२०७८ बैसाख २४
राति ११ः५०अहँ ! थाहा छैन। जिन्दगी कसरी अघि बढिरहेको छ। आज दिनभरी बन्द कोठामा बसेपछि मेरो दिमाग एक तमासको भएको छ। अनौठो लागिरहेको छ।
साढे ११ नागिसकेपछि सुत्न खोजेँ तर निद्रा लागेन। सायद गलिएको थिएन। तर शारीरिक थकान मात्र गल्नुको परिषभा हो र ? हो भने ठिकै छ।
होइन भने म आज धेरै गलेको छु। आज दिनभरी मेरो कसैसँग बात भएन। उसो तर अफिसको मिटिङमा बोलेको थिएँ। प्रश्नोत्तर भएको थियो।
तर खास गफ कसैसँग भएन्। त्यसैैले एउटै कोठामा थुनिएको चार दिनपछि मन बढो गम्भीर भएको छु। घना वर्षाले दर्फर्याएको फर्सीको लहरा जस्तै।
जस्तै भनौँ कि कुनै ठूलो पहाडमा ठोक्किन नपाएर भौतारिएको बादलजस्तो मेरो मन पनि कतै शून्य आकाशमा मडारिरहेको छ। बाहिरबाट शान्त देखिने मन भित्रभित्रै कति अशान्त भएको सायदै सकैलाई थाहा होला।
कोभिड-१९ को दोस्रो लहर सुरु भएको धेरै दिन भइसकेको छ। अफिस नगएको पनि चार दिन भइसक्यो। अब कहिलेबाट नियमित अफिस जाने वातावरण बन्छ मलाई थाहा छैन्। यो बन्द कोठामा म केका लागि बसिरहेका छु आजसम्म त्यो पत्ता लागउन सकेको छैन्।
सायद यो कोठाका भित्ताहरुले पनि मलाई देखेर भन्दो हो – बे तेरो काम छैन ? दिभरी ओछ्यानमा मडारिरहेको छस् त ! देख्नेलाई यस्तै लाग्दो हो।
भित्ताको पनि कान हुन्छ भन्छन् ! यदी यो कुरा सहि हुँदो हो, त्यसले मेरो अशान्त मनको आवाज सुनेको होला। मेरो अव्यक्त वेदना थाहा पाएको होला। मेरो मन पीडा र भावना एकै होइनन भन्ने सायद त्यो भत्ताले थाहा पाएको होला।
यही कोठामा बसेर मैले देखेका सपना र खाएका हन्डरहरु पनि उसले थाहा पाइसक्यो होला। र, मलाई गिज्याँदै होला. . .
छि ! म त भावनामा बगिसकेँछु। मलाई भावनामा बग्नु समयको बर्बाद हो जस्तो लाग्छ। तर फेरी बगिहालेँछु। तर अहिले गर्नुपर्ने नि के पो थियो र ?
खासमा मलाई आज निद्रा पट्क्कै लागेको छैन्। थाहा छ कि बिहान चाँडै उठ्नुपर्ने छ तर अहिले निद्रा छैन्। विहान छिटै उठे पनि फेरि दिउँसो सुत्ने त हो ! आजकल अल्छि बनाउनका लागि यही एउटा कुरा कारक बनिरहेको छ।
विहान उठ्यो २ वटा समाचार लेख्यो। पानी ततायो पियो। तरकारी ल्यायो पाकायो खायो। फेरि एक छिन काम गर्यो, सुत्यो, मोवाइल चलायो – फेसबुक, ट्वीटर, टिकटकमा कसकसले के के राखेका छन्। एक फेरि चेक गर्यो। फेरि एक छिन काम गर्यो।
युट्युबमा कुनै नयाँ फिल्म आएको भए हेर्यो। फेरि बेलुकाको खाना। भाँडा। सुत्नेबेला। मेरो अहिलेको दिनचर्या यति नै हो। उफ्फ यो काठमाडौं। कति दिक्को ठाउँ। कति दिक्क लाग्दो बसाई।
कति बेकारको जिवन। जिवन ! ओहो ! जिवन । जि व न. . .! कस्तो है यो जिवन ! कहिले छ्या ! अनि कहिले आहा !
