तेस्रो दिन : शनिबार २०७७ असोज २४ गते
आईसोलेसनको तेस्रो दिन विशेष केही भएन भन्दा पनि हुन्छ। ९ बजेसम्म त विहानको साधारण काम गर्दा वितिहाल्यो। त्यसविच ब्रेकफास्ट भयो। चना थियो आजको ब्रकफस्टमा। मैले थप एउटा विस्किुट र चिया पनि लिएँ।
९ बजे नाघेपछि भने किताब बोकेर पढ्न छततिर निश्किएँ। केही बेर पढेपछि हिजो कुराकानी भएका दुई जना साथी टुप्लुक्क आइपुगे। पोर्चुगलको जर्सी लगाए पनि उनको क्रिकेटमा खास रुची रहेछ। तर मेरो खास रुची क्रिकेट नभएर फुटबल हो।
उनकै रुची अनुसार गफ गर्याैं, आइपीएलको। आईपीएलमा उनी बैंगलोरको सपोर्ट गरिरहेका थिए। वाइफाइ नभएकाले म्याच हेर्न नपाएको गुनासो गर्दै थिए।
त्यही राति बैंगलोरको खेल पनि थियो। गफगाफका विषय यस्तै थिए। उनीसँगै आएका अर्को जना(शुसिल) चाहीँ दरबार स्कुलमा १२ मा पढ्दा रहेछन्। संस्कृत।
टाउकाको टपमा टुपी पनि राखेका थिए।
उनी चाहिँ संस्कृत पढ्नेलाई मान्छेहरुले पण्डित भनिदिन्छन् भनेर गुनासो गर्दै थिए। मैले पनि संस्कृतका माध्याबाट रिसर्चका काम खासै नभएको बताएँ। दुई मध्ये एकजना निकै जिज्ञासु थिए भने एक जना कम बोल्थे।
खाना आउने भएपछि सभा ११ मा हामी ओल्र्यौँ। मैले ग्राउन्ड फ्लोरबाट कोठाका चार जनालाई खाना लिएर उक्लिएँ।
बट्टामा प्याक गरिएको खाना र प्लास्टिक व्यागमा राखेर रबरले बाँधिएको तरकारी, दाल र अचार पोलिइथिन झोलामा हुन्छ। त्यही बोकेर कोठामा लाने अनि खोलेर खाने आइसोलेसन सेन्टरको नियम थियो।
खाना खाएपछि सामाजिक सञ्जाल कोट्याउन थालेँ। फेरि एकैछिनमा छतमा उक्लिहालेँ। बुक हातमै थियो। २ बजेसम्म छतमै। त्यही दृष्य, तिनै डाँडा, उस्तै माहोल। केही मानिसहरु यताउता गर्दै हुन्छन्। मैले यसबीच एकान्त खोजिरहेको हुन्छु।
छतको पश्चिमपट्टी धेरै मान्छे जनाने भएकाले मेरो रोजाईमा त्यही ठाउँ पर्छ।
२ बजेपछि खाजा खाउने बेला हुन्छ। ओर्लिएर ल्यापटप घोच्न थालेँ। भोक लागिरहेको थिथो। झोलामा नास्पाती रहेछ। काटेर बाँडे, आफूले पनि खाएँ।
मलाई नास्पाती दाँतले टोकेर बोक्रा ताछ्न र चाना नपारी खान मनपर्र्छ। तर त्यसको ठिक उल्टो गरि खाइयो। तीन बज्नै लागेको थियो, ज्याती जिको फोन आयो।
उहाँलाई मैले केही सामान ल्याइदिनुस भनेको थिएँ। ल्याइदिनु भएछ। फलफुल, मह, चप्पल र काइँयो थियो।
त्यसपछि आज तीन दिनमा कपाल कोरेँ। यसबीच कपाल कोर्न नपाएका लास्टै झ्याउ भएको थियो। कोरेपछि आनन्द आयो। अलिक फ्रेस महशुस पनि भयो।
केहि काम गरेर म फेरि छतमै चढेँ। यसपटक पनि बुक अघिकै जस्तो हातमै थियो। छतबाट चंगा उडिरहेका दृष्य देखिइरहेका थिए। ज्योति जीलाई चंगा पनि मगाउनु पर्ने रहेछ भन्ने लाग्यो।
विरामी भएका बेलाचा चंगा ?
