Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Friday, May 31, 2019

मोदी र तीन खान : जसले भारतमा राज गरेका छन्

बलिउडमा तीन खानको चर्चा अत्याधिक हुनेगरेको छ । उनीहरुका थोरै फिल्म होलान जसले बलिउडमा राम्रो गर्न सकेनन् ।

सलमान खान, साहरुख खान(एसआरके) र आमिर खानको प्रायः सबै फिल्मले राम्रो सफलता हातपार्ने गरेका छन् । आज हामी उनीहरुको कलाकारिताको होइन राजनीतिक प्रवृत्तिको चर्चा गर्दैछौं ।

साहरुख खान :
सर्वप्रथम ‘किङ अफ रोमान्स’का रुपमा परिचित साहरुख खानको कुरा गरौं । सामान्य मुस्लिम परिवारमा जन्मिएका उनको परिवारको उल्लेखनीय राजनीतिक पृष्ठभुमी छैन । लगातार उत्कृष्ट फिल्महरुको लहरले उनलाई भारतको सर्वाधिक सफल कलाकार बनायो । तत्पश्चात् राजनीतिको आँखा उनीतिर पर्नथाल्यो ।

सन् २०१० को इंडियन प्रिमियर लिग (इपीएल) मा पाकिस्तानी खेलाडी राखेको भन्दै खानलाइ शिवसेना पार्टीका कार्यकर्ताले घरघेराउ गरे । ‘साहरुख खान मुर्दावाद, उनी पाकिस्तानी हो, उसलाइ पाकिस्तान पठाउनुपर्छ ।’ लगायतका मुद्दा सो र्‍यालीले उठाएको थियो । अष्ट्रेलियन प्लेयरलाई समेत लिगमा राख्न नहुने भीडले निक्र्योल गर्यो ।

पछि काँग्रेस लगायत अन्य केही पार्टीको नेतृत्वले ‘सबै धर्म एकै हुन, सबै जात एक हुन र हामी सबै भारतीय हौं’ भन्ने नारा लिएर स्टार खानको पक्षमा मुद्दा उठाएका थिए। यसको फलस्वरुप विदेशी खेलाडीले आइपीएलमा भाग लिन पाउने भए।

यसलाई उनप्रतिको रानीतिक आक्रमण मान्न सकिन्छ । मेरो विचारमा खेलकालागि राजनीति गर्नु एक निन्दनीय कदम हो ।

त्यस्तै २०१४ को भारतीय आम निर्वाचनको समयमा खानको एक ट्वीटलाई लिएर मिडियामा थुप्रै प्रचारहरु भए । ‘यदि नरेन्द्र मोदीले चुनाव जितेमा म योे ट्वीटर मात्र होइन देशनै छोडेर जान्छु,’ साहरुख खान लेखिएको ट्वीटर एकाउन्टबाट यस्तो पोष्ट सार्वजनिक भएपछि मिडियामा सनसनीनै मच्चियो । त्यस्तो ट्वीट गर्ने एकाउन्ट फेक रहेको भनेर केहि समयपछि मात्र सार्वजनिक भयोे ।

यसैसँग जाडिएको अर्को घटना पनि छ ।
त्यसै समयमा एउटा ‘केआरके’ लेखिएको कमल आर खानको ट्वीटमा मोदिले चुनाव जितेमा तीनै खानले देश छोड्ने संकेत गरेर लेखिएको थियो । त्यसको भने उनी(कमल आर खान) आफैंले माफ मागे र लेखे मोदिले चुनाव जितेमा मैले देश छोड्छु भनेको हुँ साहरुख, अमिर र सलमानले होइन । सुरुमा यो ट्वीट पनि किङ खानले नै गरेको हल्ला फिँजिएको थियो । झट्टहेर्दा केआरके र एसआरके उस्तै देखिने भएकाले यो भुल भएको हुनसक्ने सबैले दाबी गरे ।

अमिर खान :
अमिर खानका पनि केहि यस्तै किस्साहरु सार्वजनिक भएका छन् । विषेशतः उनले चुनावको समयमा विभिन्न प्रतिक्रिया दिने गरेकाले पनि यस्ता कुरा बाहिरीएका छन् । २००६ र २०१०को चुनावको समयमा गुजरातका मुख्यमन्त्रीले राम्रो काम गर्न नसकेको र जटिल अवस्थाको नियन्त्रण गर्न नसकेको जानकारी गराएका थिए । यस्तो कदमले केहि मानिसको ज्यानसमेत लिएको आरोप लगाए ।

सन् २०१४ मा मोदी प्रधानमन्त्री भएलगत्तै भारत सरकार र अमिरको सम्बन्ध खल्लो बन्यो । उनले धार्मिक सहिष्णुता विरोधि कदमको खुलेर बिरोध गरे । बिजेपीले हिन्दु मात्र आफ्नो जनता सोचेको छ र मुस्लिमलाई घृणाको नजरले हेर्ने गरेको भन्दै खानले टिप्पणी गरे । यदि यस्तै भैरहेमा आफूले देशनै छोड्ने घोषणासमेत उनले गरे ।

उनले यस्तोे प्रतिक्रिया दिइरहँदा बीजेपीका कार्यकर्ता र नेतासमेतले उनका फिल्मलाई राम्रो देख्ने गरेका छैनन् । प्रमाणस्वरुप सर्वाधिक हिट फिल्म पिकेलाई लिन सकिन्छ । त्यस्तै दंगल र सिक्रेट सुपरस्टारका कुरालाई लिएर पार्टीले विवाद चर्काएको थियो । यसबारेमा लेख्दा लामो हुने भएकाले यहाँ लेखिएको छैन । तर बुझ्नुपर्ने कुरा भनेको अमिर र प्रधानमन्त्री मोदीको सम्बन्ध राम्रो छैन भन्ने मात्र हो । अमिर मानवताका दृष्टिले समाजको बयान गर्छन भने मोदी राजनीतिक फइदाकालागि काम गर्छन त्यसैले यस्तो विवादको सिर्जना भएको देख्न सकिन्छ ।

समयको उलटपुलट ।
यी दुईबिच फरक खालको सम्बन्धको सुरुवात अमिरले गरे जब उनले नोटबन्धीको खुलेर तारीफ गरे । उनले भने, ‘हो, नोटबन्धिले मध्यमबर्गीय मानिसलाई समस्यामा पारेको छ । तर यसले कालो धनको सत्यानास गर्नेछ । म यो निर्णयदेखि खुसी छु किनकि मैले समयमा कर तिरेको छु र मसँग कालो धन छैन ।’ यस्तै सन् २०१९ को चुनावमा मानिसलाई भोट हाल्ने प्रेरणादिन मोदीले कलाकारलाई गरेको आग्रहमा पनि अमिरले सबैभन्दा पहिले समर्थन जनाएका थिए ।