खासमा जिवन के नै हो र ? कति नै बाँच्नु छ र के के नै गर्नु छ र जिवनमा ? अहिले सम्म के के नै देखियो र ? धेरै बाँच्यो भने पनि के नै देखिन्छ ? देख्नुपर्ने चाहिँ के के न छ र ?
सोच्ने हो भने जिवन दिग्भ्रमित विचारहरुको संगम जस्तो लाग्छ। भवना हरुको दोभान हो जस्तो लाग्छ। तर कहिले निकै खुसी लाग्ने जिवन कहिले त्यसै बोर पनि लाग्छ। आज मलाई व्यर्थको जिन्दगी लागिरहेको छ।
मेरो मनमा प्रश्न छ कि म केका लागि बाँचिरहेको छु ? केही बेर अघिसम्म यो प्रश्नले मलाई धेरै तनाब दिएको थियो। त्यही दिनचर्याबीच एक्लो ज्यान एउटा कोठभित्र कसरी कति दिन बाँच्न सक्छ।
यस्तो जिवनको कुनै अर्थ छ ? सार्थकता छ ? मक्सद नभएको जिन्दगी बाँचेर म कहाँसम्म पुग्न खोजिरहेको छु ? सिनारी, बेडसीट र ब्ल्यांकेटबीच जलिरहेको दिमागमा लस्करै प्रश्नका ताँती देखिन्छन्।
त्यसको उत्तर भट्न नसकेपछि म उठ्छु र ल्यापटकप निकालेर धमाधम टाइम गर्न थाल्छु। कसैलाई भनौँ त के भनौँ। त्यसैले म यो सबै यहाँ लेख्दै छु। यो व्यक्तिगत फ्रस्टेसन उतार्न पनि ल्याप्टपको सहारा लिनु परेको छ।
उसो त यो नै मेरो सच्चा साथि हो। यो केही स्लो भए पनि मैले भनेको सबै मान्छ। कथा कविता लेख्नदेखि अफिसको कामसम्म यसले सघाउँछ। साथीभाई आउँदा पुराना स्मृति ताजा गराउन पनि यसले सहयोग गर्छ।
फिल्म हेरेर घण्टौं विताउने साथि पनि यही त भएको छ।
उफ. . . . यसैबीच मैले ठूलो स्वरमा श्वास फेरेँ। मलाई लाग्छ अब निद्रा लाग्ने वाला छ। यदी लागेन भने फेरि मनमा त्यहि भावना हरु खेल्न थाल्नेछन्। फेरि मन पोल्नेछ। तर अब म उठेर लेख्न थाल्नेवाला छैन्।
एउटै काम गर्नका लागि मसँग धेरै तागत बाँचेको छैन्। नभए फेरि भित्ताको कानले सुन्ला र मेरो वेदना कसैलाई सुनाइदेला। डर लाग्छ कहिलेकाहिँ कि म मसँग भागेर कोसँग बाँचिरहेको छु।
यो एकान्त विरानो सहरमा के गरिरहेको छु। वित्थाको जिवन त विताइरहेको छैन् ? मलाई फेरि डर लाग्न सुरु भएको छ। यही डरले मलाई भविष्यदेखि भयवित बनाउँछ। आजकल मलाई ऐना हेर्नबाट निकै डर लाग्छ। कि ऐनाले मेरो वास्तविक पहिचान त देखाइदिने होइन ? ऐनाले मेरो जिवनको व्यर्थता देखाइदिने होइन ?
उसो त जिवनमा मैल सम्झनलायक के नै पो गरेको छु र ? कि मैले ऐनामै स्पष्ट रुपमा देख्न सकुँ, त्यसैले मैले ऐना हेर्न छोडेको निकै भइसकेको छ।
आजाभोलि कपाल पनि म अन्दाजमा मिलाउँछु। कइँयो मात्रले। यसले कहिले बाटो पकड्छ कहिले अनायसै कता कता हिँडिदिन्छ। त्यसले बाटो विराएको दिन म भन्दिन्छु – हेलमेटले कपाल विगारिहाल्छ त !
गुडनाइट सबैलाई ।

No comments:
Post a Comment