउँदै गयो । साँचो प्रेम अक्सर मनमै रहन्छ, ब्यक्त नगरे पनि यसले आनन्द दिइरहन्छ ।

यो एकतर्फी प्रेम थियो, सायद संसारकै साँचो प्रेम हो । यसमा प्रेम हुन्छ प्रमी र प्रेमिका हुँदैनन् । यसमा आनन्दै आनन्द छ । लिन जान्यो भने ।

(कथा भ्यालेन्टाइन भाग–२ को परिमार्जित अंश।)

Friday, May 17, 2019

मेरो पुस्तक यात्रा

लत!
चाहे जुनसुकै कुराको होस, यसले हाम्रो व्यबहारमा परिर्वतन ल्याएरै छोड्छ । कतिपय लतका कारण मानिसले आफ्नो सम्पत्ति एवम् परिवार समेत गुमाएका उदाहरण पाइन्छन् । 

पढ्ने पनि एक लत नै हाे । तर याे अरु भन्दा फरक मानिन्छ । पढ्ने बानी लगाउनु एउटा चुनौति समान लिन गरिएकाे छ । बजारमा नयाँ आएका पुस्तक पढिहाल्ने कसैकसैको बानी हुन्छ । र, कसैमा पढ्ने बानी नसा बनेर बस्ने गरेको छ ।
जाे मान्छेमा ‘बानी’ नसा बनेर बस्छ त्याे बानीलाई ‘लत’ भन्ने गरीन्छ ।

मेरो सन्दर्भमा पुस्तक पढ्नु लत नभए पनि ‘शोख’ जरुर हो । पुस्तक पढिसकेपछिको नयाँ अनुभवले मनमा चिर शान्ति प्रदान गर्दछ । जसलाई फिल गर्न मैले नयाँ विद्याका पुस्तक रोज्ने गरेको छु । आजसम्म मैले कति पुस्तक पढे हुँला ? यो प्रश्नले मलाई कोतुहल बनायो । त्यसैले आफुले पढेका पुस्तकको लिष्ट वनाएँ । मैले पढेका किताबमध्ये संझेका नामहरु लेख्ने प्रयास गरेको छु । जुन यस्ता छन् :


पुस्तक पढिसकेपछिको नयाँ अनुभवले मनमा चीर शान्ति प्रदान गर्दछ । जसलाई फिल गर्न मैले नयाँ विधाका पुस्तक रोज्ने गरेको छु ।******* 

१) एक चिहान – हृदयचन्द्र सिंह प्रधान
२) शिरिषको फूल – पारीजात
३) यसरी पढ – विकासानन्द
४) मेरो संघर्ष (मेन केम्प्फ) – एडोल्फ हिटलर
५) अनुराधा – विजय मल्ल
६) महात्मा गान्धि – अटोबायाग्राफी
७) आमा ‘द मदर’ – म्याक्सिम गोर्कि
८) फ्रेन्च लभर – तसलिमा नसलिन
९) प्यास भित्रको बिद्रोह – तसलिमा नसलिन
१०) विनोदचौधरी – बायोग्राफी
११) झोला– कृष्ण धरावासी
१२) राधा – कृष्ण धरावासी
१३) वेनिटो मुसोलिनी – बायोग्राफी
१४) सालिकहरुको देश – बावु त्रिपाठी
१५) समर लभ – सुविन भट्टराई
१६) साया – सुविन भट्टराई
१७) मनसुन – सुविन भट्टराई
१८) सेतो बाघ – डायमण्ड समशेर
१९) आधा बाटो – कृष्ण धरावासी
२०) हाफ गलफ्रेण्ड – चेतन भगत
२१) सेतो धरती – अमर न्यौपाने
२२) काठमाण्डौं सेल्फि – प्रकास शायमी
२३) लाटो पहाड – उपेन्द्र सुब्बा
२४) दमीनीभीर – राजन मुकारुङ
२५) खुसी – विजय कुमार पाण्डे
२६) कर्णालीव्लुज – वुद्दिसागर चपाई
२७) ऐना – राम लाल जाशी
२८) पल्पसाक्याफे – नारायण वाग्ले
२९) फिरफिरे – वुद्दिसागर चपाई
३०) सिद्दान्तका कुरा – सञ्जिव उप्रेती

‘तिस वटा !’

खासै धेरै होइन । दिएका मध्ये मैले सम्झेका र मनमा बसेका किताब पढिसकेपछिका विचारहरु यहाँ संकलित गर्ने कोशिस गरेको छु ।

फिरफिरे – बुद्दिसागर

पुस्तक पढेर सिध्याएँ । तर कथाको हुटहुटि अभैm मनमा रहिरह्यो । कथानै नसकिए जस्तो लाग्यो, पार्ट–टु आउलाआउला जस्तो, अशान्तिको उद्बेगमा ठुलो भेलले सारा गाउँ बगाएजस्तो, क्रिकेटको अन्त्यमा गेम चेन्जर आए जस्तो । खै कस्तोकस्तो ।

उपन्यासको शब्द ‘बाँसबारी’ थियो जहाँ लेखकको बाल्यकाल बित्छ । तर यो शब्दले मलाई बरबोटे, मेरो इलाम पढ्न सिकायो । फिरफिरफिरेले सबैलाई जन्मभुमि चिनाउँछ । म बिस्वस्त छु यसले हरेकलाई आफ्नै उद्गमबिन्दु, अतित र बास्तविकतावरिपरी घुमाउदछ ।

सिर्जनात्मकता र कलात्मकताको उत्कर्षमा रचिएका कृतिले साहित्यलाई अझर बनाउँछ । फिरफिरे अझर छ । मानिसलाई हाँसो र चित्कारको अधैर्य सामना गर्न पनि जिवनले बाध्य बनाउँछ भनेर फिरफिरेले ज्ञान दिन्छ ।

आधा बाटो – कृष्ण धरावासी

जिवनको गोरेटो बाटो अनौठो प्रकारले माडिरहन्छ । बाटो को आधा हिस्सा आमाबाबुको हुन्छ । जन्माउने, हुर्काउने, सुखदुख सिकाउने, भर्थेग, पालनपोषण गर्ने आदिआदि । साह्रै जर्जर भुमिमा उदाइएका संघर्षवान व्यक्तिको प्रेरणाको ‘महाकथा’ हो आधा बाटो ।

आधा बाटोले हरेक पाठकलाई नयाँ उर्जा प्रदान गर्ने कुरामा दुविधा नै छैन । साथै समयले मनिसलाई के–कस्ताकुरा भोगाउछ भन्ने विषयका चारित्रिक प्रमाण नै हो यो उपन्यास ।