यसले के देखाउँछ भने प्रधानमन्त्रीले गरेको असल काममा समर्थन गर्दै गलत कामको बिरोधगर्ने एक जिम्मेबार नागरिकको भुमिका मात्र अमिरले गरिरहेका छन् ।

सलमान खान :
अब कुरा गरौं सलमान खानको । उनी तीन खानमध्ये सबैभन्दा हेन्सम छन् । यसैका आधारमा पनि उनी बलिउडमा धेरै टिकेका हुन् । तर सार्वजनिक विषयमा बोल्न भने माथि दुईको तुलनामा कमजोर देखिन्छन् ।

२०१४ को चुनावको समयमा आफ्नो एक फिल्मको प्रचारका लागि सलमान गुजरात पुगेका थिए । फिल्मको प्रोमोसनसँगै उनी चुनावी ¥यालीमा सहभागी बने । भाषण गर्दै उनले मादीलाई ‘गुड मेन’ अर्थात् राम्रो मान्छे भने तर लगत्तै आफूले काँग्रेसलाई भोट हाल्ने कुरा खुलाए । सामान्यतयः कलाकारहरु आफूले भोट कसलाई दिने हो त्यो खुलाउँदैनन् ।

समय समयामा जेल सजाय भोग्दै आएका खानको राजनैतिक पहुँच छैन नै भनेर एकिन गर्न गाह्रो छ । तर आफ्नो कामका लागि उनले अन्य उपाय अपनाउने भारतीय मिडियाकर्मीको दावी रहँदै आएको छ । उनले १९९८ राजस्थानमा दुर्लभ वन्यजन्तुको हत्या गरेका थिए ।

हाल सत्तासीन बीजेपीसँग उनलाई मध्यप्रदेशको एक बिरोधका साथ जोडेर हेर्न सकिन्छ । दबंग ३ को सुटिङ मध्यप्रदेशको महेश्वर मन्दिरमा भैरहेको थियो । चित्रमा देखाएझैं शिवलिङ्ग माथी काठको फ्ल्याक राखेर सुटिङ गरेको आरोपमा बीजेपीले ठूलै बिरोध गर्यो । सुटिङको बचाउ गर्दै शिवलिङ्गको संरक्षण गर्न काठको फ्ल्याक राखिएको समाचार मिडियामा आएपछि मात्र बिरोध मत्थर बन्यो ।

तर यो मुद्दा बीजेपीले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न र मुस्लिम मानिसका कामको विरोध गर्न ल्याइएको भनेर काँग्रसले चर्को आलोचना गर्यो । तर यस फिल्ममा पनि सलमान खान (मुसलमान)को उपस्थितिका कारण बिरोध गरिएको प्रष्ट देखिन्छ ।



अन्त्यमा :
तीन खानसँग जोडिएका समग्र राजनीतिक बुंदा हेर्दा, उनीहरु राजनीतिक विचारलाई लिएर विवादमा आएको भन्दा पनि समाचारको गलत सम्प्रेशण र राजनीतिक दलको उग्र महत्वकांक्षाले विवादमा ल्याइएका जस्ता देखिएको छ । कतिपय अबस्थामा भने सामाजिक समस्याको उजागर गर्ने क्रममा बनेका फिल्ममा मुद्दा परेका छन् । यसमा कलाकारलाई दोष दिईएको पाइएको छ । कलाकारहरुले भने आफूमा राजनीतिक ज्ञान कम भएको र राजनीति नबुझ्ने कुरा स्वीकार्दै आएका छन् ।

Sunday, May 26, 2019

अन्तरर्मुखी प्रेम

पहिलो प्रेममा अनन्त विश्वास हुन्छ । उसैसँग जीवन जिउने सपना देखिन्छ ।
Image result for love sticker

जब साँचो प्रेम गरेको मान्छेले धोका दिएर जान्छ, त्यसपछि प्रेम भन्ने शब्दनै बकवास लागेर आउँछ । त्यसपछिका दोस्रा, तेस्रा प्रेमहरुमा फगत टाइमपासका भावना मात्र जोडिएका हुन्छन ।

अनि प्रेममा विश्वास कम र स्वार्थ ज्यादा हुँदै जान्छन् । धोका र घृणाको लेनदेन सामान्य जस्तै हुँदै जान्छ ।

यसबारे भुपू ३ प्रेमिकाहरुवाट मलाई भरपुर ज्ञान भईसकेको थियो । तर पनि जिवनमा गाँसिन आउने हरेक नयाँ सम्बन्ध सुरुसुरुमा सुन जस्तै लाग्छन् । अलिक खास लाग्छन् ।

लाग्छ उ नै मेरो जिवनको सच्चा, एकमात्र र अन्तिम इच्छा हुनेछ । तर यो सबै क्षणिक भ्रम मात्र हो भन्ने समयले सावित गराएरै छोड्छ ।

जब आफुले विश्वास गरेको मान्छेवाट धैर्यता, माया र विश्वासै पाउन सकिन्न मात्र धोका पाइन्छ तब हामीलाई लाग्छ यसको बदलामा १०/१५ जनालाई प्रेमको नाटक गरेर फसाउनेछु । 

उसले साँचो प्रेमवापत दिएको घृणाको बदला अब मेरो जिवनमा गाँसिन आउँने जोकोहीले पनि तिर्नुपर्ने छ ।

यसरी बाहिर दुयिाँमा प्रेमका संजाल फैलिरहेको थियो जसको म पुर्ण ज्ञाता थिएँ । अनुभव गरीसकेको र गराइसकेको थिएँ ।

यसपटकको मेरो प्रेम छुट्टै तरिकाले सुरु भएको थियो । मलाइ थाहा थियो कि मलाई लव पक्कै परैकै हो । नभए उसलाई सपनैमा त देखिन्न नि हौ – मैले उसलाई दुईपटक सपनामा देखेको थिएँ ।

तर, लव पर्दा हुने अरु अनुभव भएको छ वा छैन त्यो एकिन गर्न सकिएन ।

पोहोर साल जुनेलीसँग लव गनुपरो भनेर कत्ति कोसिस गरें । सुत्ने बेलामा उसको टिएल, फेसबुक एल्वम चेक गरेर सुतें तर कहिल्यै सपनामा देख्न सकिन ।

