Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Saturday, October 31, 2020

अर्धकदको फोटोमा ‘कोरोना संक्रमित’ क्याप्सन लेखेर ट्याग गरेपछी

तेस्रो दिन : शनिबार २०७७ असोज २४ गते

आईसोलेसनको तेस्रो दिन विशेष केही भएन भन्दा पनि हुन्छ। ९ बजेसम्म त विहानको साधारण काम गर्दा वितिहाल्यो। त्यसविच ब्रेकफास्ट भयो। चना थियो आजको ब्रकफस्टमा। मैले थप एउटा विस्किुट र चिया पनि लिएँ।

९ बजे नाघेपछि भने किताब बोकेर पढ्न छततिर निश्किएँ। केही बेर पढेपछि हिजो कुराकानी भएका दुई जना साथी टुप्लुक्क आइपुगे। पोर्चुगलको जर्सी लगाए पनि उनको क्रिकेटमा खास रुची रहेछ। तर मेरो खास रुची क्रिकेट नभएर फुटबल हो।

उनकै रुची अनुसार गफ गर्याैं, आइपीएलको। आईपीएलमा उनी बैंगलोरको सपोर्ट गरिरहेका थिए। वाइफाइ नभएकाले म्याच हेर्न नपाएको गुनासो गर्दै थिए।

त्यही राति बैंगलोरको खेल पनि थियो। गफगाफका विषय यस्तै थिए। उनीसँगै आएका अर्को जना(शुसिल) चाहीँ दरबार स्कुलमा १२ मा पढ्दा रहेछन्। संस्कृत।

टाउकाको टपमा टुपी पनि राखेका थिए।

उनी चाहिँ संस्कृत पढ्नेलाई मान्छेहरुले पण्डित भनिदिन्छन् भनेर गुनासो गर्दै थिए। मैले पनि संस्कृतका माध्याबाट रिसर्चका काम खासै नभएको बताएँ। दुई मध्ये एकजना निकै जिज्ञासु थिए भने एक जना कम बोल्थे।

खाना आउने भएपछि सभा ११ मा हामी ओल्र्यौँ। मैले ग्राउन्ड फ्लोरबाट कोठाका चार जनालाई खाना लिएर उक्लिएँ।

बट्टामा प्याक गरिएको खाना र प्लास्टिक व्यागमा राखेर रबरले बाँधिएको तरकारी, दाल र अचार पोलिइथिन झोलामा हुन्छ। त्यही बोकेर कोठामा लाने अनि खोलेर खाने आइसोलेसन सेन्टरको नियम थियो।

खाना खाएपछि सामाजिक सञ्जाल कोट्याउन थालेँ। फेरि एकैछिनमा छतमा उक्लिहालेँ। बुक हातमै थियो। २ बजेसम्म छतमै। त्यही दृष्य, तिनै डाँडा, उस्तै माहोल। केही मानिसहरु यताउता गर्दै हुन्छन्। मैले यसबीच एकान्त खोजिरहेको हुन्छु।

छतको पश्चिमपट्टी धेरै मान्छे जनाने भएकाले मेरो रोजाईमा त्यही ठाउँ पर्छ।

२ बजेपछि खाजा खाउने बेला हुन्छ। ओर्लिएर ल्यापटप घोच्न थालेँ। भोक लागिरहेको थिथो। झोलामा नास्पाती रहेछ। काटेर बाँडे, आफूले पनि खाएँ।

मलाई नास्पाती दाँतले टोकेर बोक्रा ताछ्न र चाना नपारी खान मनपर्र्छ। तर त्यसको ठिक उल्टो गरि खाइयो। तीन बज्नै लागेको थियो, ज्याती जिको फोन आयो।

उहाँलाई मैले केही सामान ल्याइदिनुस भनेको थिएँ। ल्याइदिनु भएछ। फलफुल, मह, चप्पल र काइँयो थियो।

त्यसपछि आज तीन दिनमा कपाल कोरेँ। यसबीच कपाल कोर्न नपाएका लास्टै झ्याउ भएको थियो। कोरेपछि आनन्द आयो। अलिक फ्रेस महशुस पनि भयो।

केहि काम गरेर म फेरि छतमै चढेँ। यसपटक पनि बुक अघिकै जस्तो हातमै थियो। छतबाट चंगा उडिरहेका दृष्य देखिइरहेका थिए। ज्योति जीलाई चंगा पनि मगाउनु पर्ने रहेछ भन्ने लाग्यो।

विरामी भएका बेलाचा चंगा ?

