Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Friday, April 17, 2020

दुनियाँभन्दा अर्कै पशुपतिनाथको त्यो साँझ !


गत वर्षको कुरो हो, फल्गुण ९ गते परेको शिवरात्री मेलामा म पनि गएँ ।


मेला भर्न जाँदा मेरो मनसाय ब्लग लेख्नु थिएन । पशुपतिको आरती हुर्नु थियो ।

आरतीसँगै यसपाली भारतबाट ल्याइएका करोडौंको फूलसजावट हेर्न भनि म अफिसबाट निस्किएँ । ५ बजे । प्रमोद वानेश्वर चोकमा पर्खिरहेको थियो ।
सोधें ‘कतिबेर पख्र्यौ ?’

‘छैन । भर्खरै आएको ।’

‘जाऔं होइन ?’

‘हुन्छ’

गाडीमा चढेर पशुपति जान कहिल्यै मन नलाग्ने कुरा भइहाल्यो । चोकको जेब्रा क्रसिङ कटेर हिँडेरै उत्तरतर्फ लाग्यौं । २५ मिनेटमा गौशाला अनि लगत्तै पशुपति गेटभित्र पसियो ।

मानिसको जमघट पोहोरभन्दा कम भएको सबैले आँकलन गरिरहेका थिए । मैले पनि गरिदिएँ ।

तर, एकतमासको रमाइलो थियो पशुपती । प्राङ्गड अरु दिनभन्दा खुलेको थियो । मन भुल्याउनलाई भरिपूर्ण थिए उपलब्ध सामग्री ।

‘मन्दिरको पस्ने लाइन देखेर कति खुसी भए होलान् बाबा पशुपतिनाथ,’ मैले आर्यघाटको पुल तरेपछि सोचेँ, ‘अझ कैलाश डाँडामा भक्तजनले प्रसाद खाइरहेको देखेर खुब मजा लिइरहेका होलान् बूढा।’

माथी गाँजा खानेको ठूलै जमघट थियो । गाँजा खानकै लागि साँझमा मानिसको ठूलो भीड लाग्ने गर्छ।

यता, कानुनमा भने गाँजा खानु राम्रो मानिँदैन ! यो कुलत हो र यसको सेवन गर्नु दण्डनिय पनि छ।

तर, आज एकैछिन भावनामा बगैं....

एकछिनका लागि मानिलिउँ कि गाँजा लागूऔषध होइन ।

यति मान्दामान्दै गाँजाको व्यापार दुई नम्बरी होइन भन्ने पनि सोचिहालौं । भगवान शंकरको प्रिय वस्तु कसरी कानुनविपरित हुन सक्छ ?

साँच्चै भन्ने हो भने – गाँजाले एक प्रकारको आत्मियता प्रदान गर्दछ । बाटामा भेट हुँदा तर्केर हिँड्ने काठमाडौंका मान्छे गाँजा तान्ने ठाउँमा भेटिए भने सात जन्मका दौंतरीझौं गर्छन् ।

गाँजा तानेपछि कुकुरलाई लात्ताले लाग्यो भने भगवानलाई लागेझैं ढोग्न पुग्छन गँजेडीहरु ।

शिवरात्रीमा मानिसले शिवप्रसादलाई यसरी लिन्छन् मानौं त्यो उनीहरुले नैसर्गिक अधिकार हो । र, जाँगा खानु भगवान प्रतिको श्रद्धाभाव हो ।

गाँजा तानेपछि मान्छेले सबैलाई आफ्ना देख्छन, सबैलाई पराया देख्छन् । अनि सुरु हुन्छ ‘ब्रह्म सत्य जगत मिथ्या’ को उदारहण ।

फेरि रियालिटीमै जाऔँ

त्यो दिन, साँझ ६ बजेको थियो।

बाग्मती पारीका बाबाहरुले आफ्ना ग्राहक पाइसकेको थिए । एक बाबा भन्दै थिए, ‘हरियाणका माल हे बहुत तगढा है ।’ साथै गाँजाले कति स्वतन्त्र बनाउँछ भनेर उनी हिन्दीमा गुनगुनाइरहेका थिए ।

‘बाहरके मालेसे बहुत मिठा है ये,’ उनी थप्दै थिए।

प्रमोदले गएर सोध्यो, ‘कसरी ?’

‘हिन्दीमे बोलो भैया’

‘कितनेका हे ये ?’

‘एकका ५० । नेपाली ५० हे’

‘दो देदो’

‘ये ले लो। सौ रुपैयौँ होगया ।’

‘पैसा । लाइटर किदर है ?’

‘लाइटर नहिँ माचिस है’

सलाईले चुरोटमा भरिएको गाँजा सल्काउँदै बिवेकले भरिएको अर्को ठूटो मलाई दियो। मैले पनि सल्काएँ। उसले भन्यो, ‘माल रै‘छ यार ।’

मैले पनि चाखे । खै कस्तोलाई ‘माल’ भन्ने हो थाहै भएन। दुई सर्को पिएर सकिदिएँ अरु उसैले पियो।

मलाई कमसेकम मातेर लठ्ठ हुनु भने थिएन। अरु त त्यसै लठ्ठ देखिन्थे। बाग्मती पारिका सबै चिहानहरुमा मानिस भरिएका थिए। मानिससँगै उनीहरु पर्वलाई धुँवा वनाउँदै माथीमाथी उडाइरहेका पनि थिए।

मैले सोथें, ‘फोटो खिच्न मिल्छ ?’