उसको चर्को आवाज र फोनगर्दा आउने रेडिमेड उत्तरहरु सुन्न कति आतुर हुन्थे मेरा कान । उसको स्वर कतै सपनामा सुन्छुकी भन्ने आश लागिरहन्थ्यो । तर, त्यस्तो भएन ।
Related image
आज आएर एउटा त्यो वेलाको इच्छा पुरा भयो । उनलाई आफ्नै हातले सपनैमा भए पनि स्पर्श गरेको खुसी मनमा अनुभव गर्न पाएँ । त्यसैवेला झ्यालको ग्रिलमा ठोक्किएको हात चसक्क दुख्यो ।

भृकुटीमण्डपमा देखेको एक झल्कोले नै मेरो मन बेचैन बनाएको थियो । निद्रा चोरेको थियो र सपना भरेको थियो । मनमा एउटै इच्छा बाँकी रह्यो कि मैले उसको बारेमा थप जान्नुपर्ने छ र जान्नेछु ।

माघको चिसोले अन्तिम चुस्की दिइरहँदा मेरो मनले उनीप्रती भ्यालेन्टाइनको वर्षा गराउने सोचिरह्यो ।

पहिलो पटक मैले उनलाई पर्यटन बोर्ड अगाडि देखें दास्रो पटक सपनामा । यी दुई देखाइमा आँखाको मात्र फरक थिएन, भावनाको पनि फरक थियो । एउटा अपरिचित सुन्दरीलाई देख्दा कस्तो अनुभव हुन्छ त्यो भाव पहिलो भेटमा भयो ।

दोस्रो भेटमा उनी पूर्ण मेरी भइन् । मेरो कल्पनाको बनावटमा सजिएकी परम सौभाग्यवती सुन्दरी भइन् । उनलाई मनैमन मनपराएँ, मनैमन चिनजान गरें र मनैमन आफ्नो बनाएँ ।

सबै एक्लै गरें पूर्ण साहसका साथ । यसो गर्नाका लागि मलाई उनको याद नै काफी भयो । यो वेलामा उनी स्वयंको उपस्थिती पनि फिक्का लाग्थ्यो सायद ।

अब यो भावना उनीसामु प्रस्तुतगर्न बाँकी रह्यो । मेरा दिनचर्या उनलाई खोज्नमा उद्यत् हुन थाल्यो । मिसन मनकीरानी खोज अभियान यसरी सुरु भयो ।

मेकप गर्दा र नगर्दा केटीहरुको मुहार पुरै फरक हुन्छ । आज उनलाई देखें भने चिन्ने हो वा होइन । यहि सोचेर स्कुलवाट फर्केपछि प्रदर्शनीमार्ग ३÷४ फन्का लगाएँ ।

अनायासै मेरो मन उनलाई कुरेर बसेका थिए । सैनिक मैदानबाट पूर्व लागेपछि उनलाई भेट्ने आश र एक–दुई घण्टा बिताएपछि उनलाइ नभेटेको खिन्नताले मनमा त्रास र निराशा बढाउन थाल्यो ।

नजिकिएको भ्यालेन्टाइनलाई फब्रुअरी १४ ले छोप्न लाग्यो । प्रेम सप्ताहको रोज डे, चक्लेट डे, प्रमिस डे..... आदि इत्यादी पनि उनलाई भेटेंभने यो दिन्छु त्यो दिन्छु भनेर सोच्दा सोच्दैै बिते । तर भेटिइनन् उनी ।
Image result for love sticker

मिसनको अन्तिम दिन अथात् भ्यालेन्टाइन–डे, पर्खाइको बाँध समाप्त हुने दिन । उनलाई भेटेर मनका सारा इच्छा पोख्ने दिन ।

गुलाबको झुप्पै बोकेर फनपार्क, ल क्याम्पस, पर्यटन बोर्ड, पुलिस क्लबको चक्कर लगाइरहें । उनलाई भेटेपछि मनमा आउने प्रेमभावना र ओठमा आउने मुस्कानको किस्सा फुस्काउँदै पर्खिरहें ।

घामले विदा माग्यो, चोकमा मान्छे पातलिँदै गए, सटरहरु बन्द भए अफसोच उनी कतै पनि देखिइनन् ।

मेरो प्रेम कोपिलामै झ र्‍यो, मेरो भ्यालेन्टाइन उस्सै सकियो, उनको याद बिस्तारै हराउँदै गयो । साँचो प्रेम अक्सर मनमै रहन्छ, ब्यक्त नगरे पनि यसले आनन्द दिइरहन्छ ।

यो एकतर्फी प्रेम थियो, सायद संसारकै साँचो प्रेम हो । यसमा प्रेम हुन्छ प्रमी र प्रेमिका हुँदैनन् । यसमा आनन्दै आनन्द छ । लिन जान्यो भने ।

(कथा भ्यालेन्टाइन भाग–२ को परिमार्जित अंश।)

Friday, May 17, 2019

मेरो पुस्तक यात्रा

लत!
चाहे जुनसुकै कुराको होस, यसले हाम्रो व्यबहारमा परिर्वतन ल्याएरै छोड्छ । कतिपय लतका कारण मानिसले आफ्नो सम्पत्ति एवम् परिवार समेत गुमाएका उदाहरण पाइन्छन् । 

पढ्ने पनि एक लत नै हाे । तर याे अरु भन्दा फरक मानिन्छ । पढ्ने बानी लगाउनु एउटा चुनौति समान लिन गरिएकाे छ । बजारमा नयाँ आएका पुस्तक पढिहाल्ने कसैकसैको बानी हुन्छ । र, कसैमा पढ्ने बानी नसा बनेर बस्ने गरेको छ ।
जाे मान्छेमा ‘बानी’ नसा बनेर बस्छ त्याे बानीलाई ‘लत’ भन्ने गरीन्छ ।

मेरो सन्दर्भमा पुस्तक पढ्नु लत नभए पनि ‘शोख’ जरुर हो । पुस्तक पढिसकेपछिको नयाँ अनुभवले मनमा चिर शान्ति प्रदान गर्दछ । जसलाई फिल गर्न मैले नयाँ विद्याका पुस्तक रोज्ने गरेको छु । आजसम्म मैले कति पुस्तक पढे हुँला ? यो प्रश्नले मलाई कोतुहल बनायो । त्यसैले आफुले पढेका पुस्तकको लिष्ट वनाएँ । मैले पढेका किताबमध्ये संझेका नामहरु लेख्ने प्रयास गरेको छु । जुन यस्ता छन् :


पुस्तक पढिसकेपछिको नयाँ अनुभवले मनमा चीर शान्ति प्रदान गर्दछ । जसलाई फिल गर्न मैले नयाँ विधाका पुस्तक रोज्ने गरेको छु ।******* 

