Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Thursday, January 24, 2019

कथा : भ्यालेन्टाइन

भ्यालेन्टाइन
अहो! कस्तो सारो परेको ? सुत्ने पाँचौ प्रयास पनि असफल भएपछि मैले सम्झें । साला, सानामा सरले यो कुरा त पढाउँदै पढाएनन्, आँखाको डाइरेक्ट कनेक्सन दिमागमा हुन्छ भन्थे, यहाँ त सोझै मनमा पो अट्टाहस भैरहेको छ । काठमाण्डौंमा बाहिरको चिसो सँग आफ्नै मन जाँच्दैछु । मुटुमा एकैपल्ट सोला हान्यो, कसैले आइस छातीभित्र राखिदिए जस्तै भइरहेको थियो, खुट्टा भुईमै गाडिएझै भयो यस्तै यस्तै भइरह्यो उनीसँग आँखा जुधेपछी । दिउँसो, एक थान भिक्टोरिया सिक्रेट्सको छप्काले नाकमा हानिसकेपछि हिँड्न खोज्छु हिँड्नै नसकेझैं हुँदै थियो, बल गरेर स्वाट्टै ल क्याम्पसको चमेना गृहमा छिरें। “दिदी, के छ?” “ठिकै छ भाई, के खाउं?” उत्तर सहितको प्रश्न आयो, रोटी तरकारी र जेरी लिएर त बसेँ तर त्यै एक थान अनुहार आखाँमा घुमिरह्यो, जिस्क्याइरह्यो । “भाई सन्चो भएन क्याहो?” काउन्टरवाटै सोधिन क्यान्टीनवालि मोटि दिदीले । ला! थुइया, रोटि सोलाउन लाइसकेछ । क्यै नभनी खाइर निस्कें । घर आको खाना वनाको खाको पत्तै भएन कति छिटो सुत्नेवेला भैसकेछ। बिबिसी पनि सुन्न भुलेंछु । एक ग्लास पानी स्वाटै पारेर विछ्यौना तातो बनाउन लागेको थिएं, निद्रा लागोस त मर्नु, दुध खाएपछी निदाइन्छकि भनेर दहि बनाउन राखेको दुध जाइफल हालेर दन्काएँ, अहँ, सिप चलेन । उत्ताने, देब्रे, दाहिने, घोप्टोपरेर पनि सुत्न ट्राई हानियो तर उपाय चलेन । निद्रा नलागेपछि एकछिन बुक पढ्नुप¥यो भन्दै न्युक्लियर फिजिक्स निकालेर क्वार्क मोडेल पल्टाएर बसेँ, उनका आँखा युरेनियम एटम जस्तै छन सारै अनस्टेबल, अनि हात एटम बम जस्तै छन बिस्फोटक, उनको शरीर–मनमा मेरो नामको न्युट्रनले बमबार्ड गर्दै न्युक्लियर फिसन गराउन सके क्या काइदा हुन्थ्यो । लु भएन सोचाइ पनि कस्तो–कस्तो, याँ त साइन्टिफिक लव पो आयो — मनमनै सौचेँ । त्यो रात निदाएरै–ननिदाएरै कटाइयो तर फेरी अर्को कुनैदिन त्यहिँ क्यान्टिनमा पस्दै थिएँ, उ साथीहरु सँग चियागफमा ब्यस्त देखिन्थि एसो सोचें “आ जे पर्ला देखा जाएगा ।” भन्दै पछाडिवाट गएर उसको दुवै आँखा छोपिदिएँ । उसले त आत्तिएर हाताको चियानै छोड्न पुगिछ कुर्थाको फेरो र सुरुवाल एकै फेरमा च्वाट भयो । ला, यो त अतिनै भयो भन्ने सोचेर, मैले स्वाट्टै हात तानें रेलिङमा कुहिनो ठोक्किएर २ झट्का विजुलि निस्क्यो।
ऐया नि!! कराँएछु
तब पो बेलुका सँगै सुतेको साथी उठेर भन्दै थियो, चुप लागेर सुत्न यार। यस्तो जाडोमा सप्पै ब्लाँकेट उछिट्याएछ ।............... क्रमश

Tuesday, January 22, 2019

कविता : 'ठुला सपना'

'ठुला सपना'