हैट हुँदैन्।

मन फेरिहाल्यो।

म त्यही चंगाको नाच हेर्नथाले। आज कम्ति गित बजिरहेको थियो। खै किन हो मानिसहरु पनि कोठामा सुनसान जस्ता थिए। छतमा पनि ५,७ जना मात्र थिए। आज दोहोरी पनि थिएन्। चकमन्न थियो।

धेरै मानिस बाहिरिएका र नयाँ मानिस थपिएका थिए आज। त्यसैको प्रभाव होला। सोचेँ।

तल नर्सहरु पनि बिजी देखिन्थे। अनि म पढ्न बेसेँ। २ घण्टापछि कोठाबाट विक्रमजी छतमा पुग्नुभयो।

‘चटपटे बनाएको थियो। तपाइँलाई पर्खिरहेको छ। जानुस् नत्र फुलिएर भुक्क होला,’ उहाँले भन्नुभयो।

मैले हाँस्दै हुन्छ भने।

ओहो चटपटे ! लकडाउन भएपछि घरमा १/२ पटक बनाएर खाको त हो। अहिले त स्वादै विर्सिसक्यो होला। म झटपट झरेँ।

मलाई विक्रम जि, विक्रम थापा हो भन्ने थाहा थिएन्। नाम थाहा पाउँदा म मरिमरि हाँसेको थिएँ। तर उहाँको नाम सुनेर होइन्। उहाँले भनेको कसैको हर्कत सुनेर।

उहाँलाई कोरोना लागेपछि अफिसका एकजना स्टाफले उहाँलाई नै फेसबुकमा ट्ग गरेर अर्धकदको फोटो राखेछन्। अनि क्याप्सन लेखेछन् ‘विक्रम थापा – कोरोना संक्रमित’ 

उनको त्यो शैली प्रहरीले मस्ट वान्टेड अपराधि खोजेको जस्तो थियो रे ! विक्रम दाईले गरेको साथीको बयान सुनेर म निकै हाँसेको थिएँ। भरे भरे एक/दुई पटक त सम्झेर पनि हाँसे।

आज दिनभरि जसो गीत बजेन्। साँझमा गीत बजेपछि भने नाच्न पनि सुरु भयो। धेरैको ओठमा खुसी फर्कियो।

त्यसलगत्तै तल बाट खाना खानो बेला भया भन्ने खादेश आइरहेको थियो। नाच्न मन लागेकाहरु खाना खाएपछि नाच्न सकिन्न भनेर माथीबाट कराउँदै थिए। गीत रोकियो अनि खाना खायो।

खना खाएर अफिसको केही काम गरेर भ्याएँ। करिब आधा घण्टा जसो आईपीएल पनि हेरेँ। र, १० बजे सुतेँ।

कोठामा साथीहरु गफ गरिरहेका थिए। म उसैपनि कम बोल्थे। बहस गर्दिनँ थिएँ। साँच्चै भन्ने हो भने साथीहरुले ल्याप्टप–मोबाइल चलाएको, खाएको र पढेको बाहेक केही गरेको देखेकै थिएनन्।

मलाई कि सिधा उत्तर दिन मनपर्छ कि प्रश्न सोध्न। सरर बग्नेखालको गफ गर्ने कलामा म कमजोर छु। सुतेपछि साथीहरुको राजनीति, कोरोना र आइसोलेसनमा भएका गतिविधिका गफ सुन्दै थिएँ निदाएको पत्तै भएन्।

भाग - ४

Friday, October 30, 2020

दोस्रो दिन : चप्पल भयो जुत्ता

शुक्रबार, २०७७ असोज २३ गते


आइसोलेसनको दोस्रो दिन विहानै ब्युझिएँ। घडी हेर्दा साढे तीन मात्र भएको रहेछ त्यसैले दुई घण्टा थप सुतेँ। ज्वरो आउन र टाउको दुख्न निको भइसकेको थियो। 

ज्यु केही हलुका भएपछि विहानै काम गर्ने जाँगर चल्यो। ल्यापटप निकालेर थालिहालेँ।

केही बेर काम गरेपछि। बाहिरका समाचार हेर्न थालेँ। खेलकुदमा काम गर्ने भएकाले खेलाडी विशेष कुरामै ध्यान तानिने रहेछ। त्यतिकैमा विहानको चिया नास्ता आयो, टोस्ट र दुध चिया। नेपालीको फेवरेट।

तर चिया एकपटक मात्र पाइने रहेछ। यस कुराले केही दुखी भने बनाएको छ। बानी थियो ४/५ पटक खाने। अब कम्तिमा पनि १५ दिनका लागि बन्द।

विहानको रमाइलो कुरा भनेको बाहिर बजिरहेको भजन थियो। भजनको पारखी म, त्यसमाथी कृष्णको। विहानको समय राम्रो वित्यो। ८ बजे तिर छतमा निस्किएँ। साइडमा बुसेका सबैभन्दाल सिनियर दाईले यसरी बस्नु हुँदैन्, घाम ताप्नु पर्छ भनेपछि त नैतिकताको आधारमा पनि बाहिर जानै पर्यो।

