उठाएर बेलेँ, ‘हेलो !’
‘हाम्रो अफिसमा त एकजनालाई कोरोना देखियो नि,’ सुरुमै मुकुन्दले फोनमा भन्यो।
‘कन्ट्याक्ट ट्रेसिङमा परियो त अनि,’ मैले भने।
उसले भन्यो, ‘म चाहिँ फिक्स नै परेँ।’
‘अब टेस्ट गर्नुपर्छ,’ मैले यति भनेर फोन राखेँ।
कोठामा जाँदा ऊ सुतिरहेको थियो। टाउको दुखिरहेको र बमिटिङ पनि भएको सुनायो।
सोधेँ, ‘ज्वरो कत्तिको छ ?’
‘धेरै छैन अलेली छ,’ जवाफ आयो।
मैले कोरोना टेस्टबारे कुरा गरेँ। उसले अफिसमा भनिसकेको र भोली पनि ज्वरो आइरहे टेस्ट गर्ने बतायो।
‘अफिसले टेस्ट गरिदिने भनेको छ,’ उसले भित्तातर्फ फर्कँदै सुनायो।
तरकारी अफिसबाट फर्कँदा नै किनिसकेको थिएँ, खाना बनाएँ। खाएर सुत्यौँ।
भोलिपल्ट विहानै म अफिसको काममा लागेँ। उसले काम गर्न नसक्ने जानकारी अफिसमा दियो। शनिबार भएकाले अफिसको काममा खासै जाँगर चल्दैनन्। शनिबार भएकै कारणले होला कोरोना टेस्ट गरिदिने कुरा फेरि भोलीलाई सर्यो।
आज पनि ज्वरो शान्त भएको थिएन्। राति अबेरसम्म आईपीएल र अरु गेम धेरै दिनसम्म हेरेको र सुत्ने उठ्ने तालिका परिवर्तन भएकाले ज्वरो खाएको भन्ने उसको अनुमान थियो।
‘निद्रा विग्रियो भने मलाई पहिले पनि यस्तै हुन्थ्यो। त्यहि होला हौ यो पनि,’ उसले भन्यो।
मैले त्यसबारे केही प्रतिक्रया जनाइनँ। गफ त्यतिमै टुंगियो। विहान एकपटक उसलाई साह्रो पारेको थियो।
मलाई चाहिँ केही भएकै थेन। म बाहिर तरकारी र आवश्यक सामान किन्न निश्केँ। साथै ज्वरोको औषधि किनेर ल्याइदिएको थिएँ। त्यो खाएपछि ज्वरो भने घट्यो।
त्यसअघि निकै सारो पारेको रहेछ ऊ आज मजाले नै निदायो। शनिबार दिनभरि कोठामा बसियो। कतै गइएन। कोरोना हो कि भन्ने डर जो थियो।
भोलिपल्ट उसलाई ज्वरो र टाउकोदुख्ने कम भयो।
‘आज त निकै ठिक भयो नि!’ टाउको छामेपछि उसले विहानै भन्यो।
‘सञ्चो भयो, अब अफिस जाने त ?’ मैले सोधेँ।
‘अफिसमा सोध्नुपर्छ,’ उसले पनि ठट्टाको शैलीमा भन्यो।
‘के खाने तरकारी’ भन्ने प्रश्नमा ऊ निरुत्तर रह्यो र भन्यो, ‘हुन्छ, जे भएनी!’