उपन्यास पढिरहँदा, काल्पनिक लाग्ने भोगाइहरुवाट तिखारिएका धरावासीजी बनाउने काम भगवानकै एक क्रुर कदम जस्तो भान हुनेरहेछ । एउटा भयानक सपनावाट अचानक  ब्यँुझिएर मनलाई शान्त पर्दै गरेको अवस्था उपन्यास पढिसक्दा मैले अनुभव गरेको छु ।

प्यास भित्रको बिद्रोह – तसलिमा नसलिन

नारीवादी लेखिकाको एउटा अनौठो कृति । ‘विद्रोह’को एउटा छुट्टै परिभाषा हो ‘प्यास भित्रको बिद्रोह ।’ अल्टिमेट एण्ड स्ट्रङ डिजायर अफ वुमेन भन्न पनि सकिन्छ ।

‘उसको स्वस गहिरो र तिव्र हुँदै जान्छ, उसले कहिले पौडिन पनिजानेको थियो जस्तो मलाई लगेन । उसले पौडिन निकै प्रयास गरिरहेको छ, मैले सिकाए – तिमि यसरी पौड, यसरी खुट्टा चलाउ, यसरी हातचलाउ । उसले सबै गर्न चहान्छ तर उ बाट सम्भव छैन ।

उस्को स्वास छिटो भइ रहेको बेला दया लाग्यो विचराले चाहेर पनि सबै गर्न सकिरहेको छैन । तव रिस पनि उठ्यो, यदि उवाट यो सम्भव नै छैन र उसले मेरो पानीलाई अनाहकमा फोहोर मात्र बनाउनेछ भने म किन उसलाई स्विकार गरुँ ?’

यस्ता वाक्यांशले महिलाको शारिरिक मोहलाई झल्काउँछ । महिलाहरु खुलेर बोल्न सक्दैनन् भन्दैमा उनीहरुमा इच्छाशक्तिनै हुँदैन भन्नु मुर्खता शिवाय केहि हुन सक्दैन । यो उपन्यासको मुख्य विचार हो ।

शब्दमा व्यक्त नगरी महिलाहरुले के–कस्ता कुराहरु बोलिरहेका हुन्छन भन्ने कुरा उपन्यासले बुझाउन खोजेको छ ।

हाफ ग्रलफेण्ड – चेतनभगत

मैले पढेकामध्ये चाख लाग्दो उपन्यास हो यो ।

अप्राप्तिमा जति माया छ त्यो वरावरको आनन्द प्राप्तिमा छैन । तर यो मन माया गरेको मान्छेलाई पाउन कति आतुर हुन्छ भन्ने यो उपन्यासले देखाउँछ । मनसंग मष्तिस्कको लडाँइ प्रष्ट देख्न पाइन्छ यसमा ।



'She wore black, skin tight jeans and a black and white stripped T-shirt. Without the sweat and grime from court, her face glowed. She had translucent pink lip gloss on, with tiny glittery bits on her lips. Her hair slightly wavy........'पुस्तकमा शव्दहरु नदिझैं सलल बगेका छन ।
एकपटक पुस्तक पल्टाइसकेपछि बन्द गर्नै गाह्रो पर्छ । शव्दहरुले बयान गरेका कृयाकलाप यथार्थ झैं लाग्छन् । सानासाना कुराहरुलाई टिपेर दुरुस्तै राखिएको छ उपन्यासमा । कतिपय किताब पढ्दा यो कहिलेचैं सकिएला भन्दै अन्तिम पृष्ठ नंबर हेर्ने गरेको छु । तर हाफ गलफ्रेण्डको सन्दर्भमा मलाई यस्तो भएन ।


'Every guy has a fear of meeting his girl's parents. Apparently, there is a scientific term for it - soceraphobia.''यस्ता शव्दावली पढ्दा आफ्नै बारेमा पढिरहेजस्तो वा आफैंलाई बुझिरहे जस्तो भान हुन्छ ।
 आख्यानकार भगत युवापिडीको मन जित्नलाई उनीहरुकै भाषामा कथा रचिदिन्छन । जसलाई पढ्नेहरुले यो आफ्नै कथाजस्तो ठान्दछन् । उनको लेखाइको अद्भुत खुवी हो हाफ गलफ्रेण्ड ।

ऐना – रामलालजोशी

‘ऊ साथमा हुँदा लाग्थ्यो पे्रमका लागि मर्नेहरु मरिरहुन । जैरे प्यारकै लागि झुन्डिने कायर हुन । जाबो प्रेमकै लागि पागल हुनेहरु लाछी हुन । त्यस्कै लागि बर्बाद हुनेहरु भैरहुन । हाम्रो प्रिती अमर छ । हाम्रो प्रेम अटूट छ । हामी सधैं येस्तै र येत्तिकै रहिरहने छौं ।’

उनले यो भनाईद्वारा ‘युवावस्थामा मान्छेले आफु कहिल्यै बूढो हुँदिन’ भन्ने सोच्दछन भन्ने देखाउन खोजेका छ । हामी जहिल्यै पनि आफ्ना कुरा र भावना अरुका भन्दा राम्रा, आफुले गरेको प्रेम अरुले गरेकोभन्दा चोखो हुन्छ भनेर सोच्दछौं । यस्तै भावका कथा समेटिएका छन यस संग्रहमा ।

आफू र अरुप्रतिको भावनात्मक अन्तरविभेद समेत देखाउन खोजेको छ ऐनाले ।

म आदर्श विचार र सृजनसिल कार्यमा  विश्वास गर्छु । साहित्यमा समाचार लेखन मन पर्दैनन् । यथार्थवादी कथा मन नपर्ने पनी होइन, तर कमै छन त्यस्ता । ऐनाले यथार्थमा टेकेर कथाहरु सम्प्रेसण गरेको छ । लेखन शैलीमा सुदुरपश्चिमको छनक सुरुबाटै पाउन सकिन्छ । यो मेरालागि नयाँ अनुभव हो । ताजापन पनि हो ।

पापिनी घाट र भर्जिन कथाले मन नजुर्मुराएको होइन । यस्ता धेरै कथा छन संग्रहमा । बर्र्गीय असमानताका कुरा प्रशस्तै भेटिन्छ । विकृतिहरुलाई सरल ढङ्गले लेख्न प्रयास गरेका छन् जोशीले ।

सुरुसुरुमा राखिएका कथाहरु निद्रा लगाउनलाई पर्याप्त छन् । डुबुल्कि मार्दै भित्र गएपछि रोचकताका शृङ्खला सुरु हुँदै जान्छन् । संग्रह भरिको कथाको प्यास एउटै कथाले मेटाइदिन्छ समाप्तिमा ।

बिचमा, यिनी सेल्सबोई हुन त खोजेको होइन ? भन्ने जस्तो पनि लाग्छ । कथालाई पछ्याउँदै जाँदा भने यस्तो भाव हराउँदै जान्छ । लेखनको अमूर्त चिंतन रहेछ उनमा ।

