Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Monday, February 25, 2019

कविता: मनको देशमा

मनको देशमा

म पनि राजनीति सिक्दैछु, गर्दैछु।
आफ्नै मनहरु संग,
मनका अन्तर्द्वन्द्वहरु संग
मेरा मनहरु मस्तिष्कसंग वर्ग संघर्ष गर्दै छन।
मन र मस्तिष्कका पक्षपोषण गर्दै मेरा दिनचर्या सुरु हुन्छन।

एउटा विज्ञानको ठूलो ठेली पल्टाएर
दिमागले आन्दोलन सुरु गर्यो
संघर्षको गुन्जयमानले रोम-रोम जागा भई उठे।
भविष्यलाई बदल्ने आंट गर्दै,
सुखसयलको सपना देख्दै,
कल्पनामा राम्रो नोकारी देखेर
१...२..३ देखि अनन्त पेज नं. सम्म
यो आन्दोलन चलिरहने छ.....।

निरन्तर लागिरहेका छन मनहरु
शान्ती फर्काउनलाई,
अमनचयन कायम गर्नलाई,
गरिबी र वेरोजगारीले भयभित मस्तिष्कलाई साहित्यको आनन्दित वाटोमा डोर्याउँदै,
पुलकित बनाउँदै,
अन्तर्नादहरुलाई कतै दवाउँदै
शितलपार्न खोज्दै छ आन्दोलन संधै-संधैका लागि

हजारौं सपनाले रंगीन भएको मेरो दिमाग
संम्झौता मान्दैन,
कहिँ रोकिँदैन,
अन्य बिकल्पै नभएझैँगरि
मोनोटोनस मेरा न्युरोनहरुमा
चर-चर फुटेका बाबा अनि आमाका लेक बेंसी गर्ने एक जोर गोडा
आन्दोलन चर्काईरहने प्रेरणा वनिदिन्छन।

एक थान उन्माद प्रेम,
कतै झिनो रेमिटेन्सको लोभ,
सामाजिक संजालका मसला,
गाउँ-बेंसीका कर्णप्रीय आवाज
एकठ्ठ पारेर
अलिकती स्रोत र साधन जुटाएर
ऐतिहासिक आन्दोलनलाई फेल ख्वाईदिन्छ मेरो मन
यो मेरो राजिनितिक मन।

ठुला-ठुला ठेलीहरु विचमा
सिमान्तकृत गरेर,
५० पुर्णाङ्कमा खुम्च्याएपछी
आन्दोलन गर्न सक्दैनन् ती साना विषय
वार्षिक चुनावको अवसर पारेर
झट्ट खुल्छन,
स्वाट्टै बन्द हुन्छन।
बाध्य पारिएका छन खुम्चिएर बस्न।
मेरो मन र मस्तिष्क विचको राजनीतिमा।

Wednesday, February 13, 2019

कथा : भ्यालेन्टाइन

भाग २

पहिलो प्रेममा अनन्त विश्बास हुन्छ । उसैसँग जीवन जिउने सपना देखिन्छ ।

जब साँचो प्रेम गरेको मान्छेले धोका दिन्छ त्यसपछि प्रेम भन्ने शब्दनै बकवास लागेर आउँछ । छटपटि, अनिद्रा, नैरास्यता यसका लक्षणहरु बनिदिन्छन् । त्यसपछिका दोस्रा, तेस्रा प्रेमहरुमा फगत टाइमपासका भावना मात्र जोडिएका हुन्छन । अनि प्रेममा विश्वास कम र स्वार्थ ज्यादा हुँदै जान्छन् । धोका र घृणाको लेनदेन सामान्य जस्तै हुँदै जान्छ । यसको भरपुर ज्ञान मलाई भईसकेको थियो भुपु केहि प्रेमिकाहरुवाटै । तर पनि जिवनमा गाँसिन आउने हरेक नयाँ संबन्धहरु सुरुसुरुमा अलिक खास लाग्छन् । लाग्छ उ नै मेरो जिवनको सच्चा, एकमात्र र अन्तिम इच्छा हुनेछ । बिस्तारै—बिस्तारै यो सबै क्षणिक भ्रम मात्र हो भन्ने समयले सावित गराएरै छोड्छ ।
जब आफ्नो मनले विश्वास गरेको मान्छेवाट धैर्यता, माया र विश्वासै पाउन सकिन्न, मात्र धोका पाइन्छ तव हामिलाई पनि लाग्छ — ‘यसको बदलामा १०÷१५ जनालाई प्रेमको नाटक गरेर फसाउनेछु । उसले साँचो प्रेमवापत दिएको घृणाको बदला लिनेछु । अब मेरो जिवनमा गाँसिन आउँने सबैले त्यसको मुल्य चुकाउनुपर्ने छ ।’ यसरी बाहिर दुयिाँमा प्रेमका संजाल फैलिरहेको थियो, जसको म पुर्ण ज्ञाता थिएँ । अनुभव गरीसकेको र गराइसकेको ज्ञाता ।

यसपटकको मेरो प्रेम छुट्टै तरिकाले सूरु भएको थियो । मलाई थाहा भईसकेको थियो कि मलाई लव पक्कै परैकै हो । नभए उसलाई सपनैमा त देखिन्न नि हौ । तर लव पर्दा हुने अरु अनुभव भएको छ वा छैन त्यो चै यकिन गर्न सकिरहेको थिइनँ । पोहोर साल विनिता सँग लव गर्नुपरो भनेर कत्ति कोसिस गरियो — सुत्ने बेलामा उसको टिएल, फेसबुक एल्वम चेक गरेर सुतियो — कहिल्यै सपनामा देख्नै सकिएको थिएन । तर आज उनलाई आफ्नै हातले सपनैमा भएपनि स्पर्श गरेको खुसी मनमा छ । त्यसैबेला झ्यालको ग्रिलमा ठोक्किएको हात चसक्क दुख्यो ।
भृकुटिमण्डपमा देखेको एक झल्कोले नै मेरो मन बेचैन बनाएको थियो । निद्रा चोरेको थियो र सपना भरेको थियो । मनमा एउटै मात्र इच्छा बाँकि रह्यो कि — मैले उसको वारेमा थप जान्नुपर्ने छ । माघको चिसोले अन्तिम चुस्कि दिइरहँदा मेरो मनले उनी प्रति भ्यालेन्टाइनको वर्षा गराउने साचिरह्यो । पहिलोचाटि मैले उनलाई पर्यटन बोर्ड अगाडि देखें दास्रो पटक सपनामा मात्र हो देखेको ।
मेकप गर्दा र नगर्दा केटीहरुको अनुहारै फरक हुन्छ । मैले आज उनलाई चिन्ने हो वा होइन यहि सोचेर स्कुलवाट फर्केपछि प्रदर्शनी मार्ग ३ फन्का लगाईसकेको थिएँ । अनायासै मेरो मन उनलाइ कुरेर बसेका थिए । रोज डे, चक्लेट डे, प्रमिस डे ......... आदि यत्यादि पनि उनलाई भेटेंभने यो दिन्छु त्यो दिन्छु भनेर सोच्दा सोच्दैै बित्न लागे । भ्यालेन्टाइनको दिन त अझ गुलाबको झुप्पै झोलामा बोकेथें अफसोच उनी कतै पनि देखिइनन् । मेरो प्रेम कोपिलामै झ¥यो ।
मेरो भ्यालेन्टाइन उस्सै सकियो । उनको याद बिस्तारै हराउँदै गयो ।
साँचो प्रेम अक्सर मनमै रहन्छ, ब्यक्त नगरेनि यसले आनन्द दिइरहन्छ ।