हैट हुँदैन्।
मन फेरिहाल्यो।
म त्यही चंगाको नाच हेर्नथाले। आज कम्ति गित बजिरहेको थियो। खै किन हो मानिसहरु पनि कोठामा सुनसान जस्ता थिए। छतमा पनि ५,७ जना मात्र थिए। आज दोहोरी पनि थिएन्। चकमन्न थियो।
धेरै मानिस बाहिरिएका र नयाँ मानिस थपिएका थिए आज। त्यसैको प्रभाव होला। सोचेँ।
तल नर्सहरु पनि बिजी देखिन्थे। अनि म पढ्न बेसेँ। २ घण्टापछि कोठाबाट विक्रमजी छतमा पुग्नुभयो।
‘चटपटे बनाएको थियो। तपाइँलाई पर्खिरहेको छ। जानुस् नत्र फुलिएर भुक्क होला,’ उहाँले भन्नुभयो।
मैले हाँस्दै हुन्छ भने।
ओहो चटपटे ! लकडाउन भएपछि घरमा १/२ पटक बनाएर खाको त हो। अहिले त स्वादै विर्सिसक्यो होला। म झटपट झरेँ।
मलाई विक्रम जि, विक्रम थापा हो भन्ने थाहा थिएन्। नाम थाहा पाउँदा म मरिमरि हाँसेको थिएँ। तर उहाँको नाम सुनेर होइन्। उहाँले भनेको कसैको हर्कत सुनेर।
उहाँलाई कोरोना लागेपछि अफिसका एकजना स्टाफले उहाँलाई नै फेसबुकमा ट्ग गरेर अर्धकदको फोटो राखेछन्। अनि क्याप्सन लेखेछन् ‘विक्रम थापा – कोरोना संक्रमित’
उनको त्यो शैली प्रहरीले मस्ट वान्टेड अपराधि खोजेको जस्तो थियो रे ! विक्रम दाईले गरेको साथीको बयान सुनेर म निकै हाँसेको थिएँ। भरे भरे एक/दुई पटक त सम्झेर पनि हाँसे।
आज दिनभरि जसो गीत बजेन्। साँझमा गीत बजेपछि भने नाच्न पनि सुरु भयो। धेरैको ओठमा खुसी फर्कियो।
त्यसलगत्तै तल बाट खाना खानो बेला भया भन्ने खादेश आइरहेको थियो। नाच्न मन लागेकाहरु खाना खाएपछि नाच्न सकिन्न भनेर माथीबाट कराउँदै थिए। गीत रोकियो अनि खाना खायो।
खना खाएर अफिसको केही काम गरेर भ्याएँ। करिब आधा घण्टा जसो आईपीएल पनि हेरेँ। र, १० बजे सुतेँ।
कोठामा साथीहरु गफ गरिरहेका थिए। म उसैपनि कम बोल्थे। बहस गर्दिनँ थिएँ। साँच्चै भन्ने हो भने साथीहरुले ल्याप्टप–मोबाइल चलाएको, खाएको र पढेको बाहेक केही गरेको देखेकै थिएनन्।
मलाई कि सिधा उत्तर दिन मनपर्छ कि प्रश्न सोध्न। सरर बग्नेखालको गफ गर्ने कलामा म कमजोर छु। सुतेपछि साथीहरुको राजनीति, कोरोना र आइसोलेसनमा भएका गतिविधिका गफ सुन्दै थिएँ निदाएको पत्तै भएन्।
भाग - ४