अमिट बन्यो नाम रामलाल जोशी

वेनिटो मुसोलिनी – वायोग्राफी

यो पुस्तकले मलाई दास्रो विश्व युद्धको बारेमा थप बुझ्न सघाएको छ ।

एडोल्फ हिटलरको तानाशाही शासन व्यवस्थाप्रति मुसोलिनिको मौनताले उनीहरुवीचको दरीलो संबन्ध रहेको देखाउँदछ । यसो भन्दै गर्दा यो पुस्तकले चालिसौं दसकको युरोपियन राजनीतिक अभ्यासलाई समेत बुझाउने प्रयास गरेको देखिन्छ ।

पुषको जाडोमा मैले यो पुस्तक पढिरहँदा राष्ट्रवादको नाराले रगतै तताएर ल्याएको मैले महशुस गरें । ‘जब कुनै व्यक्ति राष्ट्रको पर्यायवाचि बन्छ तब राष्ट्रको शासन निरङ्कुस बन्छ’ भन्ने बाक्यांशलाई त्योबेलाको इटालिको शासनले देखाउँछ ।

उग्रराष्ट्रवाद र तानाशाहि व्यवस्थाले देशप्रेम र शासक दुबैको पतन हुन्छ भन्ने भाव मुसोलिनीको जिवन पढेपछि थाहा हुन्छ ।

कर्णालि व्लुज – बुद्दिसागर

कर्णाली, मटेरा, कालिकोट, मंदिरे, कटासे, नर्बदा, चन्द्रे प्रेमिल पात्र हुन । सरल शव्द अनि खोलाझैं सलल बगेको कथा अत्यन्तै चाखलग्ने छन् । अनि रमाइलो पनी ।

क्लास मा सबैजना नाक थुनेर बसेका बेला :
‘सर : ओहो कस्तो गनाको, के गनाको यो ?
विद्यार्थी : मंदिरेको टाउको सर ।
सर : ए के लगाइस टाउको मा ?
मंदिरे : घ्यू लगाको सर ।
सर : धत् ! तेल पो लगाऊनु पर्छ त लाटा ।

मंदिरे : घरमा तेल नभाको बेलामा भूटुन खान्छैं हामी । त्यसैले लगाको ।’
पुस्तकमा रहेका यस्ता प्रसंगहरुले पात्रको चरित्रको खुलेर बयान गरेको छ । सबैभन्दा अमल कुरा त यो सबै बाल्यवस्थाका मानिसको विचारसँग मेल खान्छ । सरलता पुस्तकको अभिन्न अंग बनेको छ ।

अनुराधा — विजय मल्ल

‘रत्नमानले सौंदर्य मात्र देख्यो, नारी देखेन । समुद्रमानले भाउज्यु मात्र देख्यो, तर नारीको सौन्दर्य देखेन । समाजले उनलाई कसैको पत्नी बनाउन खोज्यो हृदयलाई वास्ता गरेन ।’

यस्ता नारी भावनाहरुले पुस्तकलाई पुर्णता दिएको देखिन्छ । मान्छेले गरीरहेका कतिपय कामहरुको अर्थ उनीहरुलाई नै थाहा हुँदैन भन्ने यो पुस्तकले देखाउन खाजेको छ । यर्थावादी जस्तो लाग्ने उपन्यासमा सिर्जनात्मकता गौण भएर पुस्तकको सम्मान बढाएको छ ।

राधा – कृष्ण धरावासी

कलियुगी राधा–कृष्णका लिलालेखनमा कहलिएका आख्यानकार सुबिन, चेतन भगत जस्ता साहित्यकारका कृति भन्दा फरक शैलिमा यो उपन्यास देखिन्छ । महर्षी वेदब्यासले द्वापर युगमा रचना गरेको लिला धरावासीले आजको संदर्भमा प्रस्तुत गर्न खोजेका छन् । हिन्दु मिथ र आधुनिक परम्मरामा आधारीत उपन्यास एकदमै सरला र मिठासता बोकेको पुस्तक हो । राधामा सरसर्ती बगीरहँदा रमाइला लाग्ने पलहरु उपन्यासको अन्त्यमा मुख्यपात्र बनेको प्रेमले एक भयावह नै सिर्जना गरेको छ । आजसम्म पढेका उपन्यासको तुलनामा राधा बिल्कुलै फरक धारमा लेखिएको अनुभव हुन्छ ।

सिद्धान्तका कुरा – सञ्जिव उप्रेती

समय र समाजसगै सत्यको अर्थ र परिभाषा परिवर्तन हुँदै जान्छ । हामीले मानेको सत्य र अरुले मानेको सत्यमा फरक हुनसक्छ ।  मानिसहरु आफ्ना बिचरामा तटस्थ हुन्छन, समय बद्लिदै जान्छ तर तटस्थता बदलिँदैन यसका कारणहरु मात्र परिवर्तन हुन्छन् । एउटा मात्र बिचारले संसार चलेको हुँदैन भन्ने कुरा पुस्तकमा लेखिएका शव्दले देखाउन खोजेको छ ।

यदि तपाईं पुर्बीय र पाश्चात्य दर्शनको आध्ययन गर्न चाहनुहुन्छ भने अत्यन्तै राम्रो पुस्तक हो यो । आधुनिकता, उत्तरआधुनिकता, औपनिवेशवाद, संरचनावाद, विनिर्माणवाद जस्ता सिद्धान्तहरुको लौकिक, अलौकिक र परलौकिक बिचारहरुले विश्लेषण वरिपरि पुस्तक घुमेको छ । गहिराईमा जाँदै गर्दा लेखकको दर्शनप्रतिको लगाव प्रष्ट देख्न सकिन्छ जसले हामीलाई यसप्रति थप बुझ्न इच्छुक बनाउछ ।

नेपाली साहित्यमा दर्शन र सिद्धान्तको कहिलेदेखि, कहाँ र कसरी प्रयोग हुँदै आएको छ भन्ने निक्र्याेल गर्न यसका पानाहरुले मार्गप्रसस्त गरेका छन् । हामीले जानेका र बुझेका सामन्य जस्ता लाग्ने कुराहरुले जिवनमा कति महत्व राख्छन् भन्ने कुरा यसले गहिरिएर बुझाउछ ।

Thursday, May 16, 2019

Poem : Troubleshooting

If you fall in crush with someone
You've started following her in twitter
started sending messages in facebook
started commenting on instagram and tik tok
started flirting and mocking her
but
Is she responding you ?

If you liking someone
You've started talking about her with friends
started writing note about her
started looking her in college
started imagining her present in your life
and started feeling her in your heart
But
Is she doing the same you did ?

If you are badly loving someone
You've started chatting her
started conversation in college
started to ask to go to canteen together
And started saying I love you!
But
is she started loving you too ?


No, and no!
The only one truth is, no.
may she misleading you
may she saking fun of you
may she picking your pocket
and
Ignoring you for her own business
But
do you miss her ?