बाबाजी बोले, ‘हाँ ?’

मोवाइलले फोटो खिच्ने इसारा गर्दै सोधें, ‘फोटो फोटो ?’

‘हाँ, ले लो ।’ बाबाजीले क्यामेराको वेबास्ता गरे । भित्र बसेका केहीले भने गाँजा भरिएको चुरोट तानेको पोज दिइरहेका थिए। २ वटा फोटो लिएँ। मोवाइलमा ।

त्यहाँको नजारा हेर्न लायकको लागिरहेको थियो । म वरिपरिका मानिस हेरेर टोलाइरहेको थिएँ । काही सपरिवार आरती हेर्न, सुन्न आएका थिए । कोही प्रमीप्रेमिकाको साथमा डुल्न आएका । कोही भने म जस्तै नजारा हर्न आइपुगेका कोही भगवानको दर्शन गरेर फर्किँदै गरेका त कोही गाँजामा लठ्ठिएर एकोहोरो भइरहेका । जुन क्याटागोरिका मानिस पनि त्यहाँ थिए। बालबालिकादेखि वृद्धसम्म। कपडाले शरीर ढाकिएका देखि नांगासम्म त्यहाँ थिए ।

एकै नजरमा सबै देखिनेगरि । मृगस्थली जाने सिंडिको एक साइडमा उभिएँ म।

आरती सुरु भयो।

‘बोलो पशुपति नाथ की !’

त्यसपछि हात उठाएर ठूलो स्वरमा आउने आवाज थियो – ‘जय’

बहुचर्चित वाग्मतीको पानीमा गएर एक जना भक्त नाच्न थालेछन् । माथी जयजयकार चलिरहेको थियो । उनको नृत्य अर्कै शैलीमा चलिरहेको थियो। आआफ्नै शूर र तालमा मानिसहरु थप्पडी मारिरहेका थिए। कोही बाबाको फोटो भिडियो खिच्नमा व्यस्त देखिन्थे।

एक पटक अर्को जयजयकार लाग्यो। मानिसहरुले दिल खोलेर भने, ‘जय’
माथी चिहानभित्रकाले चाहीँ। माथीतिर फर्किएर मुख चुच्चो पादैं फोक्सोबाटै आएको धुँवा उडाए । र, भने, ‘जय’

उता, बाबाहरु समय समयमा ‘जय’ भनिरहेका हुन्थे। उनीहरुले जय भन्नलाई कसैको कमान्ड चाहिन्न थियो।

त्यसैले म भन्छु – पशुपतिमा मानिसको आआफ्नो प्रकारका जय हुन्छन्। कति पुरानै शैलीका कति प्यारोडी । अनि ‘अर्को मुखर्जी’ शैलीका आयातित जय पनि हुने रहेछन्।

जे होस् फेरि एकपटक फोकस आरतीमा गरें। मनबाट पीर वेदना हटाउन खोज्दै हात जोडेर पशुपतिको गजुर हेरें। गजुर धोएर पहें.....लो, टिलिक्क टल्किने गरिको बनाइएको थियो। हेर्दै मनमोहक ।

त्यसमुनी टुँडाल । विभिन्न आकृतिका । विहानैबाट लाइन बसेर भित्र आएका दर्शनार्थी पशुपतिको आडैमा थिए। सबैले वाग्मती आरती हेरिरहेका । त्यसमुनिको सिँडिमा मानिसहरु तल्लातल्ला भएर बसेका थिए।

घाटमा एक जनालाई जलाउन ल्याइएको थियो । मृत्यु हुने मानिसका छोराछोरी थिए क्यार । उनको वरिपरी भएर बसेका थिए । अलिक पर दुई जना हिक्का छोडेर रोइरहेका थिए। पण्डितले काम अह्राइरहेका थिए, एकजना अधबैंसे पुरुष काम गरिरहे जस्तो गरिरहेका थिए।

अनि ठूलो आवाज गुन्जियो ‘जय।’

सबैले भनिसकेपछि मैले पनि हात उठाउँदै दोहोर्याएँ, ‘जय।’ उद्घोषकले फेरि कराए, ‘सभी भक्त जनौं की !’

‘जय !’

यो जयमा पनि पुरानै लय हावी थियो। सबैका आफ्नै प्रकारका । मिस्कट ।
जय भन्नेमा सशस्त्र प्रहरी, विदेशबाट आएका गोराहरु, अघोरीहरु, घाटका पण्डाहरु र अन्य थिए। उनीहरु सबैको आरती हेर्ने र सुन्ने काम पुरा भएपछि म पनि त्यहाँबाट निस्किएँ ।

बम भोले । बम भोले भन्दै ।

No comments:

Post a Comment