Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Friday, October 30, 2020

दोस्रो दिन : चप्पल भयो जुत्ता

शुक्रबार, २०७७ असोज २३ गते


आइसोलेसनको दोस्रो दिन विहानै ब्युझिएँ। घडी हेर्दा साढे तीन मात्र भएको रहेछ त्यसैले दुई घण्टा थप सुतेँ। ज्वरो आउन र टाउको दुख्न निको भइसकेको थियो। 

ज्यु केही हलुका भएपछि विहानै काम गर्ने जाँगर चल्यो। ल्यापटप निकालेर थालिहालेँ।

केही बेर काम गरेपछि। बाहिरका समाचार हेर्न थालेँ। खेलकुदमा काम गर्ने भएकाले खेलाडी विशेष कुरामै ध्यान तानिने रहेछ। त्यतिकैमा विहानको चिया नास्ता आयो, टोस्ट र दुध चिया। नेपालीको फेवरेट।

तर चिया एकपटक मात्र पाइने रहेछ। यस कुराले केही दुखी भने बनाएको छ। बानी थियो ४/५ पटक खाने। अब कम्तिमा पनि १५ दिनका लागि बन्द।

विहानको रमाइलो कुरा भनेको बाहिर बजिरहेको भजन थियो। भजनको पारखी म, त्यसमाथी कृष्णको। विहानको समय राम्रो वित्यो। ८ बजे तिर छतमा निस्किएँ। साइडमा बुसेका सबैभन्दाल सिनियर दाईले यसरी बस्नु हुँदैन्, घाम ताप्नु पर्छ भनेपछि त नैतिकताको आधारमा पनि बाहिर जानै पर्यो।

एकफेर हिजो देखिएकै ठाउँ हेरेर फर्किहालेँ।



हिजो ज्योति जीले पनि डायरी लेख्नु भन्नुभएको थियो। मलाई पनि लागिरहेको थियो कि डायरी लेखौं। तर हिजो लेख्न सक्ने अवस्थामै थिइनँ र खेल्न सकिनँ। आज बसेँ।

११ शब्दमा पहिललो दिनको कथा अटाएँ।

कीर्तिपुरमा हावा मजाले चल्छ। चोभार र त्यसपारीको जंगल नजिकै भएकाले होला यहाँको हावा जति खाए पनि खाउँ खाउँ लाग्ने। त्यही लोभले पहिलो दिनको कथा लेखेर चेक नै नगरी छतमा निस्किएँ।

कथा लैख्दै गर्दा बिचमा खानको लागि ब्रेक लिइसकेको थिएँ। अघिल्लो दिन विरामले च्यापेका कारण आज पनि केही असहज भइरहेको थियो यसैकारण नुहाएर शान्त भएँ। घाम तापेर छतमा नै २ घण्टा विताइदिएँ।

खाजा अघिल्लो दिन भन्दा ढिला गरेर आयो। त्यसअघि घरबाटै बोकेर ल्याएको एउटा पार्लेजी बिस्कुट सकाएँ। पौने ४ मा समोसा तरकारी आयो त्यो पनि खाएँ। पेट ड्याम्म भयो।

‘जति खायो त्यति छिटो कोरोना निको हुने रहेछ,’ छेवैको साथीले भन्दै थिए।

अरुले सही नथप्ने कुरै भएन्। त्यहाँ जसले जे काम गर्यो यसले कोरोना निको हुन्छ होला भन्ने आआफ्नै खालका अनुमानहरु प्रस्तुत हुन्थे।

कसैले नियमित बाफ लिए चाँडै निको हुन्छ भेन्थे, कसैले नियमित घाममा सबेमा। शारीरिक अभ्यास र खानाको ब्याजेन्स मिलाएमा रोग छिटै निको हुने तर्क कसैको थियो भने कसैले योगा र मेडिटेसनले रोग निको पार्ने बताउँदै आएका थिए।

यस्तै विभेद खानेकुरामा पनि थियो। कसैको मतमा दालभातले छिटो निको पार्छ भन्ने थियो यो कसैको मतमा गुर्जो, बेसारपानी। त्यसअलावा मरिच, ल्वां, दालचिनीले इम्युनिटी बढाउँछ भनेर कतिले आइसोलेसनमा ल्याएका थिए।

मह, लसुन, अँदुवा लागायतका सामान बोकेर आउनेको पनि कमी थिएन्। आफूसँग भएका समानको बारेमै सबैको तर्क लियो हुन्थ्यो। हिजो आएदेखि आजसम्म मैले बुझेको कुरा यो पनि हो।

आज, खाजा खाएपछि सामाजिक भने सञ्जालमै समय वित्यो। साँझ आईपीएल हेर्न भने सकिएन। आइसोलेसनमा वाइफाइ थिएन्। एनटीसीको नेटले भिडियो चलाएन्। त्यसैले आजको डायरी लेख्न बसेँ।

नयाँ कुरा केही थिएन्। हिजोभन्दा नाचगान कम थियो। दोहोरी पनि कम। कोरोनाको लक्षण पनि धेरै कम भइसकेको थियो। बसाइ रमाइलै।

तर दोस्रा दिन मैले अनुभव गरेँ। तरकारी, दाल, अचार हेर्दा एकदमै स्वादिष्ट भए पनि स्वाद र गन्ध आइरहेको थिएन्। फुको खाना खाइरहे जस्तो पो भइरहेको थियो।

ए साँची। एउटा कुरा त भन्नै भुलेँछु। मेरो एकजान साथीसँग कुराकानी पनि भएको थियो। १२ मा पढ्ने। हेर्दै थाहा हुन्छ उनी पोर्चुगलका फ्यान हुन्। उनीसँग गेमको बारे कुरा गरेरै आज छतमा लामो समय विताएको थिए। तर उनको नाम अझै थाहा छैन्।

मैले दोस्रो दिनमा यो पनि महशुस गरेँ कि कोठाबाट चप्पल ल्याउन भुलेँछु। यहाँ धेरै आवश्यकता परिरहेको छ। जुत्ता लगाएर बाथरुम जान सम्भव छैन्। त्यसैले हिजोबाट मेरो जुत्ताले चप्पलको पनि काम गरिरहेको छ। र कच्यक्कुच्चुक भएको छ।

जे होस् दोस्रो दिन रमाइलै वित्यो। पौने ११ मा म सुतेँ।

सबैलाई गुडनाट।

भाग - ३

भिडियो : 


No comments:

Post a Comment