So, stop. Stop doing these all nonsense
start investing on yourself
be a man and gloom your life.
"I'm telling to myself."

Saturday, May 4, 2019

विद्यालय शिक्षा : समस्या, समस्याको उत्पत्ति र समाधान

समस्या :
‘कता पुगेर आउनुभयो दिदि?’ अफिसवाट सँधै सभा पाँच बजेनै फर्किने मान्छे आज पैने सातबजे मात्र आइपुगेको देखेर प्रश्न गरें।

‘हेर्नुन भाई, सोनि र संध्याको किताब किन्नलाई लाईनमा बस्दा बस्दै यतिबेला भयो।’
‘किताब किन्नलाई लाईन? कस्तो अचम्म !’ मेरो ब्यङ्ग्य भरिएको प्रश्नलाई गम्भिर रुपमा लिँदै फेरी भन्नुभयो। ‘हो नि कत्ति धेरै भिड, त्यसमाथि छानेर किन्नुपर्ने। भुतुक्कै भएँ गलेर ।’

दिदिले मानिसरुको भिडलाई लाइन भन्नुभएको रहेछ। वानेश्वर चोकतिर तरकारी किन्न निस्किँदा पुस्तकालयमा लागेको भीडको मैले सायद वास्ता नगरको हुँदो हँु । यस्तो भिडभाडमा सामान किन्न साँच्चै गाह्रो हुन्छ । फरक फरक प्रकासनका किताब र यसको उच्च मुल्यले अभिभावकलाइ थप सास्ति दिएको छ ।

बैसाखको समयमा किताबको अभाव भएका घटना पोहोर सम्म पनि धेरै सुनिन्थे यसपाली भने घटेर गएका छन् । के पुस्तकको पर्याप्तता मात्र शिक्षाको मानक हो ? पक्कै पनि होइन । यसलाई नयाँ कोणवाट विश्लेषण गर्न जरुरी छ । निजी विद्यालयमा दुई वर्ष बिताउँदा आफुले देखेका र भोगेका समस्याहरुर्ला यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।

सर्बप्रथम पब्लिकेसन हाउसले गर्ने विज्ञापनलाई नै लिउँ । पुस्तकको र अन्य उपभोग्य बस्तुको विज्ञापन त फरक तरिकाले हुनुपर्ने हो । तर हाल बजारामा व्याप्त एन्ड्रोइड मोवाइल फोनको विज्ञापन गर्ने शैली, बोर्डिङ स्कुलमा पढाइने पुस्तक लेखकले पुस्तकको विज्ञापन गर्ने शैलीसंग ठ्याक्कै मिल्दोजुल्दो छ । दुबैको ध्यान बढिभन्दा बढि आफ्नो उत्पादन बिक्रि गर्नु रहेको देखिन्छ । नयाँ सत्र सुरु भएसंगै नयाँ विशेषताका पुस्तक पढ्न पाइन्छ । र विद्यालय हरुले पनि नयाँ बुक नै राख्नुपर्ने नियम लागु गराउँछन ।

एउटा उदाहरण नै लिउँ, छोराले गतसाल पढेको पुस्तक घरमा हुँदाहुँदै सानि छोरीको लागि पुरै नयाँ पुस्तक किन्नुपरेको गुनासो सुनाउँछन अनामनगर बस्दै आएका ख्याम प्रधान । उनले भने ‘पोहोर सुुुषान्तले पढेका सबै किताब घरमै छन । जतनसाथ पढेकाले च्यातिएको पनि छ्रैन तर ति सबै किताब यसपालि काम नलाग्ने भए ।’ पोहोरको किनेको मुल्यभन्दा यसपालिको मुल्य अझ बढेको उनी सुुनाउँछन् ।

यसै संदर्भमा थप चर्चा गर्दा बिभिन्न प्रश्न हामीमाझ देखिन्छन् । जसमध्ये, पुरानो पुस्तकलाई कति परिमार्जन गर्ने ? कस्ता कुराहरुलाई पुनर्लेखन गर्ने ? यसमा भएका कस्ता कस्ता कुराहरुले विद्यार्थीलाई के प्रभाव पारिरहेको छ ? भन्ने जस्ता पक्षको अध्ययन भएको देखिँदैन । बरु नयाँ के थप्ने ? र कति सम्मका अफ्ठ्यारा अभ्यासहरु राख्ने ? भन्नेमै बुक लेखकको चासो बढी भएको पाइन्छ ।

सरकारी स्कुलका भन्दा निजी विद्यालयका विद्यार्थीलाई अब्बल देखाउन यस्तो गरिएको हो । जसवाट पनि विद्यार्थीले सिक्ने भनेको त्यति नै हो जति शिक्षकले पढाउँछन । सबै स्कुलमा सबै किताब पुरा पढाएको देखिँदैन । समराइज गरेर नोट लेखाइन्छ र त्यही नोट घोक्न बाध्य पारिन्छ, नकि ज्ञानलाई प्रयोगात्मक अवलम्वन गराइन्छ । पाठ्यक्रममा भएको मःम बनाउने विधिलाई विद्यार्थीहरुले कागजको मःम बनाएर सिक्छन । न यसले सिकाइको महत्व दर्शाउँछ न यसले विद्यार्थीलाई कुनै फाइदा नै पुग्छ । खाजाका रुपमा बनाइने मःम, कागजको म : म बनाएर त्यसको अनुभव कसरी गर्ने ?

अझ निजी विद्यालयले ठूला र अफ्ठ्यारा किताब पाठ्यक्रममा राख्न रुचाउँछन् । हामी पनि हाम्रा छोराछोरीले भन्दा छिमेकीका छोराछोरीले पढ्ने पुस्तक ठूलो देख्यौँ भने अर्को साल भर्ना गर्न त्यतै लैजान्छौं । यसले प्राकृतिक सिकाईलाई मारेर शैक्षिक मार्केटिङ मात्र भइरहेको प्रष्टै देखिन्छ । हामी छोराछोरीले ९० अंक प्राप्त गर्दामात्र मख्ख पर्छाैं र त्यहि सोच्छौं ताकि मेरो सन्तानले ९० ल्याओस तर कसरी ल्याइरहेको छ ? के यो अंक प्रभावकारी छ वा छैन ? त्यो हामी सोच्दैनौं । जसरि भए पनि ९० ल्याउनुपछै भन्ने मन्यतामै आजको शिक्षा अडिएको छ ।

जाँदाजादै, हामिले पढ्ने र पढाउने विद्यलयमा समस्यै समस्या मात्र छन् भनेर देखाउन खोजिएको भने होइन । यि माथि दिइएका अवस्थाहरु पनि भुलबस सिर्जना भएका हुन्छन् । राम्रो गर्न खोज्दाखोज्दै पनि कति भुल भइरहन्छन । कतिलाई सुधार गर्दै लगिएको छ, देखिएका नयाँ समस्याहरुलाई पनि त्यसरी नै समाधान गरिनुपर्छ । त्यसैगरी जानाजान कुनै समस्या ल्याइएमा सजायको दायरामा पनि ल्याउनु पर्छ ।

यो खण्डमा मैले समस्याहरु मात्र राख्ने जमर्को गरेको छु । आउँदा लेखहरुमा यसका उत्पति र समाधानका उपायहरुको चर्चा गर्नेछु

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा।

आजपनि त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर बसेको छ । कञ्चन थाल... भन्दै आरति घुमाएर तल लैजाँदा झुकेका तिम्रा नजर आरती माथि ल्याउँदा मेरा आँखासंग ठ्याम्मै जुधेका थिए ।

कति रोमाञ्चकता भरेको थियो है त्यो पलले ?