एकफेर हिजो देखिएकै ठाउँ हेरेर फर्किहालेँ।



हिजो ज्योति जीले पनि डायरी लेख्नु भन्नुभएको थियो। मलाई पनि लागिरहेको थियो कि डायरी लेखौं। तर हिजो लेख्न सक्ने अवस्थामै थिइनँ र खेल्न सकिनँ। आज बसेँ।

११ शब्दमा पहिललो दिनको कथा अटाएँ।

कीर्तिपुरमा हावा मजाले चल्छ। चोभार र त्यसपारीको जंगल नजिकै भएकाले होला यहाँको हावा जति खाए पनि खाउँ खाउँ लाग्ने। त्यही लोभले पहिलो दिनको कथा लेखेर चेक नै नगरी छतमा निस्किएँ।

कथा लैख्दै गर्दा बिचमा खानको लागि ब्रेक लिइसकेको थिएँ। अघिल्लो दिन विरामले च्यापेका कारण आज पनि केही असहज भइरहेको थियो यसैकारण नुहाएर शान्त भएँ। घाम तापेर छतमा नै २ घण्टा विताइदिएँ।

खाजा अघिल्लो दिन भन्दा ढिला गरेर आयो। त्यसअघि घरबाटै बोकेर ल्याएको एउटा पार्लेजी बिस्कुट सकाएँ। पौने ४ मा समोसा तरकारी आयो त्यो पनि खाएँ। पेट ड्याम्म भयो।

‘जति खायो त्यति छिटो कोरोना निको हुने रहेछ,’ छेवैको साथीले भन्दै थिए।

अरुले सही नथप्ने कुरै भएन्। त्यहाँ जसले जे काम गर्यो यसले कोरोना निको हुन्छ होला भन्ने आआफ्नै खालका अनुमानहरु प्रस्तुत हुन्थे।

कसैले नियमित बाफ लिए चाँडै निको हुन्छ भेन्थे, कसैले नियमित घाममा सबेमा। शारीरिक अभ्यास र खानाको ब्याजेन्स मिलाएमा रोग छिटै निको हुने तर्क कसैको थियो भने कसैले योगा र मेडिटेसनले रोग निको पार्ने बताउँदै आएका थिए।

यस्तै विभेद खानेकुरामा पनि थियो। कसैको मतमा दालभातले छिटो निको पार्छ भन्ने थियो यो कसैको मतमा गुर्जो, बेसारपानी। त्यसअलावा मरिच, ल्वां, दालचिनीले इम्युनिटी बढाउँछ भनेर कतिले आइसोलेसनमा ल्याएका थिए।

मह, लसुन, अँदुवा लागायतका सामान बोकेर आउनेको पनि कमी थिएन्। आफूसँग भएका समानको बारेमै सबैको तर्क लियो हुन्थ्यो। हिजो आएदेखि आजसम्म मैले बुझेको कुरा यो पनि हो।

आज, खाजा खाएपछि सामाजिक भने सञ्जालमै समय वित्यो। साँझ आईपीएल हेर्न भने सकिएन। आइसोलेसनमा वाइफाइ थिएन्। एनटीसीको नेटले भिडियो चलाएन्। त्यसैले आजको डायरी लेख्न बसेँ।

नयाँ कुरा केही थिएन्। हिजोभन्दा नाचगान कम थियो। दोहोरी पनि कम। कोरोनाको लक्षण पनि धेरै कम भइसकेको थियो। बसाइ रमाइलै।

तर दोस्रा दिन मैले अनुभव गरेँ। तरकारी, दाल, अचार हेर्दा एकदमै स्वादिष्ट भए पनि स्वाद र गन्ध आइरहेको थिएन्। फुको खाना खाइरहे जस्तो पो भइरहेको थियो।

ए साँची। एउटा कुरा त भन्नै भुलेँछु। मेरो एकजान साथीसँग कुराकानी पनि भएको थियो। १२ मा पढ्ने। हेर्दै थाहा हुन्छ उनी पोर्चुगलका फ्यान हुन्। उनीसँग गेमको बारे कुरा गरेरै आज छतमा लामो समय विताएको थिए। तर उनको नाम अझै थाहा छैन्।

मैले दोस्रो दिनमा यो पनि महशुस गरेँ कि कोठाबाट चप्पल ल्याउन भुलेँछु। यहाँ धेरै आवश्यकता परिरहेको छ। जुत्ता लगाएर बाथरुम जान सम्भव छैन्। त्यसैले हिजोबाट मेरो जुत्ताले चप्पलको पनि काम गरिरहेको छ। र कच्यक्कुच्चुक भएको छ।

