बिहीबार २०७७ असोज २२ गते
विहान ७ बजे ब्युझँदा कोरोना लागेको थाहा पाएर ब्युँझिएको पहिलो विहान थियो। ज्योती जीको फोन आएको रहेछ। कलब्याक गरेँ।
‘मैले ईडीसीडीमा फोन गरेको स्विच अफ छ। एक छिनमा गर्छु ल,’ उहाँले भन्नुभयो।
मैले केही मिनेटपछि फेरि फोन गरेँ। बिजी थियो। लगत्तै उताबाटै फोन आयो।
‘मैले तिम्रो फोन नम्बर र नाम दिएको छु। एक घण्टासम्ममा फोन आउला चिन्ता नगरी बस है,’ उहाँले भन्नुभयो। मैले ‘हस’ भनेँ।
ईडीसीडीबाट फोन आएपछि मैले सबै कुरा सुनाएँ। उनले पुरा नाम, रिपोर्ट आएको मिति, उमेर, जेन्डर म्यासेजमा लेखेर पठाउन भने। मैल त्यसै गरेँ। अस्पतालमा राख्ने ठाउँ नभएको र त्यहाँ क्रिटिकल अवस्थाका विरामीलाई राख्ने बताउँदै आइसोलेसन सेन्टरमा बस्नका लागि मेरो धारणा मागे।
मैले हुन्छ भनेपछि उनले कुनै एक आईसोलेसनको सेन्टरको व्यवस्था गर्ने बताए। र, केहीबेरमा एम्बुलेन्सको फोन आउने जानकारी दिए।
विहान केही खाएर जानुपर्यो भन्ने लागिरहेको थियो। सरुवा रोग लागेपछि बाहिर किन्न जाने कुरा पनि सम्भवै भएन्।
घरमै भएको आँटा र दालको सदुपयोग गरेँ। दुई वटा रोटी र एक कचौरा दाल तयार भयो। र, विहानको भोक मेटियो।
ईडीसीडीसीबाट फोन गर्ने व्यक्तिले मलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान र तालिम केन्द्र कीर्तिपुरको आइसोलेसमा राख्नका लागि भनेका रहेछन्। ९ बज्न १६ मिनेट बाँकी रहँदा एबुलेन्सको फोन आयो। मैले १५ मिनेटमा बाहिर निस्किन्छु भनेँ।
‘हुन्छ, हामी पनि ठ्याक्कै आईपुगि हाल्यौँ,’ एम्बुलेन्सबाट फोन गर्ने मनिसले भने।
१० मिनेट ढिलो गरेर आएको एम्बुलेन्समा चढेर म कीर्तिपुर पुगेँ। म्यासेजमा ईडीसीडीका कर्मचारीलाई पठाएको कुरा आईसोलेसन सेन्टरमा एकपटक भेरिफाइ गरियो र मलाई ३०३ नम्बर कोठामा जान भनियो।
साइडमा राखिएको बेडसिट, सिरानी कभर र साबुन लिएर दोस्रो तल्लामा गएँ। आजै भर्ना भएर यहाँ आएको जानकारी कोठामा अघिनै बसिरहेका मानिसलाई दिएँ।
त्यस कोठमा पाँच बेड रहेछन्, चार बेड भरिएका थिए। झ्यालको छेवैको बेड खाली थियो त्यहिँ बसेँ। नाम कसैको थाहा थिएन्।
त्यसैबीच एक जनाले सान्त्वना दिए, ‘ल स्वागत छ। यहाँ आनन्दसँग बस्नुहोस्। केही चिन्ता लिनु पर्दैन। कोरोना आफैं भाग्छ।’
पछि थाहा भयो। उनको नाम मुकेस रावल रहेछ। र, नी ३०१ नम्बर कोठाका रहेछन। अर्को एउटा बेड पनि खाली नै रहेछ। त्यो बेड केही कम्फर्ट ठाउँमा भए पनि म पुरानै बेडमा बसेँ।
ज्वरो घटेको थिएन्, टाउको दुख्ने पनि उस्तै थियो। साथमा पखाला लागिरहेकै थियो। यता घरबेटीले बिहान फोन नउठाएका कारण उनलाई जानकारी दिन पाएको थिइनँ। फोन गरेर आफूलाई कोरोना लागेको र सर्ने अवस्थामा रहेको बताएँ।
उनीले लक्ष्यण सोधे मैले भनेँ। समान्य कुरा भएपछि म चाहिँ सुतेँ।
११ बजे खाना खाने समय हुने रहेछ। म भेज भएको जानकारी फोनबाट गराइसकेको थिएँ।