१) एक चिहान – हृदयचन्द्र सिंह प्रधान
२) शिरिषको फूल – पारीजात
३) यसरी पढ – विकासानन्द
४) मेरो संघर्ष (मेन केम्प्फ) – एडोल्फ हिटलर
५) अनुराधा – विजय मल्ल
६) महात्मा गान्धि – अटोबायाग्राफी
७) आमा ‘द मदर’ – म्याक्सिम गोर्कि
८) फ्रेन्च लभर – तसलिमा नसलिन
९) प्यास भित्रको बिद्रोह – तसलिमा नसलिन
१०) विनोदचौधरी – बायोग्राफी
११) झोला– कृष्ण धरावासी
१२) राधा – कृष्ण धरावासी
१३) वेनिटो मुसोलिनी – बायोग्राफी
१४) सालिकहरुको देश – बावु त्रिपाठी
१५) समर लभ – सुविन भट्टराई
१६) साया – सुविन भट्टराई
१७) मनसुन – सुविन भट्टराई
१८) सेतो बाघ – डायमण्ड समशेर
१९) आधा बाटो – कृष्ण धरावासी
२०) हाफ गलफ्रेण्ड – चेतन भगत
२१) सेतो धरती – अमर न्यौपाने
२२) काठमाण्डौं सेल्फि – प्रकास शायमी
२३) लाटो पहाड – उपेन्द्र सुब्बा
२४) दमीनीभीर – राजन मुकारुङ
२५) खुसी – विजय कुमार पाण्डे
२६) कर्णालीव्लुज – वुद्दिसागर चपाई
२७) ऐना – राम लाल जाशी
२८) पल्पसाक्याफे – नारायण वाग्ले
२९) फिरफिरे – वुद्दिसागर चपाई
३०) सिद्दान्तका कुरा – सञ्जिव उप्रेती

‘तिस वटा !’

खासै धेरै होइन । दिएका मध्ये मैले सम्झेका र मनमा बसेका किताब पढिसकेपछिका विचारहरु यहाँ संकलित गर्ने कोशिस गरेको छु ।

फिरफिरे – बुद्दिसागर

पुस्तक पढेर सिध्याएँ । तर कथाको हुटहुटि अभैm मनमा रहिरह्यो । कथानै नसकिए जस्तो लाग्यो, पार्ट–टु आउलाआउला जस्तो, अशान्तिको उद्बेगमा ठुलो भेलले सारा गाउँ बगाएजस्तो, क्रिकेटको अन्त्यमा गेम चेन्जर आए जस्तो । खै कस्तोकस्तो ।

उपन्यासको शब्द ‘बाँसबारी’ थियो जहाँ लेखकको बाल्यकाल बित्छ । तर यो शब्दले मलाई बरबोटे, मेरो इलाम पढ्न सिकायो । फिरफिरफिरेले सबैलाई जन्मभुमि चिनाउँछ । म बिस्वस्त छु यसले हरेकलाई आफ्नै उद्गमबिन्दु, अतित र बास्तविकतावरिपरी घुमाउदछ ।

सिर्जनात्मकता र कलात्मकताको उत्कर्षमा रचिएका कृतिले साहित्यलाई अझर बनाउँछ । फिरफिरे अझर छ । मानिसलाई हाँसो र चित्कारको अधैर्य सामना गर्न पनि जिवनले बाध्य बनाउँछ भनेर फिरफिरेले ज्ञान दिन्छ ।

आधा बाटो – कृष्ण धरावासी

जिवनको गोरेटो बाटो अनौठो प्रकारले माडिरहन्छ । बाटो को आधा हिस्सा आमाबाबुको हुन्छ । जन्माउने, हुर्काउने, सुखदुख सिकाउने, भर्थेग, पालनपोषण गर्ने आदिआदि । साह्रै जर्जर भुमिमा उदाइएका संघर्षवान व्यक्तिको प्रेरणाको ‘महाकथा’ हो आधा बाटो ।

आधा बाटोले हरेक पाठकलाई नयाँ उर्जा प्रदान गर्ने कुरामा दुविधा नै छैन । साथै समयले मनिसलाई के–कस्ताकुरा भोगाउछ भन्ने विषयका चारित्रिक प्रमाण नै हो यो उपन्यास ।

उपन्यास पढिरहँदा, काल्पनिक लाग्ने भोगाइहरुवाट तिखारिएका धरावासीजी बनाउने काम भगवानकै एक क्रुर कदम जस्तो भान हुनेरहेछ । एउटा भयानक सपनावाट अचानक  ब्यँुझिएर मनलाई शान्त पर्दै गरेको अवस्था उपन्यास पढिसक्दा मैले अनुभव गरेको छु ।

प्यास भित्रको बिद्रोह – तसलिमा नसलिन

नारीवादी लेखिकाको एउटा अनौठो कृति । ‘विद्रोह’को एउटा छुट्टै परिभाषा हो ‘प्यास भित्रको बिद्रोह ।’ अल्टिमेट एण्ड स्ट्रङ डिजायर अफ वुमेन भन्न पनि सकिन्छ ।

‘उसको स्वस गहिरो र तिव्र हुँदै जान्छ, उसले कहिले पौडिन पनिजानेको थियो जस्तो मलाई लगेन । उसले पौडिन निकै प्रयास गरिरहेको छ, मैले सिकाए – तिमि यसरी पौड, यसरी खुट्टा चलाउ, यसरी हातचलाउ । उसले सबै गर्न चहान्छ तर उ बाट सम्भव छैन ।

उस्को स्वास छिटो भइ रहेको बेला दया लाग्यो विचराले चाहेर पनि सबै गर्न सकिरहेको छैन । तव रिस पनि उठ्यो, यदि उवाट यो सम्भव नै छैन र उसले मेरो पानीलाई अनाहकमा फोहोर मात्र बनाउनेछ भने म किन उसलाई स्विकार गरुँ ?’