जे होस् दोस्रो दिन रमाइलै वित्यो। पौने ११ मा म सुतेँ।

सबैलाई गुडनाट।

भाग - ३

भिडियो : 


Wednesday, October 28, 2020

आइसोलेसनकाे यात्रा

बिहीबार २०७७ असोज २२ गते

विहान ७ बजे ब्युझँदा कोरोना लागेको थाहा पाएर ब्युँझिएको पहिलो विहान थियो। ज्योती जीको फोन आएको रहेछ। कलब्याक गरेँ।

‘मैले ईडीसीडीमा फोन गरेको स्विच अफ छ। एक छिनमा गर्छु ल,’ उहाँले भन्नुभयो।

मैले केही मिनेटपछि फेरि फोन गरेँ। बिजी थियो। लगत्तै उताबाटै फोन आयो।

‘मैले तिम्रो फोन नम्बर र नाम दिएको छु। एक घण्टासम्ममा फोन आउला चिन्ता नगरी बस है,’ उहाँले भन्नुभयो। मैले ‘हस’ भनेँ।

ईडीसीडीबाट फोन आएपछि मैले सबै कुरा सुनाएँ। उनले पुरा नाम, रिपोर्ट आएको मिति, उमेर, जेन्डर म्यासेजमा लेखेर पठाउन भने। मैल त्यसै गरेँ। अस्पतालमा राख्ने ठाउँ नभएको र त्यहाँ क्रिटिकल अवस्थाका विरामीलाई राख्ने बताउँदै आइसोलेसन सेन्टरमा बस्नका लागि मेरो धारणा मागे।

मैले हुन्छ भनेपछि उनले कुनै एक आईसोलेसनको सेन्टरको व्यवस्था गर्ने बताए। र, केहीबेरमा एम्बुलेन्सको फोन आउने जानकारी दिए।

विहान केही खाएर जानुपर्यो भन्ने लागिरहेको थियो। सरुवा रोग लागेपछि बाहिर किन्न जाने कुरा पनि सम्भवै भएन्।

घरमै भएको आँटा र दालको सदुपयोग गरेँ। दुई वटा रोटी र एक कचौरा दाल तयार भयो। र, विहानको भोक मेटियो।

ईडीसीडीसीबाट फोन गर्ने व्यक्तिले मलाई राष्ट्रिय आयुर्वेद अनुसन्धान र तालिम केन्द्र कीर्तिपुरको  आइसोलेसमा राख्नका लागि भनेका रहेछन्। ९ बज्न १६ मिनेट बाँकी रहँदा एबुलेन्सको फोन आयो। मैले १५ मिनेटमा बाहिर निस्किन्छु भनेँ।

‘हुन्छ, हामी पनि ठ्याक्कै आईपुगि हाल्यौँ,’ एम्बुलेन्सबाट फोन गर्ने मनिसले भने।

१० मिनेट ढिलो गरेर आएको एम्बुलेन्समा चढेर म कीर्तिपुर पुगेँ। म्यासेजमा ईडीसीडीका कर्मचारीलाई पठाएको कुरा आईसोलेसन सेन्टरमा एकपटक भेरिफाइ गरियो र मलाई ३०३ नम्बर कोठामा जान भनियो।

साइडमा राखिएको बेडसिट, सिरानी कभर र साबुन लिएर दोस्रो तल्लामा गएँ। आजै भर्ना भएर यहाँ आएको जानकारी कोठामा अघिनै बसिरहेका मानिसलाई दिएँ।

त्यस कोठमा पाँच बेड रहेछन्, चार बेड भरिएका थिए। झ्यालको छेवैको बेड खाली थियो त्यहिँ बसेँ। नाम कसैको थाहा थिएन्।

त्यसैबीच एक जनाले सान्त्वना दिए, ‘ल स्वागत छ। यहाँ आनन्दसँग बस्नुहोस्। केही चिन्ता लिनु पर्दैन। कोरोना आफैं भाग्छ।’

पछि थाहा भयो। उनको नाम मुकेस रावल रहेछ। र, नी ३०१ नम्बर कोठाका रहेछन। अर्को एउटा बेड पनि खाली नै रहेछ। त्यो बेड केही कम्फर्ट ठाउँमा भए पनि म पुरानै बेडमा बसेँ।

ज्वरो घटेको थिएन्, टाउको दुख्ने पनि उस्तै थियो। साथमा पखाला लागिरहेकै थियो। यता घरबेटीले बिहान फोन नउठाएका कारण उनलाई जानकारी दिन पाएको थिइनँ। फोन गरेर आफूलाई कोरोना लागेको र सर्ने अवस्थामा रहेको बताएँ।