ममिको सारीको आँचलमा लुक्दै हेर्दै गर्दा मैले संसारै भुलेको थिएँ प्रिये । के तिमिले त्यस्तो महसुस गरेनौं ?

‘आबोजी बाला मारे घेर आबोजी बाला...’  देखि ‘मंगलाचरण प्रकरण’ सम्मको बिहानिको प्रेम र ‘भई भईरे नवखण्डो आरती’ गाउँदा पटक पटकको हेराइको नसा अझैसम्म उत्रिएको छैन प्रिये ।

के तिमि अझैं संझना गर्दैनौ ति स्वर्णिम पलहरुलाई ?

अहँ ! म मान्दिन कि बाँकी मेरा प्रेम झुटा छन् । तर तिमिसँगको त्यो निःशव्द प्रेमनै पहिलो र अझर प्रेमको प्रतिक बन्यो । कति निःश्वार्थ थिए ति भावनाहरु ।

न डेटिङ् जानलाई पैसा जोगाउनुपर्ने डर, न झुटको बहाना बनाउनुपर्ने बेदना, न यौनको भोक, न बिबाहको चाहाना । बस प्रेम थियो । निश्चल प्रेम । तर आज आएर तिमि कथामा मात्र सिमित हुन पुग्यौ । प्रिये ।

आज पनि तिम्रा सहअस्तित्वका गुञ्जाइसहरु विलिन भैसकेका छैनन् । तिम्रा ओठ, नाक, कपाल सबै छापिएका मेरा कागजका पानाहरुको अन्तिम रुपहरु यतै कतै रहिरहेछन् ।

ममिले बढो स्नेहपुर्वक सफा गर्दै डस्टविनमा जतनसाथ राख्नुभएका ति पानाहरु आज खरानि भएर मेरा वरिपरी घुम्छन् । प्रिए! एस्तो प्रेमभुमरी भएन र तिमिलाई ?

'प्रेम के हो ?' भन्ने आभास नहुँदै परमात्मालाई साक्षी राखेर गरिएका मौन वार्तालाप निरन्तर चलिरहोस् जस्तो लाग्दथ्यो । हामिले सँगै खाएका प्रसाद र चरणामृत खासमा प्रसाद र चरणामृत थिएनन्, हाम्रा प्रेमका सगुन थिए । यै सगुुन त्यहाँ आजपनि बाँडिन्छ । तर खानलाई तिमी र म साथ हु्दैनौं । यो कस्तो बिडम्बना ?

सुर र तालमा लयबद्ध गरीएका सेवापुजाका धुनहरु, रसहरु हाम्रो प्रेमको धुन भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर ति धुनहरु आज सेवापुजामा सुन्न पाइँदैन प्रिये । कठोरतापुर्वक ति धुनहरु परिवर्तन गरीसकिएछ ।

'सायद हामिबीचको प्रेम पुरानो धुनसँगै विलिन भयो' भन्ने सोचेकि छेउ भने, छैन प्रिये । म त्यहि धुन फर्काउन निरन्तर लागिरहेको छु ।

हो । यसपालि पनि म गएँ, इटहरी पारायणमा । मेरा प्रेमहरुलाई फर्काउन । समयले टाढा पुर्‍याएकाे तिमीलाई म सम्म ल्याउन । प्रेमको लय फेरि फर्काउन ।

मेरो प्रेमको वीउ रोपिएको मन्दिर त हुर्किएर वयस्क भैसकेछ प्रिये । मन्दिर जस्तै तिमि पनि अब जवान भैसकेकी हौली । मन्दिझैं तिम्रो कद पनि अग्लिएको होलान् । सोह्रै शृंगार गरेर आउँदा तिमिलाई कस्ति देखिएला ? मन्दिर जस्तै वा त्यो भन्दा राम्री ? तिमी पनि यो पुण्यभूमि झैं पवित्र छेउ, मेरो मनमा । सदा सदाका लागि ।

मैले नचिने पनि मेरो प्रेमले तिमिलाई अवश्य चिन्नेछ प्रिये । तर दुर्भाग्य प्रेम अन्धो छ ।

फुटकर लेख : माता तीर्थ औंशी

आज माता तिर्थ औंशी हो । मदर्स डे होइन ।
किन ?
किनभने माता तिर्थ औंशीले मनमा जुन भाव दिन्छ त्यो भाव मदर्स डे ले दिन सक्दैन । माता पनि भगवानकै स्वरुप हुनुन्छ, जसरी भगवानले यो सृष्टिको रचना गर्नु भयो र लालन-पालन गर्नु भयो त्यसैगरी आमाले पनि हामिलाई यो धरतिमा जन्माएर पालन पोषण गर्नु भएको छ । अरु तीर्थ जस्तै माता पनि आफैंमा एक तीर्थ हुनुहुन्छ । हामीले उहाँको रिण जीवनमा जसरी पनि तिर्नु पर्छ भन्ने यो चाडको मान्यता हो जस्तो पाग्छ मलाई ।

आज भोलि हामी 'छोराछोरी' यदि टाढा छौँ भने ममिलाई फोन गरेर 'तपाईंलाई सम्झेको छौँ' भनेर भन्छौ । या त भेट्न जान्छौं । नजिकै भए केही मिठाई र कोशेली दिएर यो चाड मनाउछौं । यो आमालाई संझिने एकदमै राम्रो परम्परा हो । सन्तानले यदि आमाको लागि सानै काम गरे पनि आमा अत्यन्तै धेरै खुसी हुनुन्छ । यो हामीले अनुभव गरेकै कुरा हो । हामी आजभोलि आफ्नी आमाको फोटा फेसबुक को वालमै राख्छौ । यस्ता सामन्य कार्यहरुले पनि आमालाई जिन्दगीको एक अहम् हिस्सा हो भनेर देखाउन प्रेरणा दिन्छ ।