यस्ता वाक्यांशले महिलाको शारिरिक मोहलाई झल्काउँछ । महिलाहरु खुलेर बोल्न सक्दैनन् भन्दैमा उनीहरुमा इच्छाशक्तिनै हुँदैन भन्नु मुर्खता शिवाय केहि हुन सक्दैन । यो उपन्यासको मुख्य विचार हो ।

शब्दमा व्यक्त नगरी महिलाहरुले के–कस्ता कुराहरु बोलिरहेका हुन्छन भन्ने कुरा उपन्यासले बुझाउन खोजेको छ ।

हाफ ग्रलफेण्ड – चेतनभगत

मैले पढेकामध्ये चाख लाग्दो उपन्यास हो यो ।

अप्राप्तिमा जति माया छ त्यो वरावरको आनन्द प्राप्तिमा छैन । तर यो मन माया गरेको मान्छेलाई पाउन कति आतुर हुन्छ भन्ने यो उपन्यासले देखाउँछ । मनसंग मष्तिस्कको लडाँइ प्रष्ट देख्न पाइन्छ यसमा ।



'She wore black, skin tight jeans and a black and white stripped T-shirt. Without the sweat and grime from court, her face glowed. She had translucent pink lip gloss on, with tiny glittery bits on her lips. Her hair slightly wavy........'पुस्तकमा शव्दहरु नदिझैं सलल बगेका छन ।
एकपटक पुस्तक पल्टाइसकेपछि बन्द गर्नै गाह्रो पर्छ । शव्दहरुले बयान गरेका कृयाकलाप यथार्थ झैं लाग्छन् । सानासाना कुराहरुलाई टिपेर दुरुस्तै राखिएको छ उपन्यासमा । कतिपय किताब पढ्दा यो कहिलेचैं सकिएला भन्दै अन्तिम पृष्ठ नंबर हेर्ने गरेको छु । तर हाफ गलफ्रेण्डको सन्दर्भमा मलाई यस्तो भएन ।


'Every guy has a fear of meeting his girl's parents. Apparently, there is a scientific term for it - soceraphobia.''यस्ता शव्दावली पढ्दा आफ्नै बारेमा पढिरहेजस्तो वा आफैंलाई बुझिरहे जस्तो भान हुन्छ ।
 आख्यानकार भगत युवापिडीको मन जित्नलाई उनीहरुकै भाषामा कथा रचिदिन्छन । जसलाई पढ्नेहरुले यो आफ्नै कथाजस्तो ठान्दछन् । उनको लेखाइको अद्भुत खुवी हो हाफ गलफ्रेण्ड ।

ऐना – रामलालजोशी

‘ऊ साथमा हुँदा लाग्थ्यो पे्रमका लागि मर्नेहरु मरिरहुन । जैरे प्यारकै लागि झुन्डिने कायर हुन । जाबो प्रेमकै लागि पागल हुनेहरु लाछी हुन । त्यस्कै लागि बर्बाद हुनेहरु भैरहुन । हाम्रो प्रिती अमर छ । हाम्रो प्रेम अटूट छ । हामी सधैं येस्तै र येत्तिकै रहिरहने छौं ।’

उनले यो भनाईद्वारा ‘युवावस्थामा मान्छेले आफु कहिल्यै बूढो हुँदिन’ भन्ने सोच्दछन भन्ने देखाउन खोजेका छ । हामी जहिल्यै पनि आफ्ना कुरा र भावना अरुका भन्दा राम्रा, आफुले गरेको प्रेम अरुले गरेकोभन्दा चोखो हुन्छ भनेर सोच्दछौं । यस्तै भावका कथा समेटिएका छन यस संग्रहमा ।

आफू र अरुप्रतिको भावनात्मक अन्तरविभेद समेत देखाउन खोजेको छ ऐनाले ।

म आदर्श विचार र सृजनसिल कार्यमा  विश्वास गर्छु । साहित्यमा समाचार लेखन मन पर्दैनन् । यथार्थवादी कथा मन नपर्ने पनी होइन, तर कमै छन त्यस्ता । ऐनाले यथार्थमा टेकेर कथाहरु सम्प्रेसण गरेको छ । लेखन शैलीमा सुदुरपश्चिमको छनक सुरुबाटै पाउन सकिन्छ । यो मेरालागि नयाँ अनुभव हो । ताजापन पनि हो ।

पापिनी घाट र भर्जिन कथाले मन नजुर्मुराएको होइन । यस्ता धेरै कथा छन संग्रहमा । बर्र्गीय असमानताका कुरा प्रशस्तै भेटिन्छ । विकृतिहरुलाई सरल ढङ्गले लेख्न प्रयास गरेका छन् जोशीले ।

सुरुसुरुमा राखिएका कथाहरु निद्रा लगाउनलाई पर्याप्त छन् । डुबुल्कि मार्दै भित्र गएपछि रोचकताका शृङ्खला सुरु हुँदै जान्छन् । संग्रह भरिको कथाको प्यास एउटै कथाले मेटाइदिन्छ समाप्तिमा ।

बिचमा, यिनी सेल्सबोई हुन त खोजेको होइन ? भन्ने जस्तो पनि लाग्छ । कथालाई पछ्याउँदै जाँदा भने यस्तो भाव हराउँदै जान्छ । लेखनको अमूर्त चिंतन रहेछ उनमा ।

अमिट बन्यो नाम रामलाल जोशी

वेनिटो मुसोलिनी – वायोग्राफी

यो पुस्तकले मलाई दास्रो विश्व युद्धको बारेमा थप बुझ्न सघाएको छ ।

एडोल्फ हिटलरको तानाशाही शासन व्यवस्थाप्रति मुसोलिनिको मौनताले उनीहरुवीचको दरीलो संबन्ध रहेको देखाउँदछ । यसो भन्दै गर्दा यो पुस्तकले चालिसौं दसकको युरोपियन राजनीतिक अभ्यासलाई समेत बुझाउने प्रयास गरेको देखिन्छ ।

पुषको जाडोमा मैले यो पुस्तक पढिरहँदा राष्ट्रवादको नाराले रगतै तताएर ल्याएको मैले महशुस गरें । ‘जब कुनै व्यक्ति राष्ट्रको पर्यायवाचि बन्छ तब राष्ट्रको शासन निरङ्कुस बन्छ’ भन्ने बाक्यांशलाई त्योबेलाको इटालिको शासनले देखाउँछ ।

उग्रराष्ट्रवाद र तानाशाहि व्यवस्थाले देशप्रेम र शासक दुबैको पतन हुन्छ भन्ने भाव मुसोलिनीको जिवन पढेपछि थाहा हुन्छ ।

कर्णालि व्लुज – बुद्दिसागर

कर्णाली, मटेरा, कालिकोट, मंदिरे, कटासे, नर्बदा, चन्द्रे प्रेमिल पात्र हुन । सरल शव्द अनि खोलाझैं सलल बगेको कथा अत्यन्तै चाखलग्ने छन् । अनि रमाइलो पनी ।

क्लास मा सबैजना नाक थुनेर बसेका बेला :
‘सर : ओहो कस्तो गनाको, के गनाको यो ?
विद्यार्थी : मंदिरेको टाउको सर ।
सर : ए के लगाइस टाउको मा ?
मंदिरे : घ्यू लगाको सर ।
सर : धत् ! तेल पो लगाऊनु पर्छ त लाटा ।