हो बाबा,
मलाई डर लाग्छ ठुला सपना देख्न
ठुला सपना देख्ने मान्छे हरुलाई त्यै सपनाले जलाउछ हो?
परदेशमा धन कमाएर जस्ताको छानो हाल्ने तपाईंको ठूलो सपना खायो हैन समुद्रको माछाले?
पढेर ठुली मान्छे बन्ने ठूलो सपना बोकेर एक घण्टा टाढाको स्कुल धाउने ठुल्दिदीलाई निमोठ्यो हैन ब्बाँसाले? पारी खोल्सामा,

हो बाबा,
देश परीवर्तन गर्ने ठूलो सपना लिएर जुटेका सत्र हजारको घरवार खरानी भएन र??
के गरेन र ठूलो सपनाले??
छोरालाई ठूलो स्कुल पठाउने ठूलो सपना बोकेका श्याम काकाको घरवारी स्कुलको फिसमै चिलिम भएन र??

त्यसैले, बाबा!
मलाई ठुला सपना देख्न डर लाग्छ।
सपनामा ठुला घर, ठुला डाँडा, ठुला मान्छे, ठुला शहर, देश देंखें भने भोलिपल्ट बिहानै मन्दिर जाने गर्या छु बाबा,
त्यै मन्दिर जहाँ भित्तामा माला लगाएर तपाईंले आमा भनेर चिनाएको मान्छेको फोटो झुन्डिएको छ।
म हतास हुन्छु बाबा, जब ठुला ठुला लात्ती म माथी पर्छन।
त्यसैले,
ठुला सपना हामिले देख्नु हुन्न बाबा
बस्! मेरो त एउटा सानो सपना छ ?😥

गजल

तिम्रो जस्तो अर्को कुनै मात हुँदैन
भए तिमी सग्लो कुनै रात हुँदैन

संसार जितोस उसले जितोस प्यार सबैको तर
बा को भन्दा प्यारो कुनै हात हुँदैन

खउ ब्यञ्जन चौरासी साथ मांस मदिरा तर
भोक भन्दा मिठो कुनै भात हुँदैन

कविता : छाता

छाता
छैन धेरै गर्मी, न जाडो छ
टक्क उभिएको छ, यताउति हेर्छ
कराउँछ एकछिन, अनि करइरहन्छ ......!

सडक छेबैको स्टेसन हेर्दै घुटुक्क थुक निल्छ,
सायदै साच्दोहो
यो बसको ट्याक्सीको, माइक्रो सब गाडीको छानो किन हाल्या होला?
मान्छेले ठुला ठुला छानो भएको घर किन बनाएका होला?
बाटो वरपर यात्रु बस्ने शिविर किन बनाएको होला?

अब म बिद्रोह गर्छु यो घाम, पानीसँग युद्धगर्ने छानाहरु सँग
पवनको होस वा बिनासकारीको रुपमा
म छानाहरु उडाउँदै, जलाउँदै अनि बिनास गर्दै हिंड्नेछु ; अनि मात्र मेरो घरमा खाना पाक्नेछ
जब मेरो छाता बिक्नेछ ।’
👨👨👨💆💆

गजल

हतियार नभए धारीलो दाव कहाँ बन्छ?
प्रेमीका नउदाए सपनी ख्बाव कहाँ बन्छ?

अनेकन शब्दहरु भरुँ म पानामा
तानाबाना नभए सुरिलो भाब कहाँ बन्छ

खेल्छौ लुकामारी कायल योमन सँग
सामिप्ता नभए यो ठिटो बाब कहाँ बन्छ?

पानाहरुको रङ्गीन खेलमा भोटेको आगमन हुँदा
कलर नभएत एउटै डाब कहाँ बन्छ ।
✌❤❤❤❤❤👀👀👀👀

Monday, January 21, 2019

मुक्तक

वजेट सबै विकासकको खाममा परेको
खाएकि छोडे घुस, आफ्नु नाम्मा परेको।
के था'छ?? ती मन्त्री मन्त्राणी हरुलाई!
दुई घण्टा सम्म पनि म जाममा परेको

................................................................
तिम्रो आज स्पेसल डेमा उपहार म के दिउँ?
मुस्कान र मायाले अङ्गाल्ने बहार म के दिउँ?
रुप र ज्ञानले भरिपुर्ण आफैं छेउनि तिमि
छैन तिभन्दा ठुला शब्दाका आहार म के दिउँ?