तर फेसबुकमा फोटो संगै लेख्दिन्छौं "Happy mother+'s day." Does it make any sense???? I don't think so. यो बाक्य सुन्दा यस्तो लाग्छ - 'यो दिन भनेको आमाको फोटो फेसबुकमा राख्ने दिन हो । सबैले यसै गर्छन् ।' यसले सामाजिक संजालमा फगत आफ्नो उपस्थिती देखाउने बाहेक अरु केही गरे जस्तो लाग्दैन मलाई । आमा सांच्चिकै एक अनुपम उपहार हुन, जननी हुन, गुरु हुन, मार्ग निर्देशक हुन यस्ता कुराको आभास यो बाक्यले दिन सक्दैन ।

हामी ले भनैंला कि माता तीर्थ औंशीको अङ्ग्रेजी रुप mother+'s day नै हो । र म पनि मान्छु यो सहि हो । तर यि शब्दावली हरुको मिलनले जुन अर्थ मनमा उत्पन्न हराउँछ ती बिल्कुलै फरक छन् । पश्चिमा मुकुकमा यसले कस्तो भावना पैदा गराउँछ त्यो म जान्दिन तर नेपाली मनमा यी अङ्ग्रेजी पदावली ले हाम्रो महान चाडको महत्व दर्शाउन सक्दैन । बिल्कुलै सक्दैन । यो ठोकुवा गरेर भन्न सकिन्छ ।

मेरो भन्नू यति मात्र हो कि त्यो फोटाको मास्तिर (क्याप्सन) लेखिने अङ्ग्रेजी वाक्यले फोटोको महत्व नकाम जस्तै बनाएको छ । यसले फोटोलाई  (आमालाई) धमिलो बनाएको छ ।

Saturday, April 27, 2019

कविता : धोका

हो त्यहीँ देखि,
मेरो मन आधारहिन भएको छ।
बेचैनीले जरा गाडेर
नैराश्यताका फलहरु लटरम्म लागेका छन्,
दिन र रातहरु एकै भएका छन,
सपना र विपनामा तिम्रै झझल्को आउने गर्छ,
म के भनेर सम्बोधन गरुँ ?
यी दैनिकी हरुलाई

पंक्तिबद्ध भएर लसपस गर्ने हाम्रा औंलाहरु,
आज सिरानी संगै टाँसिरहन्छन्।
घण्टौं सम्म जुधिरहने यी आँखाहरु,
आज हप्तौं चुहिरहन्छन्।
पेण्डुलमझैं हल्लिरहने यी गोडाहरु,
आज भोलि सुस्ताई रहन्छन्।
छिन छिनमै मुस्काई रहने यी ओठहरु,
न खुल्न सक्छन न मुस्काउन,
यो कस्तो सजाय दिएउ प्रीय ?

भोक, प्यास, निद्रा मेरा जीवन थिए,
आज जीवन नै सकिएको छ।
संगै बाँच्ने-मर्ने सपना थिए,
आज सापना नै सकिएको छ।
रंगीन लाईफ बिताउने कत्रा आशा थिए,
आशा नै सकिएको छ।
प्रेमकै लागि कति अमुर्त चिन्तनहरु थिए,
आज चिन्तन नै सकिएको छ।
यो कस्तो अन्त्यको सुरुवात गर्यौ प्रीय ?

आफ्नै अगाडि भग्नावषेश भएको जीवनमा
मायाका नासोहरु छरपष्ट, छताछुल्ल भएपछी,
टेक्ने लठ्ठीनै पराया बनेपछी,
हिँड्ने बाटाहरु मै वाढी आएपछि।
एकछिन रोक्किएर मुटुले प्रश्न गर्यो,
धोका पाउनलाई यत्ती धेरै माया गरिस ?

Monday, April 22, 2019

लेख : चुनावी नाटक


पोष्टर पम्प्लेट घरका भित्ता भित्तामा टाँसिएका थिए । मानिसहरु हुल हुल बनाएर हिडिरहँन्थे । बेला बेलामा टाढा टाढा बाट मसिनो स्वरमा माइकिङ् गरेको पनि सुनिन्थ्यो तर प्रष्टै बुझ्न नसके पनि अड्कल काट्न सकिन्थ्यो । अचेल गाँउलेहरु कसैको भगवान सरी गुणगान गाउँथे भने कसैलाई राक्षसलाई झैं गालि गर्थे । सबैका आ आफ्नै तर्क, वितर्क, विचार र कुतर्क पनि थिए । देश सारा विसाल रङ्गमञ्च भएको थियो । जसमा चुनाव नाम गरेको नाटक मञ्चन हुनै लागेको थियो ।

यस्तो भब्य पर्व देशमा पहिलो पल्ट हुन लागेको भने होइन । तर शिक्षाको अभाबमा गाँलेहरु लामो समयसम्मको सोचराख्न सक्दैन थिए र पुराना नाटकहरुमा के कस्ता कुराहरु राखिएका थिए भन्ने चाँडै बिर्सन्थे । यसले नाटककारलाई चुनावि नाटक देखाउन साह्रै सरल परेको थियो । उनीहरुको एउटा नाटक पुस्तिका ५/५ वर्षमा हुन्छ त्यसमा हरेक नयाँ पटक नाटक मञ्चन गर्दा कस्ता कस्ता अभिनयकला देखाउने भन्ने कुरा राखिएको हुन्छ । हुनत यो पुस्तिकामा धेरै परिवर्तन भने हँुदैन, पहिलेकै संकरणमा भएकै कुराहरु नै केहि फेरवदल थपघट गरेर नयाँ निकालिन्छ । मानिसहरु त्यो भगबत गीताझैं गरेर पढ्छन र छाति फुलाएर अब चैं पक्कै केहि हुन्छ, नयाँ देख्न पाईन्छ भनेर यसैको गीत गाँउदै हिँड्छन ।

यस्तो नाटक प्रदर्शन गर्ने कम्पनी एउटा मात्र हुदैन, धेरैवटा हुन्छन । उनीहरुका नाटक देखाउने मान्छेहरु पनि फरक हुन्छन तर नाट्यपुस्तिकामा लेखिएका कुरा लगभग उस्तैउस्तै हुन्छन । यसमा एउटा नियम राखिएको छ । एउटा कम्पनिको कलाकारले अर्को कम्पनिको कलाकारलाई राम्रो प्रतिष्ठित भन्न पाईँदैन । उसलाई आफुभन्दा तल्लो स्तरको देखाउनु पर्छ राजनीतिमा जस्तै गरेर । अझ आफ्नो नाट्य पुस्तिका अरुको भन्दा अब्वल छ भनेर सबैलाई भन्दै रङ्गमञ्चमा वरीपरी हिँड्नु पर्छ ।