उनीले लक्ष्यण सोधे मैले भनेँ। समान्य कुरा भएपछि म चाहिँ सुतेँ।

११ बजे खाना खाने समय हुने रहेछ। म भेज भएको जानकारी फोनबाट गराइसकेको थिएँ।

आईसोलेसनमा सबै जानकारी फोनबाटै गर्नूपर्ने रहेछ। पहिलो र दोस्रो तल्लामा संक्रमित मानिस राखिएको रहेछ। ग्राउन्ड फ्लोरमा भने नर्स, कर्मचारी बस्ने, किचेन लागायत रहेछन्। हामीलाई ग्राउन्ड फ्लोरमा जना अनुमति नभएको खाना खाँदै गर्दा थाहा पाएँ। र, खाना खाएपछि नाचगान पनि हुनेरहेछ। त्यो सुनेपछि खुसी लाग्यो।

बाहिर क्यारेम खेलिरहेको भने आउँदै देखेको थिएँ। आईसोलेसनमा बोरिङ हुन नदिन र शारीरिक कसरतका लागि गीत बजाएर नाच्ने हुँदोरहेछ।

दिनभरि बोरिङ नहोस भनेर ल्यापटप र किताब साथमै ल्याएको थिएँ। पढ्न खोज्दा बाहिरको गीतले तानिहाल्यो।

एकजना विदेशी मान्छे ग्राउन्डमा नाचिरहेका थिए। उनी कोरोनामुक्त भएर आइसोलेसनबाट बाहिरिँदै रहेछन्। उनी आफूलाई मनपर्ने गित सालको पात टपरीमा एक्लै नाचिरहेका थिए। दोस्रोे र तेस्रो तल्लाबाट अरु मानिस थप्पडी बजाउँदै उनको नाच हेरिरहेका थिए।

छोटो भिडियो खिचेर मैले विरामी भएपछि चिन्ता व्यक्त गर्ने मासिसलाई पठाएँ। यसले सायद उनीहरुलाई केही खुसी दिलायो। मैले सबैलाई धेरै विसन्चो नभएको बताएको थिएँ।

तर टाउको दुख्ने र ज्वरो आउन घटेको चाहिँ थिएन्। फर्किएर केही पढ्न खोजेँ सकिनँ अनि सुतेँ। केही छिन रोकिएर फेरि गीत बज्ने सुरु भयो। बाहिर नाचेको र थप्पडी बनाएको सुनिँदै थियो। म भने सुतिरहेँ।

२ बजे खाजाको समय रहेछ। फ्राइ राइससँग अचार थियो। ११ बजे खाना खाएर सुतेको भोक लागेकै थिएन्। तर धेरै खानुपर्ने साथीहरुको सल्लाह थियो। मलाई रोगले च्यापेको उनीहरुले देखेका जो थिए। खाएर सिध्याएँ।

 मेरो १९.४ थियो भने अरुको २५ भन्दा माथी रहेको जानकारी पाएँ। ३८ बराबरी वा माथी भयो भने रिपोर्ट नेगेटिभ आउँछ। लाग्यो – मेरो सफर लामै बाँकी रहेछ।

खाजा खाएपछि ज्वरो त झन् बढ्यो। फेरि एकछिन सुतेँ। तीन बजेपछि भने सुत्न पनि दिक्क लाग्यो। उठेर ल्याप्टप निकालेँ केही लेखेर अफिसमा पठाएँ।

केहि गर्ने हिम्मत थिएन्। १०÷१२ दिनयता सम्पर्गमा रहेका सबैलाई जानकारी दिइसकेको थिएँ। तर घरमा अत्तोपत्तो थिएन्। इलाममा झैपनि कोरोनाको संक्रमतिको संख्या धेरै कम थियो। तर डर धेरै।

विहान बुबालाई फोन गरेको थिएँ। उहाँ म्याङलुङ बजारबाट विराटनगरको यात्रामा हुनुहुँदो रहेछ।

‘टावर छैन केही बुझिएन। भरे गर्,’ केहीबेरको कठिन सम्वादपछि उहाँले विहान भन्नुभएको थियो। अहिले गरेँ।

विहान साढे सातमा म्याङलुङ हिँड्नु भएको बुवा पाँच बजे धरान मात्र पुग्दै हुनुहुन्थ्यो।

मैले जिस्किँदै भने, ‘म विहान काठमाडौंबाट गाडी चढेर बेलुका घरै(इलाम) पुग्छु तपाइँ त तेह्रथुमको सदरमुकामाट एक दिनमा विराटनगर नपुग्ने हुनुभयो।’