...................................................................
हरेक छाँयामा हुन्छनी हाम्रो त्यो थिएन।
जग्गेझैं दायाँमा हुन्छनी हाम्रो त्यो थिएन।
अझर विश्वास, साथ र हौसला संबन्धको
प्रेम र मायामा हुन्छनी हाम्रो त्यो थिएन।

मुक्तक

अभावको जीन्दगीमा अभावकै अखडा छ
प्रेम भएनि जिन्दगीमा बिना भावकै खडा छ
गजल मुक्तक फुर्छन पढन मन लाग्दैन
स्टाटस र टुइट मात्र लेख्ने स्वभाब कडा छ।
..............................................................
प्रेमले दुनियाँको भोक भरेन
काललाई कसैको शोक परेन
एक्लै जन्में, बाँचें अनि मरें
स्वस्फूर्त चल्यो रोक्टोक परेन।
.....................................................................
मुस्कुराउदै यि ओठले सोल्टिनी बोलाएँ
अर्काको लगन हेरि जग्गेमा म पो टोलाएँ
दिन, दसा र घडीले च्याप्पै समातेजस्तो भो
ति राम्री जन्तिको प्यारमा म पो बौलाएँ
....................................................................
लजाइन स्वभावैले दुलाहा देखेपछी
सजाइन सप्ना लाख दुलाहा देखेपछी।
नयाँ सन्सार सज्ने आश मनमा बोकेर
बजाइन लड्डु मन्को दुलाहा देखेपछी।।

रुवाई

बजारमा आलुको दाम बड्यो रे
गाजिमा पैसाको खाम बड्यो रे
म त छक्क पर्छु दु्धको मुल्य बड्दा
कालो चियाको पनि दाम बड्यो रे

Sunday, January 20, 2019

Poem : A Letter to Astronomy


                                                A Letter to Astronomy
 
Dear Beloved,
Few eyes,
Few eyes by the side of million people are searching you
From the line of zero gravity.
Hope of arriving at you has not yet disturbed
due to the glowing face of yours.
I saw,
what I saw last night is 'You are calling me.'
I had sent Yuri Gagarin, Valentina, Neil Arm…. and many more to get you,
But every one of them just keep exciting me and told me
- I could get you.
Still,
Still my heart is in dilemma
- who are you?               -Where are you?
Why are you so interesting to human kind? ....
Lot of questions replaced inside my neuron.
Oh! my beloved!
I have seen you, since 10th of years, now I wanna feel you.
But,
astronomer says you are astronomy
Cosmologist says you are cosmology
meteorology
astrobiology
astrophysics
spectroscope
Opps! You got abundant name.
Which you like most my beloved?
At last, I would like to dedicate a poem
my beloved
you are the biggest mystery
core of the every history
looks like a star's forestry
that’s why I have opened a ministry
to prevent and promote your history.                                               Total words: 187
Thank you!
#AstrofestPoemContest 2018 "First Runner up"

गजल

ज्युनेलाई ज्यनुको कारण चाहिन्न
पिउनेलाई पिउनुको कारण चाहिन्न

मत अधवैंशमै संसार छोडेको मान्छे
मुटु टुक्रिएपछि आखिर मरण चाहिन्न।।

आदतै भईसक्यो जोड्ने फाट्यो कति यो मन
आखिर सिउनेलाई सिउनुको कारण चाहिन्न।।

वाजि थापेर ज्यानको आयो जन्मदै संसारमा
क्रुर डमरुलाई कसैको शरण चाहिन्न।।

गजल

सपनामा पाएनी कसैलाई आफ्नो हुदैन
कल्पनामा रङ्गाएनी कसैलाई आफ्नो हुदैन।।

पलपल धड्किने मुटु, कोमल नयन उनका
प्रगाढ प्रेम अर्शाशुंमा अझै रुँदैन

कति गए बसन्त यादमा कति शरद बर्षा
प्रेम अथाहा बर्साएनि कसैको मुटु छुदैन।।

देखेको होइन रहेछ लेखेको मात्र पाइन्छ
गुणगान जतिगाएनी कसैको आफ्नो हुदैन।।

गजल

प्रेम रहित सम्बन्ध भएर के गर्नु???
तारा रहित आकाशमा रहेर के गर्नु???