नाटक कम्पनि र कलाकार छुट्टाछुट्ै भएपनि रङ्गमञ्च र दर्शक भने एकै हुन्छन । नाटक हेरीसकेपछी सबै कलाकारहरुले देखाईसकेपछि १० मिनेटको ध्यान कार्यक्रम हुन्छ । ध्यान कार्यक्रम सकेपछी लगत्तै दर्शक र कलाकार दुबै मिलेर सबैभन्दा उत्कृष्ट नाट्यशैलि र नाट्यपुस्तिका धेरै मतले पारित गर्छन र चुनिएको नाट्य कम्पनिले पाँच वर्षसम्म नाटक देखाउन पाउँछ, त्योपनि देशकै सर्वोच्च स्थानमा बसेर ।

बिजेता कम्पनिका नाट्यपुस्तिका, नाटकमा भएका सानातिना शृङ्खला, कमजोरीको तोडमोढ गरेर अन्य कम्पनिले पाँच वर्षसम्म सडक नाटक देखाउनु पर्छ । यो कम्पनिहरुले आपसी समझदारी गरेर बनाएको नियम हो ।

कथा : एक दिने स्वर्गयात्रा


‘म नितान्त मानव जाति यो स्वर्गमा कसरी आइपुगें होला ?’ बिहान उठिसकेपछि बाहिर एकफेर नजर लगाइ आफुलाई छामछुम गर्दै गर्दा मलाई यस्तो लागेको हो । आजभन्दा अगाडि कहिल्यै यस्तो दृष्य देख्नु त परै, यस्तो भावना आएको पनि थिएन । मृत्युलोकमा बस्ने एक आम मानिस आफ्नै होसहबास र सरिरसंगै स्वर्गमा कसरि आइपुग्छ होला ? के ज्युँदो मान्छे स्वर्गमा आउन संभव छ ? अथवा के म मरेर आएँ त ? एकपल्ट स्वर्गवाटै पृथ्वीको रीकल गरें अघिल्लो दिन गरेको सबै काम संझिएं –अफिस गएको, फर्केको, छोरोलाई स्कुलबाट ल्याएको, समाचार हेरेको, श्रीमतिसंगको बार्तालाप, सुतेको – अहँ ! म मरेको प्रमाण भेटिएन । मन चङ्गा भयो ज्युँदै रहेछु भन्ने खुसीले ।

तर सबैभन्दा पहिला म आएको ठाउँ स्वर्ग हो वा होइन चेक गर्नु थियो । स्वर्गमा बसेकाले पृथ्वी सबै देख्छन भन्ने सुनेको थिएं । अब दिब्य दृष्टिले मृत्युलोक हेर्नुप¥यो भनेर ‘कमलासनमा’ ५ मिनेट बसिहेरें दिमाग एकाग्र हुनैसकेन । मेरो प्रयास फेल खायो यानिकी म स्वर्गमा पुगेपनि मेरा गोडाले भुईँ छोएका थिए । म आत्मा मात्रै थिइनँ शरीर संगै थिएं, यदि आत्मा मात्र भैदिएको भए सायद पृथ्वी देख्ने थिएँ । यसपटक चै शरीर संगै यहाँ आएकोमा दुःख लाग्यो।

 अर्को तरीका मनमा आयो । मेरो दशौं जेनेरेशनको कम्प्युटरमा बिङ्ग गरें – पृथ्वीमा गुगल जस्तै स्वर्गमा बिङ्ग भन्ने सर्च इन्जिन फेमस रहेछ – ‘फिचर्स अफ हेभन ।’ रिजल्टमा ‘कन्टेन्ट हिडन’ भनेर आयो । यो सुबिधा देउताहरुलाई मात्र उपलब्ध रहेछ । देवगण भनेर आधारकार्ड बनेपछि त्यो आइडि नंबर बिङ्गमा साइन इन गरेपछि मात्र इन्टरनेटमा अथोराइज्ड हुनेरहेछ । चौथो जेनेरेसनको कम्प्युटर मात्र चलाएको मलाई यसमा भएका नैला अपडेटहरुको हेक्कै भएन ।

मेरा दुई महान र ऐतिहासिक प्रयासहरु फेल भैसकेका थिए । अर्को जुक्ति दिमागमा नफुरेपछि मैले बाहिर गएर विचरण गर्ने योजना अगाडी सारें र आफैंले पारित पनि गरें । बहिर हिँड्न चलनचल्तिका भगवानले जस्तै गेटअप वनाएर एक फेर स्वर्ग घुम्न निस्किएँ । चियाको साह्रै तलतल लागीरहेको थियो । त्यसैले छेवैको ‘महादेव चिया पसलमा’ छिरें ।

महादेवले यस्तो पसलको शाखा स्वर्गभरि खोलेका रहेछन । स्वर्गमा दुधचिया पाउने ‘महादेव चिया पसल’ मात्रै रहेछ । पृथ्वीमा मानिसले चढाउने गरेको दुध कर्डलेस प्रविधिवाट स्वर्गमा पु¥याईंदो रहेछ र दुधको भण्डारण धेरै भएपछि यस्तो चिया पसल संचालन गर्न नारदले सुझाएका रहेछन । अरु भगवानले पाउने छिटपुट दुध घरमै सिद्दिन्छ रे । जुन भगवानको नाममा दुध चढाइन्न उनीहरु यो पसलमा आउने गर्दारहेछन ।

स्वर्गको विकास र प्रविधि देखेर आश्चर्यमा परीरहेको थिएँ । एकसय पचास लेनको सडकभरी मस्त सवारी गुडिरहेका थिए । ‘रेमिटेन्स’ स्वर्गकोे प्रमुख आयस्रोत रहेछ । मृत्युलोकमा चढाएको रकम अत्याधुनिक माध्यमवाट स्वर्ग पु¥याईन्छ भनेर थाहा पाउन कत्ति समय पनि लागेन । त्यहि ‘रेमिटेन्स’ र विश्वकर्मा बाबाको अथक मेहेनत पछि स्वर्गमा यस्तो विकास संभव भएको थियो । चारैतिर विचित्र आनन्द थियो, नराम्रो कहिँ कतै थिएन । हिँड्दै जाँदा एउटा स्याउ वोटबाटै टिपेर खाएँ अचम्म त के भने टिपिसक्दा त्यस्तै स्याउ त्यहाँ नयाँ फलिसकेको हुन्थ्यिो । त्यस्तो अथाहा डाईभर्सिटि अरुतिर कहिँ हुँदैन होला ।

अलिक अगाडी जाँदा वाटो साँगुरो भएतापनि अत्यन्तै मनमोहक थियो । यहाँ सम्पुर्ण देव वहानहरुले थोरै मोडिनु पथ्र्यो । यहाँ आइपुग्दा अहिलेसम्म ख्याल नगरेको दृष्यको भान भयोे । देवताहरु ‘एकोस – टाइटेनियम, डुकाटी’ जस्ता महँगा बाइकमा आ—आफ्ना अप्सराहरु राखेर एकैतिर गइरहेका थिए । परम्परागत साडि, ब्लाउज र गरगहनाले धपक्कै बलेका हुन्छन अप्सरा भन्ने मेरो मनले आज धोका खायो । उनीहरु त वान पिसमा पो थिए । ती पौराणिक नारीहरु देउतासंगै मोडर्न भैसकेका थिए ।