साग ल्याएर पकाएँ। खाइयो। १० बज्नै लागेको थियो। कोठामा साथी विरामी भएको, उसको सफिसमा कोरोना देखिएको कारणले म पनि अफिस आउन जोखिम रहेको जानकारी मैले पनि अपिसमा दिएँ।
शुक्रबार बेलुका मुकुन्दले फोन गरेकोे र शनिबार काममा जानु नपरेकाले अफिसमा जानकारी दिएको थिइनँ। आज दिएँ।
उसले कोरोना टेस्टको लागि पहल गरिदिन अफिसमा फेरि फोन गर्यो। तर अफिसले वास्ता नगरेको जवाफ आयो।
साधारण भाइरल भएको खबर अफिसले दिएको उसले सुनायो।
भोलिपल्ट सोमबार पनि अफिसले कोरोना टेस्ट गरिदिएन। यता मेरो अफिसबाट कहिले कोरोना टेस्ट हुन्छ ? साथीको रिपोर्ट के आयो ? सिम्टम केछ ? भन्ने प्र्रश्न गरिरहेका थिए।
कोरोना टेस्ट नभएकाले रिपोर्टबारे अहिले केही भन्न नसक्ने जानकारी अफिसमा दिएँ।
दुई दिन कोरोना टेस्ट नगरि अफिस नजाँदा अफिसमा थप कुरा गर्न अप्ठ्यारो भइसकेको थियो। उसको अफिसले कारोना टेस्टका लागि पहल गरेन।
त्यसपछि उसले मंगलरबार विहानै कमलपोखरीको ल्याबमा गएर स्वाब दिएर आयो। मलाई भने विहानैदेखि आफिसबाट फोन आइरहेको थियो।
‘रिपोट आयो ?’
‘छैन’
‘भरे समनमा आउला।’
‘आएपछि खबर पाउँ है।’
दिनभरिको फोनसंवाद यस्तै थियो।
राति साढे सातमा रिपोर्ट पोजेटिभ आयो।
उसले पनि आफिसमा खबर गर्यो। मैले पनि गरेँ। उसलाई अफिसले आईसोलेसनको व्यवस्था गरिदियो। होटल यल्लो प्यागोडामा आईसोलेसन बस्न ऊ निस्किहाल्यो।
तनाबमा म रहेँ। राति एक्लै।
बा मलाई पनि लागेको पो छ कि ! अब के गर्ने ? कसो गर्ने ? थाहा थिएन। मैले पनि अफिसमा खबर गरेँ। र, भोलि टेस्ट गर्ने बताएँ। नआत्तिकन बस्न सबैले सुझाव दिनुभयो।
मैले भोलिपल्ट विहानै स्वाब दिएर फर्किएँ। घरैमा भएकै खाना पाकाएर खाएँ। दिनभरि त्यसै वित्यो। छटपटि भइरहेका थियो। कहिले सुत्ने कहिले उठ्ने भइरह्यो। मोवाइल, ल्याप्टप चालाइरहेँ बैचैन बढ्दै गयो।
कोठाको साथीलाई कोरोना भएको जनाकारी घरबेटीलाई दिइसकेको थिएँ। मैले पनि स्वाब दिएको बताएँ। उनले पनि सान्त्वना दिए।
घरबेटीले के भन्लान ! भन्ने लागिरहेको थियो। पोजेटिभ नै देखिए, केही भनेनन्।
कतिपय मानिसलाई कोरोना भएको कारण घरबेटीले अमानविय व्यवहार गरेको सुनेको थिएँ। तर भोग्नु परेन्।
घरबेटीको व्यवहार काठमाडौंमा कोठा भाडामा लिएर बस्नेको लागि ठूलो चुनौतिजस्तै हो।
राम्रा घरबेटी परे भने कोठामा बस्न सहज हुन्छ नभए सास्ती। घरबेटीले बीचमा एकपटक जानकारी लिए। आफ्नो रिपोर्ट आइनसकेको बताएँ। तर पोजेटिभ नै आउला जस्तो लागेको भने थियो।
कतिपय अवस्थामा परिवारकै एक जनालाई नलाग्ने अरुलाई लाग्ने गरेको सुन्दै आएकाले नलाग्ला कि ! भन्ने पनि मनमा थियो। तर दिउँसो दुई बज्न लाग्दादेखि टाउको दुख्न सुरु भयो। साँझ पर्न लाग्दा साधारण ज्वरो पनि आयो।
गफ गर्न कोठामा कोही थिएन। सामाजिक सञ्जालमा समय विताएँ। लक्ष्यण देखिन सुरु भएपछि भने सुतेँ।
३ र ४ बजे २ पटक रिपोर्ट चेक गरेको थिएँ। आएकै रहेनछ। ठूलो आशा गरेर बसेको थिएँ रिपोर्ट नेगेटिभै आउला भन्ने तर साढे ७ मा रिपोर्ट आयो – पोजेटिभ। सिटी भ्यालू १९।
भाग - १

No comments:
Post a Comment