उहाँले हाँस्दै सहमति जनाउनु भयो। तर एक घण्टामा विराटनगर पुग्ने बताउनुभयो।

म फेरि सुतेँ, हरियो बेडसिट र सिरानीमाथी कालो ब्ल्यांकेट ओडेर। सुत्न, हिँड्न डुल्न, बोल्न केही गर्न मन लागेको थिएन्। केहीबेर समाजिक सञ्जालमा रल्लिएपछि साँझको हावा खान बाहिर निस्किए। घडीको घण्टा काँटाले ६ छोडिसकेको थियो भने मिनेट काँटा तीनमा थियो।

बाहिरबाट मानिसहरुको आवज आएकाले म आवाज पछ्याउँदै त्यतै तिर गएँ। छतमा त दोहोरी पो चलिरहेको रहेछ। दुवै साइडबाट एक अर्कालाई छेडखानी गर्दै आफ्नो बचाउ गर्नु दोहारीका धर्म हो। दोहोरी गायक त्यसैलाई फलो गरिहेका थिए।

सुन्नेहरु मरिमरि हाँस्दै थिए। प्रेम, यौवन, व्यंग्य र बचाउ दोहोरिका विशेषता थिए। दुखिरहेको टाउको बाँधेपछि केहीबेर अघिबाट २ दिनपछि हाँस्न सक्ने भएको थएको थिएँ। कोरोना लागेको थाहा पाएपछि पहिलोपटक हाँसेको त्यतिबेलै हो।

म छतमा हावा खाँदै उपत्यकाका डाँडा हेर्न थाले। चन्दागिरिको भालेश्वर महादेव नजिकै घाम अस्ताएपछि काठमाडौंमा अँध्यारो सुरु हुन थाल्छ। त्यही अँध्यारोमा नजिकै देखिने चोभार अनि टाडाटाढा देखिने शिवपुरी, फुलचोकीलगायतका ठाउँ हेर्दै बसिरहेको थिए।

मलाई कीर्तिपुरको सबैभन्दा मनपर्ने कुरा चाहिँ भिरालो जमिनमा बसेको नयाँबजार हो। यो बजार जति हेरे पनि चित्त बुझ्दैन। हेरिरहुँ लाग्नै दार्जिलिङ बजारजस्तै घरहरुका भर्याङजस्तै देखिन्छ। तर म थोरै थोरै गर्दै हेर्छु। धेरै हेरपछि दिक्क लाग्ला भन्ने डर मनमा छ।

यत्तिकैमा बुबाको फोन आयो।

‘हेलो, विराटनगर पुग्नुभयो त ?’ सवाल गरेँ।

जवाफ आयो, ‘पुगेर खाना खाइसकेँ।’

कोरोना संक्रमित भएको जनाकारी बुवालाई थिएन्। भने, ‘मैले हिजो कोरोना टेस्ट गराएको थिएँ !’

‘ए ! अनि रिपोर्ट नेगेटिभ नै आयो होला नि ?’

‘होइन, पोजेटिभ आएछ।’

‘ल्याऽऽऽऽ होर !?’ मलाई कोरानो भएको थाहा पाएपछि आश्चर्य र प्रश्न मिश्रित जवाफमा यति नै आयो।

मै होल को शैलीमा, विहानै आइसोलेसन सेन्टरमा आइसकेको र यहाँ राम्रो रहेको बताए। देखिएका लक्ष्यणहरु पनि सुनाए। चिन्ता नलिन आग्रह गरेँ। ८ मिनेट कुरा गरेपछि लाग्यो मैले उहाँलाई ढुक्क बनाएँ, अनि वार्तालाप टुंगियो।

भेट नभएको एक वर्ष हुनै लागेको थियो। बुवाले बारम्बार फोन गरेर सजग रहन भनिरहनु हुथ्यो। कोरोना लागेको खबर सुनएपछि भने उहाँले सान्त्वना दिनुभयो।

उसो त हिजो बेलुकैदेखि अफिसबाट सान्त्वनापूर्ण म्यासेज र कल आइरहेका थिए। जसले थप हौसला र सपोर्ट मिलेकै थियो। आइसोलेसन सेन्टरमा पनि एकजाना(सायद मनोविद्÷नर्स)ले फोन गरेर परिवार, पढाई, जागिर, आर्थिक अवस्था लागायत् विषयमा जानकारी लिएकी थिइन्।

उनले चिन्ता नलिन र आवश्यक सामाग्री त्यहीँ फोन गरेर माग्न भनेकी थिइन्। मैले अन्तिममा उनलाई धन्यवाद भनेँ। कोरानाबाट हानी नहुने कुरामा आफैं पनि ढुक्क थिएँ। अरुले हौषला बढाइदिँदा मन केही हल्का भएको थियो।

