उ असाध्यै ध्यानी छ
जहाँ पनि ध्यान गरिहाल्छ
उ विश्वास गर्छ,
एकदिन सिद्धि मिल्नेछ
एकदिन सबै दुःखवाट पार पाउनेछ
यो मृत्युलोकमा बसेर सोच्छ
उ अरुभन्दा अलग छ
अमर छ
किनभने
उ असाध्यै ध्यानी छ।
फाट्टफुट्ट संस्कृतका मन्त्र पनि जान्दछ
चण्डी, रुद्री र गीतासम्म पढ्न जानेको छ
उस्तै मान्छेलाई ठूलै गुरु हुँ भन्न भ्याइहाल्छ
अरुले भनेको 'ॐ' र उसले भनेको 'ॐ'
उसलाई फरक लाग्छ
अरुको चिन्तन र आफ्नो चिन्तन
उसलाई फरक लाग्छ
उसलाई फरक लाग्छ
अरुको शान्ती र आफ्नो शान्ती
किन भने उ सोच्छ - उ असाध्यै ध्यानी छ।
वर्षको २ वटा शनिवार
काल पशुपतिको भैरवमा गएर ध्यान गर्छ
घरमा वस्दा
युट्युवमा हेरेर वस्तुको ध्यान गर्छ
ध्यान सिक्छ
महामृत्युन्जय मन्त्र हरेक शिवरात्रीमा सुन्छ
संवत्सर सर्यो कि सरेन भनेर
घरमा फोन गरेर सोध्छ
ध्यान गर्ने कहिले हो भनेर पात्रो हेर्न लगाउँछ
किनभने
उ असाध्यै ध्यानी छ।
उसलाई त्यही ध्यानले
अमर बनाउँछ जस्तो लाग्छ
संसारको चाबी हातमा आउँछ जस्तो लाग्छ
हातको औंलामा राखेर संसारलाई
फिन्फिन्फिन्फिन घुमाउँछु जस्तो लाग्छ
र, उसलाई लाग्छ
उ असाध्यै ध्यानी छ।
ग्रहण लागेपछि उसलाई एक्कासी याद भयो
आज उसको ध्यान सिद्धि हुनेछ
जन्म-मृत्युको चक्करबाट छुटकारा पाउनेछ
संसारको गड-फादर बन्दैछ
त्यसैले उ बिहानै उठ्छ
हतारहतार खाना खान्छ
र, युट्युबको इसारामा ध्यान गर्न बस्छ
उ असाध्यै ध्यानी छ।
कहानी कसैका होलान, शव्द मेरा हुन् । भोगाइ अरुकै भएपनि मौलिकता भर्ने प्रयास गर्नेछु । भावनालाई शब्दले मार्गनिर्देशिन गर्ने बाटोमा हिँड्न सिक्दैछु । अनन्त सम्म....
Feature
अनुभुति : इटहरी पारायण र मेरो प्रेम
इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...
Sunday, June 21, 2020
Monday, June 8, 2020
‘ऐछिक गणित’ भूत कि साथी ?
मैले कक्षा ९ र १० मा ऐछिक गणित पढिनँ। तर, प्लस टू मा आएर विज्ञान विषय रोजेँ।
एक सय पचास जनाको मेरो कक्षामा ऐछिक गणित नपढी विज्ञान पढ्ने विद्यार्थी म मात्र थिएँ।
मेरो रोजाइ देखेर ११ को इन्ट्रान्सपछि भर्ना गर्ने समयमा विज्ञान विषयका कोअर्डिनेटरनै छक्क परे। भने, ‘म्याथ नपढी साइन्स पाढ्ने ? आँट आउँछ ?’
मैले त्यो प्रश्नको उत्तरै दिन सकिँन। मेरो अनुहार देखेरै होला उनले अर्को प्रश्न गरेनन। तर, त्यो प्रश्न मैले आजसम्म भुलेको छैन।
२०६९ साल साउनको पहिलो साता सामना गरेको त्यो प्रश्न अझै मेरो दिमागमा घुमिरहन्छ। त्यस्पछिका फिजिक्स, म्याथ र क्यामेस्ट्रीको कतिपय गणितिय संरचना भुलिसकेँ हुँला। त्यो प्रश्न भुलेको छैन।
११ मा भर्ना हुनु पहिले कक्षा ९ मा पढ्दा नै त्यो विषयमा सोच्नुपर्ने थियो। अपवाद, सोचिएन।
त्यतिबेलको मानसिकता हुन्थ्यो — जसरी भए पनि एसएलसीमा राम्रो अंक ल्याउने। जुन विषय पाढे पनि फरक परेन। तर, राम्रो अंक ल्याउनु पर्यो। सायद त्यही अंक बढाउने हुटहुटीले मलाई ऐछिक गाणितको ठाउँमा अर्थशास्त्र पढायो।
०००००
९ कक्षाको सुरुवातमा कक्षामा एक जना सर आउनुहुन्थ्यो ‘अर्थशास्त्र विश्वकै राम्रो विषय हो यही पढ’ भन्नुहुन्थ्यो। अर्कोजना सर आएर, ‘ऐछिक गणित भविष्यमा चाहिने विषय हो यही पढ’ भन्नुहुन्थ्यो। कुनै कुनै सर÷म्यामहरुले विषय आफैँ छान पनि भन्नुहुन्थ्यो। १४ वर्षे मस्तिष्कले जे ठिक लाग्यो त्यही गर्यो।
त्यतिबेला मलाई कुन विषय पढ्दा के हुन्थ्यो भन्ने पनि थाहा थिएन। बैंकमा जागिर गर्ने लक्ष्य भएकाले अर्थशास्त्र पढ्नुपर्छ भनेर दाईहरुले सम्झाए। अन्ततः ऐछिक गणितको क्लास जान थलेको १२ दिनपछी त्यो विषयलाई माया मारेर सागर घिमिरे सरले पढाउने अर्थशास्त्रको कक्षामा जान थालेँ।
कक्षा राम्रो चल्दै गयो। पढियो। ९ कक्षाको अन्तिम परिक्षामा अनिवार्य गणितमा ९७ आएको रहेछ। पहिलो, दोश्रो र तेश्रो परीक्षाको आधारमा अंक समायोजन गर्दा ९४ आयो। कक्षाकै दोश्रो।
१० जनाभन्दा धेरैले ऐछिक गणित पढिरहेको कक्षामा दोश्रो हुनेले भने अर्थशास्त्र पढिरको छ भनेर एक जना सरले भन्नू भयो। ऐछिक गणितको कक्षामा कुरा चल्थ्यो रे ‘विनय १० मै भएपनी गणित पढ्न आयो भने पढाउन सकिन्छ।’ एकजना साथीले मलाई गणितनै पढ भन्ने अनुरोध गर्दै सुनाएकी थी।
बैंकमा जागिर खाने सपनाले बाँधेको मलाई थाहै भएन – ऐछिक गणित पढेकाले बैंकिङ सेक्टरमा अझै राम्रो गर्न सक्छन भनेर। त्यसैले अर्थशास्त्र नै पढियो।
मलाई गणित पढ्न अंग्रेजीले पनि एक हदसम्म रोेकेको थियो। अंग्रेजीवाहेक सबै विषय नेपालीमा पढ्दा ऐछिक गणित अंग्रेजीमा पढाइ हुनु पनि दुर्भाग्य भयो। १२ दिनसम्म कक्षामा जाँदा अंग्रेजी बुझ्नै गाह्रो भयो।
सामान्यतः भाषाको आवश्यकता पर्दैन भन्ने मानसिकता भएको विषय गणितको प्रश्न बुझ्नै अर्को साथीको सहारा लिनुपर्ने थियो। यो विषको समाधान त नेपालीमा पढेर पनि गर्न सकिने रहेछ। तर स्कुलमा यो विषयमात्र नेपालीमा पढ्ने व्यवस्था थिएन। अरु सबै नेपालीमै पढाई हुन्थ्यो।
पढ्दै गएपछि के पनि भयो भने – अघिका परीक्षाहरुमा म पाँचौ हुन्थेँ। कक्षा ९ मा अइसकेपछि दोस्रो भएँ। तर, मेरो प्राप्तांकमा धेरै तलमाथि थिएन्। पहिले आउने नतिजाकै वरपर थियो। म भन्दा अगाडी रहेका तीन जना विद्यार्थी को अंक घटेको रहेछ – सायद ऐछिक गणितको भूतले सो नतिजालाई प्रभाव पारेको थियो। किनभने कक्षामा पहिलोबाट १० औं हुनेसम्म त ऐछिक गणितनै पढ्ने विद्यार्थी थिए। म बाहेक।
००००
कक्षा दसमा त एसएलसी परीक्षा! तयारी राम्रो चलिरहेको थियो। केही साथीले भन्ने गर्दथे ‘यसले त कक्षामा फस्ट हुनलाई इकोनोमिक्स पढेको।’ म तिरै फर्केर सोध्थे, ‘ओइ! हो की होइन भन त ?’
म यस्तो प्रश्नबाट अवाक् भएको थिएँ। पछिपछि त उत्तरै दिन छोडेँ। पहिले पनि बाँगोटिँगो उत्तर दिने गरेको थिएँ। त्यतिबेला मैले के भन्थेँ हुँला र? कुरा टार्ने ध्याउन्नमै हुन्थें।
अर्थशास्त्रले रिजल्टमा केही प्रभाव भने पार्यो। स्कुलबाट ३२ जनाले एसएलसी परीक्षा दिएकोमा पाँच जना मात्र पास भयौं। अरु फेल। केही साथीहरु चान्स परिक्षा दिएर पास भए। कक्षामा राम्रो गरिरहेका साथिहरु पनि ऐछिक गणितमा फेल भएका थिए।
कारण – गाउँको अति सामान्य शैक्षिक अवस्था।
एसएलसी पछि गाउँमा पढ्ने कि सहर जाने भन्ने कुराले पेल्यो। बैंकर बन्ने सपना एक्कासी तुहिएर आयो। किनभने बैंकर हुन व्यवस्थपन विषय पढ्नुर्पे थियो। व्यवस्थापन गाउँकै विद्यालय(अमर उच्च माध्यमिक विद्यालय)मा पढाइ हुन्थ्यो। ‘गाउँमै पढाई हुने विषय बाहिर गएर किन पढ्नु?’ भन्ने ममीको प्रश्नको उत्तर पनि मसँग थिएन।
एसएसली अघि एक सरले भन्नुभएको थियो, ‘तिमीहरु अब हामीलाई छोडेर ठूलो स्कुल पढ्न जाँदै छौ। धेरैजसो त अमर माविमै जान्छौं होला। त्यहाँ गएर खुबै मेहेनत गर्नु। एसएलसी दिइसकेपछि हामी स्वतन्त्र भयौं भन्ने लागेका कतिपय विद्यार्थीहरु बाटोमा चुरोट उडाएर हिँडिरहेका हुन्छन्। तिमीहरुले त्यसो नगर्नु, राम्रो पढ्नु।’
त्यसबेलामा साथीहरले पनि भन्थे, ‘हामी भनेको त खोरबाट छोडेका बाघ हौं। अब हामी स्वतन्त्र भयौं। जीवन सुरु भयो अब हाम्रो।’
सर र साथीहरुको त्यस्तो भनाइपछि गाउँमै बसेर पढेँ भने त पक्कै चुरोटे नै हुन्छु भन्ने लाग्यो।
अनि गाउँबाट बाहिर गएर पढ्ने वातावरणको खोजी गर्न थालें। विकल्प निस्कियो कोहेड उच्च माध्यिमिक विद्यालय।
अरु रोजेको भए घरमै बसेर पढ्नुपर्ने हुन्थ्यो। विज्ञान विषय रोजेँ। मलाई पहिल्यै थाहा थियो। घरमा बस्दा मेरो संगत राम्रो विद्यार्थीसँग हुने वाला थिएन।
किनभने मेरो ठूलोममीको एकजना छोरा हाम्रो घरमा बसेर सो विद्यालय पढेका थिए। त्यहाँको माहोलबाट बँच्न धेरै कुरामा सजग हुनुपर्ने थियो। त्यस्तो क्षमता त्यो उमेरमा हुने कुरै भएन।
त्यसपछि म इलामबाट झापा झरेँ कोहेडमा विज्ञान विषय रोजेर पढ्न थालें। विज्ञान विषय रोज्न बाध्य बनाउने कुरा चाहीँ बेरोजगारी समस्या हो। नेपालमा रोजगारीको सम्भावना ज्यादै न्युन छ। हत्पती पाइन्न।
राम्रो विषय पढिएन भने जागिर खानै मुस्किल। कमसेकम विएस्सी सम्म पढियो भने त जसोतसो जागिर पाइहालिन्छ र जीवन सेक्योर हुन्छ भन्ने लाग्यो। खाडी मुलुकमा दुःख गरिरहेका बाबुको छोराले यति सोच्नु ठिकै पनि थियो।
मलाई अहिले लाग्छ ९–१० मा पढेको त्यो अर्थशास्त्रले मलाई सानै उमेरमा नेपालको रोजगारीको अवश्यकताको बारेमा जानकारी गराएको रहेछ। ग्रमिण क्षेत्रको अवस्थाको बारेमा र प्रचिन युरोपको केही सामान्य थ्योरीहरुले मलाई देशको अर्थतन्त्रबारे धेरै सिकाएको थियो।
तर, मेरो मानिसिकतामा चोट त्यतिबेला लाग्यो जब विज्ञानका कोअर्डिनेटरले ‘म्याथ नपढी साइन्स पढ्ने ? आँट आउँछ ?’ भनेर प्रश्न तेस्र्याए।
केही अपवाद बाहेक विज्ञान पढ्ने सबै विद्यार्थीले स्कुलमा गणित पढेका हुन्छन्। त्यसबीच म एक्लै थिएँ अर्थशास्त्रको विद्यार्थी।
केही दिनसम्म त त्यही सोचिरहेँ की ‘मैले साइन्स पढ्न सक्छु कि सक्दिन होला ?’
पछि पढ्दै जाँदा गह्रो पनि भयो। गणितका कतिपय कुराहरु बुझ्दै नबुझिने। भेक्टरका साना साना समस्या समाधान गर्न पनि धेरै गाह्रो हुने।
ट्रिकोनोमेट्री, डेरिभेटिभ र १२ को डिफरेन्सियल इक्वेसनले त धुरक्कै रुवायो। ट्रिकोनोमेट्री पढाउनु अघि कृष्ण प्रसाइँ सरले प्रश्न गर्नु भयो, ‘स्कुलमा अप्सनल म्याथ नपढी आउने कोही छ ?’ साथीहरले मलाई देखाए म जुरुक्क उठें। उहाँले भन्नुभयो, ‘अब तिम्रो तेल निस्किन्छ, बस।’
म बसें।
सोचें ‘अब मेरो तेल निस्किन्छ।’ तेल ट्रिकोनोमेट्रीले मात्र निकालेन। फजिक्सको डाइनामिक्सले पनि निकाल्यो। कक्षा ९ र १० मा ऐछिक गणित नपढी विज्ञान पढ्नेले मेकानिक्सका समस्याहरु समाधान गर्न गह्रो पर्ने रहेछ। आधारभुत गणितका त सबै पक्षमा प्रभाव पर्ने भइहाल्यो।
त्यतिबेला बल्ल बुझें गणितको महत्व।
११ को परीक्षा आउँदै थियो। पहिले कृष्ण सरले भनेको कुरा सम्झिएँ। अनि आफैंले आफैंलाई भने, ‘अहिले मेरो तेल निस्किरहेको छ।’
नभन्दै ११ को नतिजाले देखाइहल्यो। म्याथमा त २० अंक पो आएछ। ३५ माक्स ल्याउदा पास हुने विषमा ‘जम्मा २० अंक ?’ क्लासमा मजाकको विषय बन्यो। म पहिलोपटक फेल भएँ। ऐछिक गणित नपढेको पहिलो रिजल्ट देखा पर्यो।
१२ मा पढ्दा पहिल्यैबाट योजना बनाएँ। त्यसअनुसारै स्टाटिस्टिक्सलाई धेरै फोकस गरें। अनि १२ अंकको प्रश्न आउने डिफरेन्सियल इक्वेसनलाई त स्किप नै गरेर पढें। त्यसरी पढ्दा १२ त पास सजिलै पास भइयो। तर, एक प्रकारले आफैंले आफैंलाई दिएको धोका जस्तै भयो। विएस्सी तेस्रो वर्षमा फिजिक्सको म्याथमेटिकल पार्टमा डिफरेन्सियल इक्वेसन दोहोर्याएर अझ एडभान्स रुपमा पढ्नुपर्यो। समस्या त झागिँदै पो गयो।
व्याचलरको पहिलो र दोस्रो वर्ष गणित पढ्दा यसका विचविचको कुराहरुले पिरोल्ने गरेका थिए। प्लस टूमा केही शीर्षकहरु स्किप गरेर पढेकोले गर्दा ब्याचलरमा गाह्रो भयो।
स्कुल पढ्दाको एक भुलले मलाई लामो समयसम्म पनि कन्फिडेन्स विल्डप गर्न सकेन। यसका लागि मैले ब्याचलरको चौथो वर्षसम्म पर्खिनु पर्यो। दोस्रो वषैपछि नै गणित विषय छोडेको मैले चौथो वर्षमा मात्र केही राम्रो अंक प्राप्त गर्न सकें। अघिका परीक्षामा गणितले समस्यामा पारिरह्यो।
ऐछिक गणित नपढ्दाको असर मलाई स्कुलमा पढाउँदा पनि पर्यो। अनिवार्य गणित र विज्ञान विषय पढाउन मलाई कुनै मुस्किल लाग्दैन तर ऐछिक गणित मैले आजसम्म पढाएको छैन्।
कारण – डर।
अहिले आएर गणित विषबारे विभिन्न टिका टिप्पणी भैरहेका छन्। यसबारे विभिन्न तहमा कुरा हुँदा म भने आफैंले भोगेका कुराहरु सम्झिरहन्छु। मलाई लाग्छ सबै विद्यार्थीले रोजेको विषय पढ्न पाउन। विद्यालयको शिक्षामा जथाभावी परिवर्तनको सिकार विद्यार्थी नबनुन्।

Subscribe to:
Comments (Atom)