मंदिरे : घरमा तेल नभाको बेलामा भूटुन खान्छैं हामी । त्यसैले लगाको ।’
पुस्तकमा रहेका यस्ता प्रसंगहरुले पात्रको चरित्रको खुलेर बयान गरेको छ । सबैभन्दा अमल कुरा त यो सबै बाल्यवस्थाका मानिसको विचारसँग मेल खान्छ । सरलता पुस्तकको अभिन्न अंग बनेको छ ।

अनुराधा — विजय मल्ल

‘रत्नमानले सौंदर्य मात्र देख्यो, नारी देखेन । समुद्रमानले भाउज्यु मात्र देख्यो, तर नारीको सौन्दर्य देखेन । समाजले उनलाई कसैको पत्नी बनाउन खोज्यो हृदयलाई वास्ता गरेन ।’

यस्ता नारी भावनाहरुले पुस्तकलाई पुर्णता दिएको देखिन्छ । मान्छेले गरीरहेका कतिपय कामहरुको अर्थ उनीहरुलाई नै थाहा हुँदैन भन्ने यो पुस्तकले देखाउन खाजेको छ । यर्थावादी जस्तो लाग्ने उपन्यासमा सिर्जनात्मकता गौण भएर पुस्तकको सम्मान बढाएको छ ।

राधा – कृष्ण धरावासी

कलियुगी राधा–कृष्णका लिलालेखनमा कहलिएका आख्यानकार सुबिन, चेतन भगत जस्ता साहित्यकारका कृति भन्दा फरक शैलिमा यो उपन्यास देखिन्छ । महर्षी वेदब्यासले द्वापर युगमा रचना गरेको लिला धरावासीले आजको संदर्भमा प्रस्तुत गर्न खोजेका छन् । हिन्दु मिथ र आधुनिक परम्मरामा आधारीत उपन्यास एकदमै सरला र मिठासता बोकेको पुस्तक हो । राधामा सरसर्ती बगीरहँदा रमाइला लाग्ने पलहरु उपन्यासको अन्त्यमा मुख्यपात्र बनेको प्रेमले एक भयावह नै सिर्जना गरेको छ । आजसम्म पढेका उपन्यासको तुलनामा राधा बिल्कुलै फरक धारमा लेखिएको अनुभव हुन्छ ।

सिद्धान्तका कुरा – सञ्जिव उप्रेती

समय र समाजसगै सत्यको अर्थ र परिभाषा परिवर्तन हुँदै जान्छ । हामीले मानेको सत्य र अरुले मानेको सत्यमा फरक हुनसक्छ ।  मानिसहरु आफ्ना बिचरामा तटस्थ हुन्छन, समय बद्लिदै जान्छ तर तटस्थता बदलिँदैन यसका कारणहरु मात्र परिवर्तन हुन्छन् । एउटा मात्र बिचारले संसार चलेको हुँदैन भन्ने कुरा पुस्तकमा लेखिएका शव्दले देखाउन खोजेको छ ।

यदि तपाईं पुर्बीय र पाश्चात्य दर्शनको आध्ययन गर्न चाहनुहुन्छ भने अत्यन्तै राम्रो पुस्तक हो यो । आधुनिकता, उत्तरआधुनिकता, औपनिवेशवाद, संरचनावाद, विनिर्माणवाद जस्ता सिद्धान्तहरुको लौकिक, अलौकिक र परलौकिक बिचारहरुले विश्लेषण वरिपरि पुस्तक घुमेको छ । गहिराईमा जाँदै गर्दा लेखकको दर्शनप्रतिको लगाव प्रष्ट देख्न सकिन्छ जसले हामीलाई यसप्रति थप बुझ्न इच्छुक बनाउछ ।

नेपाली साहित्यमा दर्शन र सिद्धान्तको कहिलेदेखि, कहाँ र कसरी प्रयोग हुँदै आएको छ भन्ने निक्र्याेल गर्न यसका पानाहरुले मार्गप्रसस्त गरेका छन् । हामीले जानेका र बुझेका सामन्य जस्ता लाग्ने कुराहरुले जिवनमा कति महत्व राख्छन् भन्ने कुरा यसले गहिरिएर बुझाउछ ।

Thursday, May 16, 2019

Poem : Troubleshooting

If you fall in crush with someone
You've started following her in twitter
started sending messages in facebook
started commenting on instagram and tik tok
started flirting and mocking her
but
Is she responding you ?

If you liking someone
You've started talking about her with friends
started writing note about her
started looking her in college
started imagining her present in your life
and started feeling her in your heart
But
Is she doing the same you did ?

If you are badly loving someone
You've started chatting her
started conversation in college
started to ask to go to canteen together
And started saying I love you!
But
is she started loving you too ?


No, and no!
The only one truth is, no.
may she misleading you
may she saking fun of you
may she picking your pocket
and
Ignoring you for her own business
But
do you miss her ?

So, stop. Stop doing these all nonsense
start investing on yourself
be a man and gloom your life.
"I'm telling to myself."

Saturday, May 4, 2019

विद्यालय शिक्षा : समस्या, समस्याको उत्पत्ति र समाधान

समस्या :
‘कता पुगेर आउनुभयो दिदि?’ अफिसवाट सँधै सभा पाँच बजेनै फर्किने मान्छे आज पैने सातबजे मात्र आइपुगेको देखेर प्रश्न गरें।

‘हेर्नुन भाई, सोनि र संध्याको किताब किन्नलाई लाईनमा बस्दा बस्दै यतिबेला भयो।’
‘किताब किन्नलाई लाईन? कस्तो अचम्म !’ मेरो ब्यङ्ग्य भरिएको प्रश्नलाई गम्भिर रुपमा लिँदै फेरी भन्नुभयो। ‘हो नि कत्ति धेरै भिड, त्यसमाथि छानेर किन्नुपर्ने। भुतुक्कै भएँ गलेर ।’

दिदिले मानिसरुको भिडलाई लाइन भन्नुभएको रहेछ। वानेश्वर चोकतिर तरकारी किन्न निस्किँदा पुस्तकालयमा लागेको भीडको मैले सायद वास्ता नगरको हुँदो हँु । यस्तो भिडभाडमा सामान किन्न साँच्चै गाह्रो हुन्छ । फरक फरक प्रकासनका किताब र यसको उच्च मुल्यले अभिभावकलाइ थप सास्ति दिएको छ ।

बैसाखको समयमा किताबको अभाव भएका घटना पोहोर सम्म पनि धेरै सुनिन्थे यसपाली भने घटेर गएका छन् । के पुस्तकको पर्याप्तता मात्र शिक्षाको मानक हो ? पक्कै पनि होइन । यसलाई नयाँ कोणवाट विश्लेषण गर्न जरुरी छ । निजी विद्यालयमा दुई वर्ष बिताउँदा आफुले देखेका र भोगेका समस्याहरुर्ला यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।