आईसोलेसनमा सबै जानकारी फोनबाटै गर्नूपर्ने रहेछ। पहिलो र दोस्रो तल्लामा संक्रमित मानिस राखिएको रहेछ। ग्राउन्ड फ्लोरमा भने नर्स, कर्मचारी बस्ने, किचेन लागायत रहेछन्। हामीलाई ग्राउन्ड फ्लोरमा जना अनुमति नभएको खाना खाँदै गर्दा थाहा पाएँ। र, खाना खाएपछि नाचगान पनि हुनेरहेछ। त्यो सुनेपछि खुसी लाग्यो।
बाहिर क्यारेम खेलिरहेको भने आउँदै देखेको थिएँ। आईसोलेसनमा बोरिङ हुन नदिन र शारीरिक कसरतका लागि गीत बजाएर नाच्ने हुँदोरहेछ।
दिनभरि बोरिङ नहोस भनेर ल्यापटप र किताब साथमै ल्याएको थिएँ। पढ्न खोज्दा बाहिरको गीतले तानिहाल्यो।
एकजना विदेशी मान्छे ग्राउन्डमा नाचिरहेका थिए। उनी कोरोनामुक्त भएर आइसोलेसनबाट बाहिरिँदै रहेछन्। उनी आफूलाई मनपर्ने गित सालको पात टपरीमा एक्लै नाचिरहेका थिए। दोस्रोे र तेस्रो तल्लाबाट अरु मानिस थप्पडी बजाउँदै उनको नाच हेरिरहेका थिए।
छोटो भिडियो खिचेर मैले विरामी भएपछि चिन्ता व्यक्त गर्ने मासिसलाई पठाएँ। यसले सायद उनीहरुलाई केही खुसी दिलायो। मैले सबैलाई धेरै विसन्चो नभएको बताएको थिएँ।
तर टाउको दुख्ने र ज्वरो आउन घटेको चाहिँ थिएन्। फर्किएर केही पढ्न खोजेँ सकिनँ अनि सुतेँ। केही छिन रोकिएर फेरि गीत बज्ने सुरु भयो। बाहिर नाचेको र थप्पडी बनाएको सुनिँदै थियो। म भने सुतिरहेँ।
२ बजे खाजाको समय रहेछ। फ्राइ राइससँग अचार थियो। ११ बजे खाना खाएर सुतेको भोक लागेकै थिएन्। तर धेरै खानुपर्ने साथीहरुको सल्लाह थियो। मलाई रोगले च्यापेको उनीहरुले देखेका जो थिए। खाएर सिध्याएँ।
मेरो १९.४ थियो भने अरुको २५ भन्दा माथी रहेको जानकारी पाएँ। ३८ बराबरी वा माथी भयो भने रिपोर्ट नेगेटिभ आउँछ। लाग्यो – मेरो सफर लामै बाँकी रहेछ।
खाजा खाएपछि ज्वरो त झन् बढ्यो। फेरि एकछिन सुतेँ। तीन बजेपछि भने सुत्न पनि दिक्क लाग्यो। उठेर ल्याप्टप निकालेँ केही लेखेर अफिसमा पठाएँ।
केहि गर्ने हिम्मत थिएन्। १०÷१२ दिनयता सम्पर्गमा रहेका सबैलाई जानकारी दिइसकेको थिएँ। तर घरमा अत्तोपत्तो थिएन्। इलाममा झैपनि कोरोनाको संक्रमतिको संख्या धेरै कम थियो। तर डर धेरै।
विहान बुबालाई फोन गरेको थिएँ। उहाँ म्याङलुङ बजारबाट विराटनगरको यात्रामा हुनुहुँदो रहेछ।
‘टावर छैन केही बुझिएन। भरे गर्,’ केहीबेरको कठिन सम्वादपछि उहाँले विहान भन्नुभएको थियो। अहिले गरेँ।
विहान साढे सातमा म्याङलुङ हिँड्नु भएको बुवा पाँच बजे धरान मात्र पुग्दै हुनुहुन्थ्यो।
मैले जिस्किँदै भने, ‘म विहान काठमाडौंबाट गाडी चढेर बेलुका घरै(इलाम) पुग्छु तपाइँ त तेह्रथुमको सदरमुकामाट एक दिनमा विराटनगर नपुग्ने हुनुभयो।’
उहाँले हाँस्दै सहमति जनाउनु भयो। तर एक घण्टामा विराटनगर पुग्ने बताउनुभयो।
म फेरि सुतेँ, हरियो बेडसिट र सिरानीमाथी कालो ब्ल्यांकेट ओडेर। सुत्न, हिँड्न डुल्न, बोल्न केही गर्न मन लागेको थिएन्। केहीबेर समाजिक सञ्जालमा रल्लिएपछि साँझको हावा खान बाहिर निस्किए। घडीको घण्टा काँटाले ६ छोडिसकेको थियो भने मिनेट काँटा तीनमा थियो।