तर कहिलेसम्म ज्वरो आइरहन्छ र टाउको कहिलेसम्म दुख्छ भन्ने चिन्ता कायमै थियो। कोरोना लागेपछि मुकुन्दलाई ज्वरोले छटपटी बनाएको देखेको थिएँ। यसकारण कोठा छोडेर आइसोलेसनमा भर्ना हुनु परेको थियो।

छतमा हावा खाँदै गर्दा दिनभरिको घटना सम्झिसकेछु। वरिपरिका दृष्य अंध्यारोमो आलाप भएपछि म कोठामा झरेँ। ८ बजे खान खाने बेला भयो। खानापछि पनि एकफेर नाचगान हुने रहेछ। केहीबेर हेरेँ। फर्किएर सभा ९ बजे सुतेँ।

भाग - २

Tuesday, October 27, 2020

...अनि कोरोना पोजेटिभ आयो

असोज, १६ गते शुक्रबार साँझ छ बजे वानेश्वरस्थित अफिसबाट निस्किने तरखरमा थिएँ, फोन आयो।

उठाएर बेलेँ, ‘हेलो !’

‘हाम्रो अफिसमा त एकजनालाई कोरोना देखियो नि,’ सुरुमै मुकुन्दले फोनमा भन्यो।

‘कन्ट्याक्ट ट्रेसिङमा परियो त अनि,’ मैले भने।

उसले भन्यो, ‘म चाहिँ फिक्स नै परेँ।’

‘अब टेस्ट गर्नुपर्छ,’ मैले यति भनेर फोन राखेँ।

कोठामा जाँदा ऊ सुतिरहेको थियो। टाउको दुखिरहेको र बमिटिङ पनि भएको सुनायो।

सोधेँ, ‘ज्वरो कत्तिको छ ?’

‘धेरै छैन अलेली छ,’ जवाफ आयो।

मैले कोरोना टेस्टबारे कुरा गरेँ। उसले अफिसमा भनिसकेको र भोली पनि ज्वरो आइरहे टेस्ट गर्ने बतायो।

‘अफिसले टेस्ट गरिदिने भनेको छ,’ उसले भित्तातर्फ फर्कँदै सुनायो।

तरकारी अफिसबाट फर्कँदा नै किनिसकेको थिएँ, खाना बनाएँ। खाएर सुत्यौँ।

भोलिपल्ट विहानै म अफिसको काममा लागेँ। उसले काम गर्न नसक्ने जानकारी अफिसमा दियो। शनिबार भएकाले अफिसको काममा खासै जाँगर चल्दैनन्। शनिबार भएकै कारणले होला कोरोना टेस्ट गरिदिने कुरा फेरि भोलीलाई सर्यो।

आज पनि ज्वरो शान्त भएको थिएन्। राति अबेरसम्म आईपीएल र अरु गेम धेरै दिनसम्म हेरेको र सुत्ने उठ्ने तालिका परिवर्तन भएकाले ज्वरो खाएको भन्ने उसको अनुमान थियो।

‘निद्रा विग्रियो भने मलाई पहिले पनि यस्तै हुन्थ्यो। त्यहि होला हौ यो पनि,’ उसले भन्यो।

मैले त्यसबारे केही प्रतिक्रया जनाइनँ। गफ त्यतिमै टुंगियो। विहान एकपटक उसलाई साह्रो पारेको थियो।

मलाई चाहिँ केही भएकै थेन। म बाहिर तरकारी र आवश्यक सामान किन्न निश्केँ। साथै ज्वरोको औषधि किनेर ल्याइदिएको थिएँ। त्यो खाएपछि ज्वरो भने घट्यो।

त्यसअघि निकै सारो पारेको रहेछ ऊ आज मजाले नै निदायो। शनिबार दिनभरि कोठामा बसियो। कतै गइएन। कोरोना हो कि भन्ने डर जो थियो।

भोलिपल्ट उसलाई ज्वरो र टाउकोदुख्ने कम भयो।

‘आज त निकै ठिक भयो नि!’ टाउको छामेपछि उसले विहानै भन्यो।

‘सञ्चो भयो, अब अफिस जाने त ?’ मैले सोधेँ।

‘अफिसमा सोध्नुपर्छ,’ उसले पनि ठट्टाको शैलीमा भन्यो।

‘के खाने तरकारी’ भन्ने प्रश्नमा ऊ निरुत्तर रह्यो र भन्यो, ‘हुन्छ, जे भएनी!’