सर्बप्रथम पब्लिकेसन हाउसले गर्ने विज्ञापनलाई नै लिउँ । पुस्तकको र अन्य उपभोग्य बस्तुको विज्ञापन त फरक तरिकाले हुनुपर्ने हो । तर हाल बजारामा व्याप्त एन्ड्रोइड मोवाइल फोनको विज्ञापन गर्ने शैली, बोर्डिङ स्कुलमा पढाइने पुस्तक लेखकले पुस्तकको विज्ञापन गर्ने शैलीसंग ठ्याक्कै मिल्दोजुल्दो छ । दुबैको ध्यान बढिभन्दा बढि आफ्नो उत्पादन बिक्रि गर्नु रहेको देखिन्छ । नयाँ सत्र सुरु भएसंगै नयाँ विशेषताका पुस्तक पढ्न पाइन्छ । र विद्यालय हरुले पनि नयाँ बुक नै राख्नुपर्ने नियम लागु गराउँछन ।

एउटा उदाहरण नै लिउँ, छोराले गतसाल पढेको पुस्तक घरमा हुँदाहुँदै सानि छोरीको लागि पुरै नयाँ पुस्तक किन्नुपरेको गुनासो सुनाउँछन अनामनगर बस्दै आएका ख्याम प्रधान । उनले भने ‘पोहोर सुुुषान्तले पढेका सबै किताब घरमै छन । जतनसाथ पढेकाले च्यातिएको पनि छ्रैन तर ति सबै किताब यसपालि काम नलाग्ने भए ।’ पोहोरको किनेको मुल्यभन्दा यसपालिको मुल्य अझ बढेको उनी सुुनाउँछन् ।

यसै संदर्भमा थप चर्चा गर्दा बिभिन्न प्रश्न हामीमाझ देखिन्छन् । जसमध्ये, पुरानो पुस्तकलाई कति परिमार्जन गर्ने ? कस्ता कुराहरुलाई पुनर्लेखन गर्ने ? यसमा भएका कस्ता कस्ता कुराहरुले विद्यार्थीलाई के प्रभाव पारिरहेको छ ? भन्ने जस्ता पक्षको अध्ययन भएको देखिँदैन । बरु नयाँ के थप्ने ? र कति सम्मका अफ्ठ्यारा अभ्यासहरु राख्ने ? भन्नेमै बुक लेखकको चासो बढी भएको पाइन्छ ।

सरकारी स्कुलका भन्दा निजी विद्यालयका विद्यार्थीलाई अब्बल देखाउन यस्तो गरिएको हो । जसवाट पनि विद्यार्थीले सिक्ने भनेको त्यति नै हो जति शिक्षकले पढाउँछन । सबै स्कुलमा सबै किताब पुरा पढाएको देखिँदैन । समराइज गरेर नोट लेखाइन्छ र त्यही नोट घोक्न बाध्य पारिन्छ, नकि ज्ञानलाई प्रयोगात्मक अवलम्वन गराइन्छ । पाठ्यक्रममा भएको मःम बनाउने विधिलाई विद्यार्थीहरुले कागजको मःम बनाएर सिक्छन । न यसले सिकाइको महत्व दर्शाउँछ न यसले विद्यार्थीलाई कुनै फाइदा नै पुग्छ । खाजाका रुपमा बनाइने मःम, कागजको म : म बनाएर त्यसको अनुभव कसरी गर्ने ?

अझ निजी विद्यालयले ठूला र अफ्ठ्यारा किताब पाठ्यक्रममा राख्न रुचाउँछन् । हामी पनि हाम्रा छोराछोरीले भन्दा छिमेकीका छोराछोरीले पढ्ने पुस्तक ठूलो देख्यौँ भने अर्को साल भर्ना गर्न त्यतै लैजान्छौं । यसले प्राकृतिक सिकाईलाई मारेर शैक्षिक मार्केटिङ मात्र भइरहेको प्रष्टै देखिन्छ । हामी छोराछोरीले ९० अंक प्राप्त गर्दामात्र मख्ख पर्छाैं र त्यहि सोच्छौं ताकि मेरो सन्तानले ९० ल्याओस तर कसरी ल्याइरहेको छ ? के यो अंक प्रभावकारी छ वा छैन ? त्यो हामी सोच्दैनौं । जसरि भए पनि ९० ल्याउनुपछै भन्ने मन्यतामै आजको शिक्षा अडिएको छ ।

जाँदाजादै, हामिले पढ्ने र पढाउने विद्यलयमा समस्यै समस्या मात्र छन् भनेर देखाउन खोजिएको भने होइन । यि माथि दिइएका अवस्थाहरु पनि भुलबस सिर्जना भएका हुन्छन् । राम्रो गर्न खोज्दाखोज्दै पनि कति भुल भइरहन्छन । कतिलाई सुधार गर्दै लगिएको छ, देखिएका नयाँ समस्याहरुलाई पनि त्यसरी नै समाधान गरिनुपर्छ । त्यसैगरी जानाजान कुनै समस्या ल्याइएमा सजायको दायरामा पनि ल्याउनु पर्छ ।

यो खण्डमा मैले समस्याहरु मात्र राख्ने जमर्को गरेको छु । आउँदा लेखहरुमा यसका उत्पति र समाधानका उपायहरुको चर्चा गर्नेछु

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा।

आजपनि त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर बसेको छ । कञ्चन थाल... भन्दै आरति घुमाएर तल लैजाँदा झुकेका तिम्रा नजर आरती माथि ल्याउँदा मेरा आँखासंग ठ्याम्मै जुधेका थिए ।

कति रोमाञ्चकता भरेको थियो है त्यो पलले ?

ममिको सारीको आँचलमा लुक्दै हेर्दै गर्दा मैले संसारै भुलेको थिएँ प्रिये । के तिमिले त्यस्तो महसुस गरेनौं ?

‘आबोजी बाला मारे घेर आबोजी बाला...’  देखि ‘मंगलाचरण प्रकरण’ सम्मको बिहानिको प्रेम र ‘भई भईरे नवखण्डो आरती’ गाउँदा पटक पटकको हेराइको नसा अझैसम्म उत्रिएको छैन प्रिये ।

के तिमि अझैं संझना गर्दैनौ ति स्वर्णिम पलहरुलाई ?