बाहिरबाट मानिसहरुको आवज आएकाले म आवाज पछ्याउँदै त्यतै तिर गएँ। छतमा त दोहोरी पो चलिरहेको रहेछ। दुवै साइडबाट एक अर्कालाई छेडखानी गर्दै आफ्नो बचाउ गर्नु दोहारीका धर्म हो। दोहोरी गायक त्यसैलाई फलो गरिहेका थिए।
सुन्नेहरु मरिमरि हाँस्दै थिए। प्रेम, यौवन, व्यंग्य र बचाउ दोहोरिका विशेषता थिए। दुखिरहेको टाउको बाँधेपछि केहीबेर अघिबाट २ दिनपछि हाँस्न सक्ने भएको थएको थिएँ। कोरोना लागेको थाहा पाएपछि पहिलोपटक हाँसेको त्यतिबेलै हो।
म छतमा हावा खाँदै उपत्यकाका डाँडा हेर्न थाले। चन्दागिरिको भालेश्वर महादेव नजिकै घाम अस्ताएपछि काठमाडौंमा अँध्यारो सुरु हुन थाल्छ। त्यही अँध्यारोमा नजिकै देखिने चोभार अनि टाडाटाढा देखिने शिवपुरी, फुलचोकीलगायतका ठाउँ हेर्दै बसिरहेको थिए।
मलाई कीर्तिपुरको सबैभन्दा मनपर्ने कुरा चाहिँ भिरालो जमिनमा बसेको नयाँबजार हो। यो बजार जति हेरे पनि चित्त बुझ्दैन। हेरिरहुँ लाग्नै दार्जिलिङ बजारजस्तै घरहरुका भर्याङजस्तै देखिन्छ। तर म थोरै थोरै गर्दै हेर्छु। धेरै हेरपछि दिक्क लाग्ला भन्ने डर मनमा छ।
यत्तिकैमा बुबाको फोन आयो।
‘हेलो, विराटनगर पुग्नुभयो त ?’ सवाल गरेँ।
जवाफ आयो, ‘पुगेर खाना खाइसकेँ।’
कोरोना संक्रमित भएको जनाकारी बुवालाई थिएन्। भने, ‘मैले हिजो कोरोना टेस्ट गराएको थिएँ !’
‘ए ! अनि रिपोर्ट नेगेटिभ नै आयो होला नि ?’
‘होइन, पोजेटिभ आएछ।’
‘ल्याऽऽऽऽ होर !?’ मलाई कोरानो भएको थाहा पाएपछि आश्चर्य र प्रश्न मिश्रित जवाफमा यति नै आयो।
मै होल को शैलीमा, विहानै आइसोलेसन सेन्टरमा आइसकेको र यहाँ राम्रो रहेको बताए। देखिएका लक्ष्यणहरु पनि सुनाए। चिन्ता नलिन आग्रह गरेँ। ८ मिनेट कुरा गरेपछि लाग्यो मैले उहाँलाई ढुक्क बनाएँ, अनि वार्तालाप टुंगियो।
भेट नभएको एक वर्ष हुनै लागेको थियो। बुवाले बारम्बार फोन गरेर सजग रहन भनिरहनु हुथ्यो। कोरोना लागेको खबर सुनएपछि भने उहाँले सान्त्वना दिनुभयो।
उसो त हिजो बेलुकैदेखि अफिसबाट सान्त्वनापूर्ण म्यासेज र कल आइरहेका थिए। जसले थप हौसला र सपोर्ट मिलेकै थियो। आइसोलेसन सेन्टरमा पनि एकजाना(सायद मनोविद्÷नर्स)ले फोन गरेर परिवार, पढाई, जागिर, आर्थिक अवस्था लागायत् विषयमा जानकारी लिएकी थिइन्।
उनले चिन्ता नलिन र आवश्यक सामाग्री त्यहीँ फोन गरेर माग्न भनेकी थिइन्। मैले अन्तिममा उनलाई धन्यवाद भनेँ। कोरानाबाट हानी नहुने कुरामा आफैं पनि ढुक्क थिएँ। अरुले हौषला बढाइदिँदा मन केही हल्का भएको थियो।
तर कहिलेसम्म ज्वरो आइरहन्छ र टाउको कहिलेसम्म दुख्छ भन्ने चिन्ता कायमै थियो। कोरोना लागेपछि मुकुन्दलाई ज्वरोले छटपटी बनाएको देखेको थिएँ। यसकारण कोठा छोडेर आइसोलेसनमा भर्ना हुनु परेको थियो।
छतमा हावा खाँदै गर्दा दिनभरिको घटना सम्झिसकेछु। वरिपरिका दृष्य अंध्यारोमो आलाप भएपछि म कोठामा झरेँ। ८ बजे खान खाने बेला भयो। खानापछि पनि एकफेर नाचगान हुने रहेछ। केहीबेर हेरेँ। फर्किएर सभा ९ बजे सुतेँ।
भाग - २

No comments:
Post a Comment