साग ल्याएर पकाएँ। खाइयो। १० बज्नै लागेको थियो। कोठामा साथी विरामी भएको, उसको सफिसमा कोरोना देखिएको कारणले म पनि अफिस आउन जोखिम रहेको जानकारी मैले पनि अपिसमा दिएँ।

शुक्रबार बेलुका मुकुन्दले फोन गरेकोे र शनिबार काममा जानु नपरेकाले अफिसमा जानकारी दिएको थिइनँ। आज दिएँ।

उसले कोरोना टेस्टको लागि पहल गरिदिन अफिसमा फेरि फोन गर्यो। तर अफिसले वास्ता नगरेको जवाफ आयो।

साधारण भाइरल भएको खबर अफिसले दिएको उसले सुनायो।

भोलिपल्ट सोमबार पनि अफिसले कोरोना टेस्ट गरिदिएन। यता मेरो अफिसबाट कहिले कोरोना टेस्ट हुन्छ ? साथीको रिपोर्ट के आयो ? सिम्टम केछ ? भन्ने प्र्रश्न गरिरहेका थिए।

कोरोना टेस्ट नभएकाले रिपोर्टबारे अहिले केही भन्न नसक्ने जानकारी अफिसमा दिएँ।

दुई दिन कोरोना टेस्ट नगरि अफिस नजाँदा अफिसमा थप कुरा गर्न अप्ठ्यारो भइसकेको थियो। उसको अफिसले कारोना टेस्टका लागि पहल गरेन।

त्यसपछि उसले मंगलरबार विहानै कमलपोखरीको ल्याबमा गएर स्वाब दिएर आयो। मलाई भने विहानैदेखि आफिसबाट फोन आइरहेको थियो।

‘रिपोट आयो ?’

‘छैन’

‘भरे समनमा आउला।’

‘आएपछि खबर पाउँ है।’

दिनभरिको फोनसंवाद यस्तै थियो।

राति साढे सातमा रिपोर्ट पोजेटिभ आयो।

उसले पनि आफिसमा खबर गर्यो। मैले पनि गरेँ। उसलाई अफिसले आईसोलेसनको व्यवस्था गरिदियो। होटल यल्लो प्यागोडामा आईसोलेसन बस्न ऊ निस्किहाल्यो।

तनाबमा म रहेँ। राति एक्लै।

बा मलाई पनि लागेको पो छ कि ! अब के गर्ने ? कसो गर्ने ? थाहा थिएन। मैले पनि अफिसमा खबर गरेँ। र, भोलि टेस्ट गर्ने बताएँ। नआत्तिकन बस्न सबैले सुझाव दिनुभयो।

मैले भोलिपल्ट विहानै स्वाब दिएर फर्किएँ। घरैमा भएकै खाना पाकाएर खाएँ। दिनभरि त्यसै वित्यो। छटपटि भइरहेका थियो। कहिले सुत्ने कहिले उठ्ने भइरह्यो। मोवाइल, ल्याप्टप चालाइरहेँ बैचैन बढ्दै गयो।

कोठाको साथीलाई कोरोना भएको जनाकारी घरबेटीलाई दिइसकेको थिएँ। मैले पनि स्वाब दिएको बताएँ। उनले पनि सान्त्वना दिए।

घरबेटीले के भन्लान ! भन्ने लागिरहेको थियो। पोजेटिभ नै देखिए, केही भनेनन्।

कतिपय मानिसलाई कोरोना भएको कारण घरबेटीले अमानविय व्यवहार गरेको सुनेको थिएँ। तर भोग्नु परेन्।

घरबेटीको व्यवहार काठमाडौंमा कोठा भाडामा लिएर बस्नेको लागि ठूलो चुनौतिजस्तै हो।

राम्रा घरबेटी परे भने कोठामा बस्न सहज हुन्छ  नभए सास्ती। घरबेटीले बीचमा एकपटक जानकारी लिए। आफ्नो रिपोर्ट आइनसकेको बताएँ। तर पोजेटिभ नै आउला जस्तो लागेको भने थियो।

कतिपय अवस्थामा परिवारकै एक जनालाई नलाग्ने अरुलाई लाग्ने गरेको सुन्दै आएकाले नलाग्ला कि ! भन्ने पनि मनमा थियो। तर दिउँसो दुई बज्न लाग्दादेखि टाउको दुख्न सुरु भयो। साँझ पर्न लाग्दा साधारण ज्वरो पनि आयो।

गफ गर्न कोठामा कोही थिएन। सामाजिक सञ्जालमा समय विताएँ। लक्ष्यण देखिन सुरु भएपछि भने सुतेँ।

३ र ४ बजे २ पटक रिपोर्ट चेक गरेको थिएँ। आएकै रहेनछ। ठूलो आशा गरेर बसेको थिएँ रिपोर्ट नेगेटिभै आउला भन्ने तर साढे ७ मा रिपोर्ट आयो – पोजेटिभ। सिटी भ्यालू १९।

भाग - १