जुन र तिम्रो मुहार मिल्दा जुल्दा छन्
ऐना झैँ फोटो तिम्रो भऐर के गर्नु???

जवानिको मात त सवलाई आउँछनि हौ
मनको भाका नवोलि सहेर के गर्नु???

त्यहीँ वाट तिम्रो प्रेमको प्रतिक्षामा थेँ
फर्मल गफ मात्र हाम्रो भएर के गर्नु???
↡↡↡↡

गजल

हावासरी चल्देउ तिमी वहार बनेर
अज्ञात वनी आइदेउ तिमी उपहार वनेर

कल्पनामा रम्ने प्रेमिल यो मन न छ
बज्रसरी आईदेऊ तिमी प्रहार वनेर

फटफटाउँदो मनलाइ चिर्दै यो छातिभित्र
सपनासरी आइदेउ तिमी मुहार वनेर

गजल

सायद तिम्रो मायाँले मलाई गलाएन
हुनसक्छ तिम्रा आँखाले मलाइ जलाएन

हत्केला खुब नचायेथ्यौ दुनियाँलाई
लागे लस्कर नर तर मलाइ वोलाएन

सप्तरङ्गी इन्देणीको रहर बोकि स्प्नामा 
ताना बुन्ने वानिले धन्न मलाई झुलाएन

गजल


तिमी थियौ रत म थिएँ/
तिमीले दियौ रत पिएँ/

जोशमा होस् गुमाएझैं गरी 'निर्लज्जतामा'
तिमी फाट्यौ रत सिएं/

पाउने शौभाग्यमा अनुपम उपहार /
तिमीले मग्यौ रत दिएँ /

छचल्किरहेको यौवनको मज्जा /
तिमी थियौ रत लिएँ /

गजल-चतुर्थ

ममता भरि आँसु रोएर हिँड्छौ तिमी
बिकटताको कालो बाँध छोएर हिँड्छौ तिमी ।

कत्ति सम्झ्उँदा पनि मान्दीनौ, के ठान्छौे मलाई?
एक मुठि कपल छोएर हिँड्छौ तिमी ।

गह रसाई सँधै हेर्छौ श्रीमान्का श्रद्धान्जली ।
दुई थोपा आँसुले फाटो धोएर हिँडछौ तिमी ।।।

गजल-तृतिय

जुनेलियो रातमा मेरो सपनिमा आउने गर।
कहिलेकाहिँ त सम्झ्नाका साइबरमा धाउने गर ।।

जीन्दगीको वाटो मेरो आधा वाटो हिन्छ्यौ भने ।
धागो भरी स्वयंवरका फुलहरु लाउने गर ।

याद मेरो आउँदाखेरी धड्कन तिम्रो बढ्छ भने
एकान्तमा मलाई सम्झि एक कल फोन लाउने गर ।।

सँगै बाँच्ने सँगै मर्ने कसम तिमि खान्छौ भने।
प्रेम रुपि छानाहरु साना घाँसले छाउने गर ।।

गजल-द्वितिय

प्रमष्पर्शी कोपिला जब आफ्नै मुटुमा फुलाउँछु म।
निकट एकताको शरीर तिम्रै माथी सुुलाउँछु म।।

भाव बोकेर शंघर्षको उकाली ओराली चाल मेरो
तृप्तताको घोलमा हाम्रो दुवैलाइ घुलाउँछु म।।

शितल पार्दै श्वप्न दोशले चिडीएका घटनालाई
नियाल्दै म कमल भित्र मन मेरो झुलाउँछु म ।।

भोर वनी बर्सिएका दिपका ति क्षण सँगै।
कपलकल्पित शिद्धान्तलाई आफैँ भित्र भुलाउँछु म ।।

गजल-एक

खैकिनहो रातो गुलाब साहै्र राम्रो हुन्छ अरे।
उनले मलाई दिइन हिजो माया प्रिती बस्छ अरे।।

जति तल भासिँदैगो, रङ्गिचङ्गि कथाव्यथा
कल्पिएर एकान्तमा हाँस्ने रुने हुन्छ अरे।।

आज फेरी उनलाइ भेटि मनका कुरा बगाउनुछ।
प्रिति छाए मन मुटुमा मेरै तश्वीर वस्छ अरे।।