मानिसले भरिभराउ हुने चोकहरु शान्त जस्तै देखिन्थे ।
कुकर भुकेको आवाज सानो मसिनोगरि सुनिइरहेकै थियो । म अफिसबाट ६ बजे फिर्किदा वानेश्वर चोकमा केही मानिस यताउता गरिरहेका थिए ।
![]() |
| काठमाडाैँमा मानिसकाे सामान्य उपस्थिती |
म त्यसरी नै घट्टेकुलो स्थित भाडाको घरमा आइपुगेँ, अनामनगरको सुनसान गल्ली छिचोल्दै ।
त्यही दिन दिउँसोमात्र लामो लाइनमा बसेर पाएको ग्याँस दैलाको छेवैमा थियो । छिर्ने वित्तिकै देख्दा खुसी पनि लागिरहेको थियो ।
तर, अन्य खानेकुराको जोहो हुनसकेको थिएन । दाल र चामल बाहेक ।
कोरोनाभाइरसको विश्वव्यापी जोखिबाट नेपाल पनि मुक्त हुन सकिरहेको थिएन । त्यही दिन मात्र नेपालमा कोरोनाको दोस्रो विरामी पुष्टी भएको थियो ।
पुष्टी भएसँगै स्वास्थ्य मन्त्रालयले आस्मिक पत्रकार सम्मेलन पनि गरेको थियो ।
त्यसका आधारमा हेर्ने हो भने यहाँ जतिबलेमा पनि लकडाउन हुनसक्ने शंका कायम थियो ।
लकडाउन भएमा समान किन्न पाइन हो वा होइन थाहा थिएन ।
त्यसैले मुकुन्द र मैले केही समानको लिस्ट तयार गर्यौँ ।
लिस्ट अनुसार चिउरा, अचार, भुजिया, नुन र आँटा किन्यौं ।
यति किनिसकेपछि मुकुन्दको मोवाइलको मेसेन्जरको घण्टी बज्यो। अफिस सर्कलको म्यासेज थियो ।
म्यासेजको बेहोरामा भोलीबाट ‘लकडाउन’ हुने सूचना ।
त्यसलगत्तै मेरो म्यासेन्जर पनि बजिहाल्यो। त्यसमा पनि उही सूचना राखिएको थियो ।
सामान लिएर कोठामा आयौं । यति सामानले पुग्ने अवस्या पनि भएन । भोलीबाट कस्तो अवस्था आइपर्छ थाहा थिएन । त्यसैले अघि तयारी गरेको लिस्टमा केही कुरा थपियो ।
थपिएको लिस्ट गोजिमा राख्दै हामी तरकारी बजारतिर निस्कियौं ।
हामी घट्टेकुलोको तरकारी बजारमा पुग्दा ‘लकडाउन’को समाचार देशभरी पुगिसकेको थियो ।
केहीबेर अघिमात्र शान्त देखिएको चोकमा तरकारी किन्ने मानिसको लर्को थियो ।
समाचारले धेरैलाई कोठाबाट तरकारी पसलसम्म ल्याएको थियो। कहिल्यै नदेखेको लकडाउनको समाना गर्ने तयारीमा मानिस लागेका थिए ।
तरकारी बजारमा त्यो दिनका लागि तरकारीको परिमाण अन्तिम पुगिसकेको थियो ।
पसले पनि भोलीबाट पसल बन्द हुने भन्दै सबै सामान सल्टाउनमा व्यस्त थिए ।
हामीलाई पनि केही दिनका लागि तरकारी जोहो गर्नुपर्ने थियो । त्यसैले मेरो पहिलो रोजाइमा पर्यो पाकेको फर्सी। पाकेको सिंगो फर्सी लामो समयसम्म राख्न सकिन्छ ।
एउटा फर्सी अढाइ किलोको रहेछ। किनियो ।
आधा केजी सिमी, आधा केजी चुच्चे करेला, एक केजी मुला, अनि प्याज। त्यसका साथै केही दिन सम्म रहने काउली र गोलभेडा पनि किन्नैपर्यो ।
त्यति समान कोठामा थन्क्याएर हामी विर्सेका अन्य सामान किन्न लाग्यौं । अनामनगर चोक छेउबाट न्युटेला किनिसकेपछि हरियो तरकारी किन्न आनामनगर चोकमा लाग्ने तरकारी बजार गयौं ।
चोकमा साबुन पानीले हात धुने व्यवस्था रहेछ । हामीले पनि धोयौं ।
उता, तरकारी बजार चाहीँ ८ बजे नै उठीसकेछ । सँधै साढे ८ र नौ बजेसम्म रहने फुटपाथका पसल उठिसकेका थिए ।
मदनभण्डारी जाने भित्रि बाटाका केही पसलहरुमा तरकारी किन्ने मानिसको भीड थियो । तर फ्रेस तरकारी खासै थिएन । एउटा डेरीबाट दही र अर्को तरकारी पसलबाट सुपको साग किनेर हामी कोठातर्फ लाग्यौं ।
हामी कुरा गर्दै थियौं । ‘समाचार फैलनेबित्तिकै कति छिटो मानिसले समान सकेछन है,’ उसले भन्यो । मैले पनि सहमति जनाएँ ।
हामी फर्किंदा पनि कोही मानिस हात हातमा, कोही बाइकमा, कोही स्कुटीमा पोलेथिनको झोला झुन्ड्याएर हतारमा दौडिरहेका/गुडिरहेका थिए ।
उनीहरुसँगै हामी पनि हतारमै थियौं । हतार केको थाहा थिएन ।
जे होस् अन्त्यमा एक हप्तालाई पुग्ने समान जुट्यो । यो पनि कुनै सफलता हात पार्नु बराबरै थियो । कमसेकम मेरा लागि ।
त्यसको भोलीपल्छ अर्थात् हिजोको दिन । देश लकडाउनमा थियो ।
म विहानदेखी नै घरबाहिर निस्किएको थिइँन । आज पनि निस्किएको छैन ।
किनभने लकडाउन कस्तो हुने रहेछ त्यो थाहा पाउन मलाई बजार कुद्नु पनि छैन । मिडिया कार्ड देखाएर हिँड्न पाइन्छ । तर यसको दुरुपयोग गर्नाले आफैंलाई हानी होला भन्ने इटालीको अवस्था देखेर बुझिकेको छु ।
स्थिती शान्त भएपछि जता पनि जति पनि जान पाइन्छ मलाई थाहा छ ।
त्यसैले म हिँड्ने पक्षमा छैन ।
छिमेकी भारतमा हिजो प्रधानमन्त्री मोदीले जनातालाई सम्बोधन गरे । उनले थप २१ दिनको देशव्यापी कफ्र्यूसमेत जारी गरेका छन् । त्यहाँका विभिन्न अन्धविश्वासले विश्वलाई चकित बनाएको छ ।
रोगबारे विभेद बढ्दो रुपमा देखिएको छ । त्यसैले मानिसलाई हतोत्साही बनाएको छ । यसले पनि मानिसहरु बाहिर निस्कन डराएका छन् ।
यस कुराले भारतबाट नेपाल आउने सामानमा असर पार्ला । यद्यपी आजबाट नेपालमा खाद्यान्न पसल खुल्ने कुरा छ यसले हामीलाई केही सहज होला ।
तर, संक्रमणको जोखिममा बजार जान कतिको उचित होला ?
सबैले सामाजिक दुरी अबलम्बन गर्दै सामान किन्न आउलान त ?
प्रश्न मनमा दौडिरहेको छ...

No comments:
Post a Comment