अहँ ! म मान्दिन कि बाँकी मेरा प्रेम झुटा छन् । तर तिमिसँगको त्यो निःशव्द प्रेमनै पहिलो र अझर प्रेमको प्रतिक बन्यो । कति निःश्वार्थ थिए ति भावनाहरु ।

न डेटिङ् जानलाई पैसा जोगाउनुपर्ने डर, न झुटको बहाना बनाउनुपर्ने बेदना, न यौनको भोक, न बिबाहको चाहाना । बस प्रेम थियो । निश्चल प्रेम । तर आज आएर तिमि कथामा मात्र सिमित हुन पुग्यौ । प्रिये ।

आज पनि तिम्रा सहअस्तित्वका गुञ्जाइसहरु विलिन भैसकेका छैनन् । तिम्रा ओठ, नाक, कपाल सबै छापिएका मेरा कागजका पानाहरुको अन्तिम रुपहरु यतै कतै रहिरहेछन् ।

ममिले बढो स्नेहपुर्वक सफा गर्दै डस्टविनमा जतनसाथ राख्नुभएका ति पानाहरु आज खरानि भएर मेरा वरिपरी घुम्छन् । प्रिए! एस्तो प्रेमभुमरी भएन र तिमिलाई ?

'प्रेम के हो ?' भन्ने आभास नहुँदै परमात्मालाई साक्षी राखेर गरिएका मौन वार्तालाप निरन्तर चलिरहोस् जस्तो लाग्दथ्यो । हामिले सँगै खाएका प्रसाद र चरणामृत खासमा प्रसाद र चरणामृत थिएनन्, हाम्रा प्रेमका सगुन थिए । यै सगुुन त्यहाँ आजपनि बाँडिन्छ । तर खानलाई तिमी र म साथ हु्दैनौं । यो कस्तो बिडम्बना ?

सुर र तालमा लयबद्ध गरीएका सेवापुजाका धुनहरु, रसहरु हाम्रो प्रेमको धुन भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर ति धुनहरु आज सेवापुजामा सुन्न पाइँदैन प्रिये । कठोरतापुर्वक ति धुनहरु परिवर्तन गरीसकिएछ ।

'सायद हामिबीचको प्रेम पुरानो धुनसँगै विलिन भयो' भन्ने सोचेकि छेउ भने, छैन प्रिये । म त्यहि धुन फर्काउन निरन्तर लागिरहेको छु ।

हो । यसपालि पनि म गएँ, इटहरी पारायणमा । मेरा प्रेमहरुलाई फर्काउन । समयले टाढा पुर्‍याएकाे तिमीलाई म सम्म ल्याउन । प्रेमको लय फेरि फर्काउन ।

मेरो प्रेमको वीउ रोपिएको मन्दिर त हुर्किएर वयस्क भैसकेछ प्रिये । मन्दिर जस्तै तिमि पनि अब जवान भैसकेकी हौली । मन्दिझैं तिम्रो कद पनि अग्लिएको होलान् । सोह्रै शृंगार गरेर आउँदा तिमिलाई कस्ति देखिएला ? मन्दिर जस्तै वा त्यो भन्दा राम्री ? तिमी पनि यो पुण्यभूमि झैं पवित्र छेउ, मेरो मनमा । सदा सदाका लागि ।

मैले नचिने पनि मेरो प्रेमले तिमिलाई अवश्य चिन्नेछ प्रिये । तर दुर्भाग्य प्रेम अन्धो छ ।

फुटकर लेख : माता तीर्थ औंशी

आज माता तिर्थ औंशी हो । मदर्स डे होइन ।
किन ?
किनभने माता तिर्थ औंशीले मनमा जुन भाव दिन्छ त्यो भाव मदर्स डे ले दिन सक्दैन । माता पनि भगवानकै स्वरुप हुनुन्छ, जसरी भगवानले यो सृष्टिको रचना गर्नु भयो र लालन-पालन गर्नु भयो त्यसैगरी आमाले पनि हामिलाई यो धरतिमा जन्माएर पालन पोषण गर्नु भएको छ । अरु तीर्थ जस्तै माता पनि आफैंमा एक तीर्थ हुनुहुन्छ । हामीले उहाँको रिण जीवनमा जसरी पनि तिर्नु पर्छ भन्ने यो चाडको मान्यता हो जस्तो पाग्छ मलाई ।

आज भोलि हामी 'छोराछोरी' यदि टाढा छौँ भने ममिलाई फोन गरेर 'तपाईंलाई सम्झेको छौँ' भनेर भन्छौ । या त भेट्न जान्छौं । नजिकै भए केही मिठाई र कोशेली दिएर यो चाड मनाउछौं । यो आमालाई संझिने एकदमै राम्रो परम्परा हो । सन्तानले यदि आमाको लागि सानै काम गरे पनि आमा अत्यन्तै धेरै खुसी हुनुन्छ । यो हामीले अनुभव गरेकै कुरा हो । हामी आजभोलि आफ्नी आमाको फोटा फेसबुक को वालमै राख्छौ । यस्ता सामन्य कार्यहरुले पनि आमालाई जिन्दगीको एक अहम् हिस्सा हो भनेर देखाउन प्रेरणा दिन्छ ।

तर फेसबुकमा फोटो संगै लेख्दिन्छौं "Happy mother+'s day." Does it make any sense???? I don't think so. यो बाक्य सुन्दा यस्तो लाग्छ - 'यो दिन भनेको आमाको फोटो फेसबुकमा राख्ने दिन हो । सबैले यसै गर्छन् ।' यसले सामाजिक संजालमा फगत आफ्नो उपस्थिती देखाउने बाहेक अरु केही गरे जस्तो लाग्दैन मलाई । आमा सांच्चिकै एक अनुपम उपहार हुन, जननी हुन, गुरु हुन, मार्ग निर्देशक हुन यस्ता कुराको आभास यो बाक्यले दिन सक्दैन ।

हामी ले भनैंला कि माता तीर्थ औंशीको अङ्ग्रेजी रुप mother+'s day नै हो । र म पनि मान्छु यो सहि हो । तर यि शब्दावली हरुको मिलनले जुन अर्थ मनमा उत्पन्न हराउँछ ती बिल्कुलै फरक छन् । पश्चिमा मुकुकमा यसले कस्तो भावना पैदा गराउँछ त्यो म जान्दिन तर नेपाली मनमा यी अङ्ग्रेजी पदावली ले हाम्रो महान चाडको महत्व दर्शाउन सक्दैन । बिल्कुलै सक्दैन । यो ठोकुवा गरेर भन्न सकिन्छ ।

मेरो भन्नू यति मात्र हो कि त्यो फोटाको मास्तिर (क्याप्सन) लेखिने अङ्ग्रेजी वाक्यले फोटोको महत्व नकाम जस्तै बनाएको छ । यसले फोटोलाई  (आमालाई) धमिलो बनाएको छ ।