अगाडि वाटो छुट्टिएर दुइवटा उस्तैउस्तै लाग्ने फरक गन्तब्यमा पुग्छन भन्ने छेवैको म्यापमा प्रष्टसंग देखिन्थ्यो । वाटोको मध्यभागमा इन्द्रको भब्य महल असंख्य बुट्यान र बगैँचाहरुको विचमा थियो ।
एक साइडवाट देवताहरुको सानो झुन्ड मिनरल वाटरको बोतल हातमा लिएर अगाडी बडिरहेका थियो । उनिहरुको हिँडाइले कम समयमा धेरै वाटो अगाडी जानुपर्ने अंकित गर्दथ्यो । देवताहरुलाइ पनि यस्तो हतारो ? किन होला ? जान्ने तिब्र इच्छालाई मार्न नसकेर म पनि दौडिएँ । शास्टाङ्ग दण्डबत गरी आफ्नो दुवै हातले प्रणाम गरेर नम्र स्वरमा, विनयीभावले आफ्नो परिचय दिइसकेपछि प्रश्न गरेँ, ‘आदरणीय देवगण हजुरहरुको यस्तो व्यग्र र यस्तो सशक्त हिँडाईको कारण जान्न चाहन्छु ।’ यो प्रश्न सुनेर पूर्णविराम लागेको देवगणको मुहारमा विष्मयादिवोधक चिन्ह देखिन्थ्यो । यसैबीच ग्रुपको छेउमा उभिएका एकजना अफ्रिकन देवताले वीचमा र अगाडि उभिएको देउताको टाउकामा प्याट्ट हिर्काएर भने – ‘लोल लोल ! हामी कता हिँडेको रे भन्दे त यो सुड्डो लाई ।’ हाहाहा..... सबै देवताको हाँसो स्वरुपको आशिर्वाद पाएँ । तर उनीहरु मेरो प्रश्नको बेवास्ता गरेर अगाडि बढे । मैले उनीहरुको वार्तालाप सुन्ने चेष्टा गरेँ । “एकजनाले भन्दै थिए आज ईन्द्रको दरबारमा रैला गर्नु पर्छ ।”

आज त्यहाँ कुनै ठूलै आयोजनाको छनक पाएपनि त्यत्रो दरबारमा मेरो इन्ट्री हुने हो कि होइन त्यसको दोधारमा परें । हिरा, मोती, मुगा जडित भव्य गेटको मुनी बसेर एकजना देव ऋषि गहुँत बाँडिरहेका थिए । उक्त आयोजनामा सबैले जान पाउनेरहेछन् तर शुद्ध भएर पस्नुपर्ने भएकाले गेटमा गहुँत खानैपर्नेमा कडाई गर्न सुरक्षाकर्मी तैनाथ गरिएको थियो । लामो लाइनमा बसेर शुद्ध भइसकेपछि दरबारको भव्यता देख्नमा व्यस्त भएँ । छेउमा बसेका देवताले अर्का देवतालाई साउती गरे – ‘आजको गहुँतमा राक्षसहरुले छल गरेर वाइन मिसाएका रहेछन् ।’ यो सुन्ने वित्तिकै मैले जनै छामेर एकपटक गायत्री मन्त्र गुन्गुनाएँ । तर यसमा चिन्ता लिनु नपर्ने भएछ । महाऋषि विश्वामित्रले वाइनको शुद्धिकरण र देवताको पापमोचनको लागि यज्ञ गर्ने भएछन् ।

आजको यस विशेष आयोजनाको बारेमा मैले बुझ्दा अप्सराहरुको मनमोहक नृत्य प्रस्तु्त हुने हल्ला रहेछ । स्वर्गका राजा इन्द्र आएर इन्द्रासनमा विराजमान भएपछि कार्यक्रम सुरु हुने घोषणा भयो ।
 स्वयं अप्सराहरुको शास्त्रीय नृत्य, कत्थक नृत्य, भरत नाट्यम् हेर्न मेरा आँखा आतुर थिए । यस्ता नृत्य पृथ्वीमा लोप भइसके भन्ने मेरो अनुमान थियो । डिजेले म्युजिक अन गर्ने आदेश पाएपछि डिस्को लाइटसँगै हाई वेसमा पुरातात्विक संगीत सुरु भयो । यो गीत चाहिँ टेलस स्वीफ्टको ब्ल्यांक स्पेस भन्ने म्युजिकमा इन्द्र आफैँले लिरिक्स कम्पोज गरेर बनाएका रहेछन् । यसमा नृत्य गर्न चौध लोकमा चर्चित अप्सरा रम्भा, उर्वसी लगायतका अन्य स्वर्गीय ब्युटीहरु थिए । उनीहरुको आवरण मैले गेस गरेजस्तो थिएन । रम्भाले सर्टस सँगै पातलो सेतो सटलाई अगाडिको दुई चोसा नाभिमास्तिर बाँधेकी थिई भने अरु अप्सराहरु पिंक टिसर्ट र नीलो सर्टसमा थिए । भरत नाट्यम् हेर्न बसेको मलाई उनीहरुले त पोल डान्स गरेर पो देखाईदिए । यस्तो अकल्पनीय स्वर्गमा वयानै गर्न नसकिने गरि आनन्द आईरहेको थियो । जीवन सार्थक भइरहेको अनुभूति मैले गरेँ । यस्तो तृप्ति अरु के होला र खै ? खुसीको अन्तिम विन्दुमा पुगेर म मुर्छा परेछु ।

सोलार प्लेटमा फोटोन ठोक्किएर इलेक्ट्रोन निस्कन थाल्ने अथवा गाउँमा हुँदा हलेसो कराएको सुन्ने समयमा बाहिरबाट ६ वर्षे छोराको स्वर गुञ्जियो – “बाबा क्यान यु फिक्स दिस ?” झल्यास्स आँखा खोलेर हेर्दा ट्वाईलेटमा फ्लस हुन नपुगेको स्टाबेरी फ्लेवरवाला कण्डम कुच्चिएको अनुहार लगाएर बसिरहेको थियो । सायद रातभरको थकानले होला । ‘अगाडि उठेको दिन त कमसेकम यो फाल्नुपर्छ नि, छोराले देख्यो भने के भन्ला’ भन्ने सोच्दै सिरानीभित्र छोपेँ । यसरी मलाई ज्ञान भयो वेलुका देखेको स्वर्ग के हो भनी । त्यसपछि स्वर्ग पु¥याउने अर्को वेलुन कुन फ्लेवरको र कुन फार्मेसीबाट ल्याउने होला भन्ने सोच्दै छोराको कामतिर लागेँ ।