Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Thursday, January 24, 2019

कथा : भ्यालेन्टाइन

भ्यालेन्टाइन
अहो! कस्तो सारो परेको ? सुत्ने पाँचौ प्रयास पनि असफल भएपछि मैले सम्झें । साला, सानामा सरले यो कुरा त पढाउँदै पढाएनन्, आँखाको डाइरेक्ट कनेक्सन दिमागमा हुन्छ भन्थे, यहाँ त सोझै मनमा पो अट्टाहस भैरहेको छ । काठमाण्डौंमा बाहिरको चिसो सँग आफ्नै मन जाँच्दैछु । मुटुमा एकैपल्ट सोला हान्यो, कसैले आइस छातीभित्र राखिदिए जस्तै भइरहेको थियो, खुट्टा भुईमै गाडिएझै भयो यस्तै यस्तै भइरह्यो उनीसँग आँखा जुधेपछी । दिउँसो, एक थान भिक्टोरिया सिक्रेट्सको छप्काले नाकमा हानिसकेपछि हिँड्न खोज्छु हिँड्नै नसकेझैं हुँदै थियो, बल गरेर स्वाट्टै ल क्याम्पसको चमेना गृहमा छिरें। “दिदी, के छ?” “ठिकै छ भाई, के खाउं?” उत्तर सहितको प्रश्न आयो, रोटी तरकारी र जेरी लिएर त बसेँ तर त्यै एक थान अनुहार आखाँमा घुमिरह्यो, जिस्क्याइरह्यो । “भाई सन्चो भएन क्याहो?” काउन्टरवाटै सोधिन क्यान्टीनवालि मोटि दिदीले । ला! थुइया, रोटि सोलाउन लाइसकेछ । क्यै नभनी खाइर निस्कें । घर आको खाना वनाको खाको पत्तै भएन कति छिटो सुत्नेवेला भैसकेछ। बिबिसी पनि सुन्न भुलेंछु । एक ग्लास पानी स्वाटै पारेर विछ्यौना तातो बनाउन लागेको थिएं, निद्रा लागोस त मर्नु, दुध खाएपछी निदाइन्छकि भनेर दहि बनाउन राखेको दुध जाइफल हालेर दन्काएँ, अहँ, सिप चलेन । उत्ताने, देब्रे, दाहिने, घोप्टोपरेर पनि सुत्न ट्राई हानियो तर उपाय चलेन । निद्रा नलागेपछि एकछिन बुक पढ्नुप¥यो भन्दै न्युक्लियर फिजिक्स निकालेर क्वार्क मोडेल पल्टाएर बसेँ, उनका आँखा युरेनियम एटम जस्तै छन सारै अनस्टेबल, अनि हात एटम बम जस्तै छन बिस्फोटक, उनको शरीर–मनमा मेरो नामको न्युट्रनले बमबार्ड गर्दै न्युक्लियर फिसन गराउन सके क्या काइदा हुन्थ्यो । लु भएन सोचाइ पनि कस्तो–कस्तो, याँ त साइन्टिफिक लव पो आयो — मनमनै सौचेँ । त्यो रात निदाएरै–ननिदाएरै कटाइयो तर फेरी अर्को कुनैदिन त्यहिँ क्यान्टिनमा पस्दै थिएँ, उ साथीहरु सँग चियागफमा ब्यस्त देखिन्थि एसो सोचें “आ जे पर्ला देखा जाएगा ।” भन्दै पछाडिवाट गएर उसको दुवै आँखा छोपिदिएँ । उसले त आत्तिएर हाताको चियानै छोड्न पुगिछ कुर्थाको फेरो र सुरुवाल एकै फेरमा च्वाट भयो । ला, यो त अतिनै भयो भन्ने सोचेर, मैले स्वाट्टै हात तानें रेलिङमा कुहिनो ठोक्किएर २ झट्का विजुलि निस्क्यो।
ऐया नि!! कराँएछु
तब पो बेलुका सँगै सुतेको साथी उठेर भन्दै थियो, चुप लागेर सुत्न यार। यस्तो जाडोमा सप्पै ब्लाँकेट उछिट्याएछ ।............... क्रमश

4 comments: