श्रीराम राम रामेति रमे रामे मनोरमे।
सहस्त्र नाम तत्तुल्यं राम नाम वरानमे।।
………………………………………
२०७५...
भाईटिकाको पर्सी पल्ट मन्दिरखेत बाट सुरु गरेको काम मङ्सिर १९ गते बाग्दले बेसिमा बिटा लगाएर सकियो। यसबिच सम्झिन योग्य, रमाईला,मिठा धेरै घटना भए😀
😀 खेताला ग्रुप-अर्मा-पर्मा.com हुँदै सुरु भको मित्रता, संगै काम गर्दा अझ प्रगाढ भयो। गाउँको समयबिसेश ठट्टा, गफ्गाफ समय कटाउने अचुक साधन थिए!😆 भन्न बाकी सायद कसैलाई छोडिएन होला। धारापनी देखी हिउँदले सप्को खोइलो उतार्यो हैनत टिएन दादा?? उ देखी ** सम्मका सबै कुरागरे जस्तो लाग्च, यसले हाम्लाई हेल्मेल हुन सार्है सहयोग गर्यो।
मिलन, कृष्ण अनि हामिले भुङ्साखाडिमा कुर्लेको सुनेर त्यहाँका भुत, प्रेत, मसान सप्पै भागे होलान नि??? झन त्यहाँ बिटा लगाको दिनको त नकुरो गरौं ८/९ बजि आएको घर। उल्टि,सुल्टी नाङ्लो पनि नाघ्यो है😆😆 टिएनदाइ तपाइँ को पाली चै अर्को साल है😂😂 सबैभन्दा धेरै बाजेको/झगडा गरेको चैं रेनुका सङ्गै होला है मिलन??? राम-राम के सारो कुरो आको हौ, मत सुनेर झन्डै बेहोसै भाको सुरुमा त😆(नरिसाउ है)। तिम्रो ढाडदुख्ने बिराम चाडै निको होस!! प्रार्थना गर्दछु भगवान संग…
चट्पट्टे, चाम्रे चै सारै खाइयो है एक दिन बुबाले बनाको चिउराको ढकने टिएन दाइले कसरी खाको सायद सप्पैलाई याद होला 😉😉 मलाई त काम गर्दा गर्दै भागेर खोलामा पौडि खेल्न गको पनि छर्लङ्ग छ, उसले बिर्स्यो कि छैन होला????
अनि त्यो कुमार दाइ लाइ के सारो गफ आको omg! बाग्दले बिटाको दिन फटा जति सप्पै बोलेको है! दुधराज, म, ठुलोबुबा, बुढाथोकी काल्दाई/माल्दाइ हासेर झन्डै मरेको नि😊सम्झिदा पनि हास उठ्छ ऐले😆 गैरिमा बिटा लगाउदा छिट्टै सकेर सप्पैले एक्छिन खेल्दा गलेको नै बिर्सेको मैले त😏 पैले धान काट्दा मिलन ले कसरी स्कुस तासेर खायो भन्दिनु त राधिका/इन्दिरा दीदी😉😉 यहाँ मेन्सन गर्न नमिल्ने, नत्र को सङ्ग बोल्दै थियो थाछ मलाई🌹🌹
तर एक्दिन त म लास्टै निसास्सिए नि, हाम्रो बएर्नी धान काट्ने दिन त सप्पै आइमाई मात्र थिए, गफगर्ने साथी नभएर बल्ल काम सिध्याएर हुतराज अन्कलले रोपेको खेतमा गको…उफ्फ बल्ल सास आयो😇😇 सबै भन्दा रमाइलो कुरा त ट्याक्टर को पो छ, माल्दाई को ट्याक्टर कैले समयमा चै नआउने। फोन गर्दा आइपुगी गयो भन्छन 2 घन्टामा पनि आउदैन😆 अनि दामोदर हामिले क्याम्फाएर गरेको है - खलो रुग्दा- त्यो त बेस्ट नाइट भयो ल! कुरमुरे-फुरन्दाना ले नपुगेर पिडालु स्कुस सुद्ध पोलेर खान छोडिएन है।😂 मिलनले स्कुस दारेको फोटो खिचेको छ कि छैन??
जेहोस काम को थकान भएनी सबैको साथ रह्यो। सबैलाई मुरि मुरि धन्यवाद! यहाँवाट सबैलाई समेट्न सकिन्न तर सबैलाई मनभरी सम्झेको छु।
टिएन दाइ तपाई चाडैं निको हुनुस है………
No comments:
Post a Comment